
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
“विचरा यो लोग्ने मान्छेलाई कति गाह्रो परेको होला ? कसरी सम्हालेका छौ यो सबै ?कति दुःख पायौं नि तिमीले ?”आमाले म प्रति सहानुभूति व्यक्त गर्दै थुप्रै पटक यसो भनिरहनु भयो । छिमेकीहरु पनि यसरी नै एक आपसमा कुरा गर्न थाले ।प्रायः सबै इष्टमित्र, साथीभार्ईले करिव–करिव यस्तै खाले सहानुभूति व्यक्त गरे । ✍रामचन्द्र पौडेल
गतमहिना मेरो परिवारका चारजना सदस्यलाई एकैचोटी कोभिड संक्रमण भयो ।सानीएक वर्षे नातिनीलाई छोराले छुट्टै हेरचाह ग¥यो । उनलाई खुवाउने, पियाउने दिशा–पिसाव सफागर्ने, कपडा धुने, खेलाउने,फकाइ फुल्याइ गर्ने, सुताउने सबै उसले एक्लै गर्दै थियो । मेरी श्रीमती, बुहारी र सहयोगी बहिनी घरको अलग्गै तलामा आइसोलेसनमा बसेका थिए । घरका सवैपरिवारलाई खाना पकाउने, भाँडा माझ्ने, घर सफा गर्ने, पोछा लगाउने, डाक्टरसँग सम्पर्क गरी औषधीको व्यवस्था गर्ने, परिवारको निम्ति खाद्यान्न लगायतका सर समान खरिद गर्ने, करेसाबारीमा तरकारी लगाउने, गोडमेल गर्ने, ताजा अग्र्यानिक सागसब्जी पकाउएर पस्किने लगायतका सबै कामहरु मेरो जिम्मामा थिए । म विहानपाँच बजे उठेर यी सबै काम धन्दा सकेर करिव १० बजे कार्यलय पुगिसक्नु पथ्र्यो ।
यसरी म खाना, औषधीपानी, सरसफाई सबै व्यवस्था मिलाइ सकेर चिल्डे«न–नेपाल संस्थासँग आवद्ध सेवाग्राहीको काममा निस्कन्थें । आषाढ महिनामा कडा बन्दाबन्दी अलि खुकुलो भएकाले सेवाग्राहीहरुलाई औषधी, खाद्यान्न वितरणको व्यवस्था मिलाउनु थियो । संस्थाका कार्यसमिति सदस्य, जनप्रतिनिधी र सेवाग्राहीसँगको सहकार्य र तालमेल मिलाई समय, स्थान टुङ्गोलगाई सेवाग्राहीलाई समयमै अत्यावश्यक चीजहरु उपलब्ध गराउनु प¥र्यो । कतिपय कर्मचारी साथीहरु आफैँ कोेभिड संक्रमित भएकाले संस्थामा पनि सहयोगी हातको कमी थियो । यसै बेला हामीले विगत लामो समय देखि सञ्चालन गरिरहेको एउटा कार्यक्रमको मुल्याङ्क नगर्ने टोली पनि आएका हँु दात्यता पनि समय दिनु थियो । चिल्डे«न–नेपालले नै संयोजन गरिरहेको सडक बालबालिका पुनस्र्थापना केन्द्रका बालबालिकाको हेरचाह, त्यहाँको पूर्वाधार निर्माण, पाल्पा देखि समान ल्याएर सिकाई स्रोत केन्द्रको स्थापना, नयाँ परियोजना लेखन, प्रतिवेदन तयारी लगायतका दर्जनौँ महत्वपूर्ण कामका निम्ति समय व्यवस्थापन नगरि उपाय थिएन ।
केहीहप्ता अघि म आफँै कोभिड संक्रमितभई निको भएको भएपनि त्यसबाट उब्जिएको शारीरिक कमजोरीले साथ छोडेको थिएन। ढाड दुख्ने, बेला बेला रिंगटा लाग्ने, शरीरगल्ने भइरह्यो ।अहिले पनि छ ।कोभिडले छोरालाई पहिल्यै गाँजेर उपचारपछि भर्खर–भर्खर तङ्ग्रिएको थियो । उ पनि अझै शारीरिक रुपले कमजोर नै छ ।
घर बाहिरका मेरा यीव्यस्तता र एक स्तरको तनावघर आइसोलेसनमा बसिरहेका महिलाहरुले थाहापाइ आएकै हुन् । त्यसैले वहाँहरुलाई पक्कै चिन्ता थियो होला– अब घर कसरी सम्हालिएला ? हाम्रो हेरचाह कसले गर्ला? सानीनानीको के हालहोला ? घरमा भएका दुई छोरा मान्छेले यो भवसागर कसरी पार लाउलान् ? वहाँहरु सबैजना बेलुका देखि आइसोलेसनमा बस्नु भएको थियो । भोलीपल्ट विहानै मैले गीत गुन गुनाउँदै, हँसिलो अनुहार देखाउँदै तात्तातो खाजा लिएर जाँदावहाँहरु सबैजना छक्क परेको, अचम्भित भएको प्रष्टै देखियो । आइसोलेसन अवधिभर मैले मेरो छोराको सहयोगमा हाम्रो परिवारका महिला सदस्यहरुको सेवामा त्यसरी नै दिनहरु विताएँ– विहान पाँचबजे देखि उठेर घरधन्धा गर्ने, सरसफाई गर्ने, खाजा, खाना, पानी, औषधी तयार गरेर वहाँहरुलाई खान दिने, १० बजेतिर कार्यलय पुगेर दिनभर काम गर्ने अनि बेलुका फर्किएर फेरि घरधन्धामा लाग्ने । सबै काम सकेर आराम गर्ने बेला हुँदा वर्दा बेलुकाको कहिले ११, कहिले १२ बजि सकेको हुन्थ्यो ।
मैले यो परिस्थितिलाई सेवाको अवसरको रुपमा लिएँ । घरका सवै काममा मैले माया, प्रेम मिसाएर गर्न थालें । तरकारी कट्दा तरकारीमा, खाना पकाउँदा खानामा मेरो माया मिसाउँदै गएँ । पस्केको खाना दिँदापनि मेरो माया मिसाउँदै दिएँ । भाँडा माझ्दा, घरको सरसफाई गर्दा, करेसा बारीमा तरकारी लगाउदा, गोडमेल गर्दा त्यसैमा ध्यान केन्द्रित गरी राम्रो सँग गर्ने बानी बढ्दै गयो, मनको एकाग्रता बढ्न थाल्यो । सेवाग्राहीको, घरपरिवारको र मेरो आफ्नै परिस्थिति प्रति म माझन् करुणा र लगाव जागृत भएको अनुभव गर्न थाले । त्यसैले मलाई शान्त भएर खुशीले आफ्नो कर्तव्य निर्वाह गर्ने उत्साह जाग्यो । पहिला–पहिला कहिले काँहीहुने चिड चिडाहट र असहजपन हराएर रमाउँदै, प्रशन्न रहेर काम गर्ने बानी बस्दै गएको छ ।
मेरो यस्तो अभ्यास र व्यवहारले पनि योगदानपुगेर होला सायद, हाम्रो घरपरिवारमा नकरात्मकता बढ्न पाएन, बरु अलि अलि भएको नकारात्मकता पनि हट्दै गयो । करुणा मिसिएको सद्भावपूर्ण व्यवहार र सकारात्मक दृष्टिले गर्दा कोरोनाबाट संक्रमित परिवारका सदस्यलाई छिटो र अलि सजिलोसँग निको हुन सहयोग पुग्यो जस्तो लाग्छ। डाक्टरको सल्लाहमा घरमै उपचार गर्दा वहाँहरु निको हुनु भएको छ । हामी सबै जना कोरोनालाई जित्न सफल भएका छौँ ।
हुन त म पहिला देखि नै आफ्नो कामआफै गर्ने, घर व्यवहारका दैनिक कामकाजमा सर सहयोग गर्ने गरिरहेकै थिएँ । यो कुरा सानै देखि सिक्ने अवसर आमाले दिनु भएको थियो । बुवा लामो समय काममा बाहिर हुनुभएको, बुढी भएकी हजुरआमा, सानासाना चारभाई बहिनीको परिवारमा आमाले घर सम्हाल्नु पर्दा म वहाँको सहयोगी थिएँ । गाउँमा ढिकी जातो, पानी पधेंरो, खेतीपातीमा सहयोग गर्दै विद्यालय पढ्दा सहयोगी हुने कुरा सिकेको थिएँ । सानोमा सिकेको र जीवनमा अभ्यास गर्दै गएको कुराले अगाडि आउने परिस्थितिलाई सामनागर्न मलाई सजिलो बनाएको छ ।
चिल्डे«न–नेपालको स्थापना गरी विगत २७वर्ष देखि हजारौं विपन्न बालबालिका र तिनका परिवारको सेवामा लागि रहँदाथुप्रै अप्ठारा परिस्थितिहरुसँग साक्षत्कार हुनु परेको छ । ती अवसरहरुले आफूमा सद्भाव, करुणा र प्रेम बढाउने र सेवा प्रति सच्चा मनले लगनशील हुने उर्जा र प्रेरणा थपिरहेको अनुभूति भएको छ ।
मैले करुणामयी हुने सचेत अभ्यास गरिरहँदाममा सकारात्मक सोचाईहरु नै बढी आए, नकारात्मकताले टाउको उठाउने मौका खासै पाएन । मेरो अनुहार हँसिलो भयो, शरीरमा एकप्रकारको उर्जा र स्फूर्ति सञ्चार भइरह्यो । मेरा आँखाले अरुलाई सहृदयी रुपले हेर्न थाले । कानले उत्सुकतापूर्वक, विनापूर्वाग्रह सुन्नुपर्छ भन्ने बोध बढ्न लाग्यो । मेरा मुखबाट निस्कने शब्दहरु पनि पहिले भन्दा नरम र सरल भएको अनुभूति गर्दै छु । यसको निरन्तर अभ्यासले मेरो छिटो–छिटो प्रतिक्रिया दिने, सानो कुरामा मन दुखाउने कुरा घट्दै गएको हुँदा आफू वा अरुको पिडा न्युनिकरण गर्न रचनात्मक रुपले सक्रिय हुने बानी बढ्दै गएको अनुभव गरेको छु ।
यस्तो अभ्यास हाम्रो जस्तो छोराछोरी, महिला पुरुष बीचहुने भेदभाव भनौँ वा जातजाती तथा सानो ठूलोको आधारमा हुने भेदभाव न्यूनिकरण गर्ने एउटा राम्रो उपायहो भन्ने मेरो बुझाइ छ । यसरी करुणामयी भई आफ्नो जीवनलाई आनन्दित र खुशी बनाउन सक्दा आफू वरपरका मानिसहरुलाई पनि खुशीदिन र सम्बन्धहरु सुमधुर बनाउन सकिने रहेछ भन्ने कुरामा मलाई विश्वास लागेको छ ।
धन्यवाद !
✍ (लेखक ः मनो सामाजिक विमर्श र शान्तिको संस्कृति निर्माणका अन्तराष्ट्रिय सहजकर्ता र चिल्डे«न–नेपालका कार्यकारी निर्देशक तथा संस्थापक अध्यक्ष हुनुहुन्छ ।सम्र्पक ः ९८५६०२४८७९, [email protected]_


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया