
१विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
५अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
१२हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
४भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
५पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
६मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
११जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
१२फेरि किन भयो ग्यास अभाव ?
पोखरा । भदौ २६ गतेदेखि अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’को प्रचारप्रसारले गति लिएको छ । चलचित्रको ‘जुनी जाला’ बोलको गीतले युट्युबमा १२ लाखभन्दा बढी पटक हेरिएको खुशीयालीसँगै निर्माण टिमले दर्शकमाझ चलचित्रबारे थप जानकारी गराउन थालेको हो।
पोखराबाट सञ्चालित रोधिं टिभीको चौथो वार्षिक उत्सवका अवसरमा आइतबार आयोजित विशेष सांस्कृतिक कार्यक्रममा ‘पेन्सन पट्टा’को निर्माण टिम तथा कलाकारहरूको उल्लेख्य उपस्थिति रहयो । कार्यक्रममा चलचित्रको प्रदर्शन मिति, कथावस्तु, कलाकार तथा गीतसंगीतका विषयमा जानकारी गराइएको छ । चलचित्रको टिमले ‘जुनी जाला’ गीतले छोटो समयमै पाएको लोकप्रियताले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गर्यो ।
कार्यक्रममा चलचित्रका निर्देशक माओत्से गुरुङ, निर्माता सपना गुरुङ, कलाकार डिबी गुरुङ, गायक सरुन गुरुङ, राजबहादुर गुरुङ, गायिका उषा गुरुङ, कोरियोग्राफर कमल गुरुङलगायतको उपस्थिति थियो। कार्यक्रममा चलचित्रको गीतले युट्युबमा १२ लाखभन्दा बढी भ्युज पाएको अवसरमा खुशीयाली मात्र मनाइएन कलाकारहरुले नृत्य समेत प्रस्तुत गरे ।
निर्देशक माओत्से गुरुङका अनुसार ‘पेन्सन पट्टा’ कुनै एक व्यक्तिको मात्र कथा नभई नेपाली समाज र परिवारसँग जोडिएको कथा हो। उनले चलचित्रमा प्रस्तुत विषयवस्तु धेरै नेपाली परिवारको जीवनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिन सक्ने भएकाले दर्शकले आफूलाई कथासँग नजिक पाउने विश्वास व्यक्त गरे।
“यो समाजको कथा हो। हरेक नेपालीको घरसँग कुनै न कुनै रूपमा जोडिन सक्ने विषय भएकाले दर्शकले चलचित्रलाई रुचाउनुहुन्छ भन्ने विश्वास छ,” निर्देशक गुरुङको भनाइ छ।
निर्माता सपना गुरुङले पनि चलचित्रको कथावस्तुले आफूलाई प्रभावित पारेपछि निर्माणमा जोडिएको बताइन्। आफ्नै परिवारसँग समेत सम्बन्धित विषय भएकाले चलचित्रमा लगानी गर्ने निर्णय गरेको उनको भनाइ छ। दर्शकले पर्दामा आफ्नो वरिपरिको जीवन, सम्बन्ध र समाजका विषय देख्न पाउने भएकाले चलचित्रले भावनात्मक रूपमा पनि प्रभाव पार्ने निर्माण पक्षको अपेक्षा छ।
यसैबीच चलचित्रको टिजरले समेत दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ। चलचित्रमा दयाहाङ राई, विल्सन विक्रम राई, गौमाया गुरुङ, पशुपति राई, बुद्धि तामाङ, माया गुरुङ, विश्वास गुरुङ, स्वर्गीय सुनिल थापालगायतका कलाकारको अभिनय रहेको छ। अनुभवी तथा लोकप्रिय कलाकारहरूको सहभागिताले चलचित्रप्रति दर्शकको चासो थप बढाएको देखिन्छ।
चलचित्रको प्रचारप्रसारलाई तीव्र बनाउँदै निर्माण टिम अहिले विभिन्न कार्यक्रम तथा माध्यममार्फत दर्शकमाझ पुगिरहेको छ। विशेषगरी ‘जुनी जाला’ गीतको लोकप्रियता चलचित्रका लागि प्रभावकारी प्रचार सामग्री बनेको छ। युट्युबमा १२ लाखभन्दा बढी भ्युज हासिल गर्नुका साथै गीत सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा समेत रुचाइएको निर्माण पक्षको दाबी छ।
गीत सार्वजनिक भएपछि छोटो समयमै सामाजिक सञ्जालमा चर्चा पाउनुले चलचित्रको प्रचारमा समेत सकारात्मक प्रभाव पारेको छ। गीतका टुक्रा तथा त्यसमा आधारित भिडियोहरू सामाजिक सञ्जालमा फैलिँदा ‘पेन्सन पट्टा’बारे नयाँ दर्शकसम्म जानकारी पुगिरहेको छ।
यसरी गीतको सफलतासँगै टिजरप्रतिको सकारात्मक प्रतिक्रिया र बलियो कलाकार संयोजनले ‘पेन्सन पट्टा’प्रति दर्शकको अपेक्षा बढाउँदै लगेको छ। अब भदौ २६ गतेदेखि देशभरका हलमा चलचित्रले कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ। सामाजिक यथार्थ र नेपाली परिवारको कथालाई पर्दामा उतारिएको दाबी गरिएको चलचित्रले दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्ने निर्माण टिमको विश्वास छ।
‘पेन्सन पट्टा’ टिम अब चलचित्रलाई दर्शकमाझ पु¥याउने अभियानमा थप सक्रिय देखिएको छ । गीतको लोकप्रियतालाई हलसम्मको दर्शक आकर्षणमा रूपान्तरण गर्न सके चलचित्रको सुरुवाती प्रदर्शन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
४भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
५पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

प्रतिक्रिया