
१पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
७मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
८कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
पर्वत । बडादसैँ, तिहार तथा छठ नजिकिएसँगै बजारमा हुने कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी र गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमनलाई तिब्रता दिइएको छ । जिल्ला प्रशासन कार्यालय पर्वत र एकीकृत सेवा कार्यालय पर्वतको संयुक्त आयोजनामा जिल्ला विभिन्न स्थानका होटेल तथा किराना पसलमा अनुगमन गरी २० हजार ५ सय ५० रुपैयाँ मूल्य बरारबारका म्याद गुज्रेका र अखाद्य बस्तु नष्ट समेत गरेको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षा, गुणस्तरीय वस्तुको उपलब्धता र व्यवसायमा स्वच्छता कायम गर्ने उद्देश्यले अनुगमनलाई तीव्रता दिइएको हो ।
अनुगमनको क्रममा होटल, रेस्टुरेन्ट, किराना पसल, मिठाई पसल संचालहकरुले पालना गर्नुपर्ने नियम उल्लेख गरिएको सचेतना समाग्री समेत वितरण गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलका अनुसार अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुको मूल्य, होटल तथा खाद्य व्यवसायको सरसफाइ, खाद्यवस्तुमा अखाद्य रङको प्रयोग, व्यवसाय दर्ता तथा नवीकरण र म्याद गुज्रिएका सामग्रीको बिक्रीवितरण अवस्थालाई प्राथमिकतामा राखिएको छ ।
एकीकृत सेवा कार्यालय पर्वतका प्रमुख जीवन पौडेलका अनुसार बजारका होटल, खाद्यान्न तथा किराना पसललगायत विभिन्न व्यवसायमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा होटल तथा मिठाई पसलमा सरसफाइको कमी रहेको, खाद्यवस्तुमा अखाद्य रङ प्रयोग गरिएको तथा चाउमिन र मम उत्पादन गर्ने उद्योगले आवश्यक लेबलिङ र प्याकेजिङ नगरी सामग्री बिक्रीका लागि राखेको पाइएको छ ।
अनुगमन टोलीले केही होटलबाट अखाद्य रङका बट्टा नियन्त्रणमा लिई नष्ट गरेको छ ।त्यस्तै, आवश्यक लेबलिङ तथा प्याकेजिङ नगरी बिक्रीका लागि राखिएका चाउमिन र मम तथा उपभोग्य मिति समाप्त भएका सामग्रीसमेत बरामद गरी नष्ट गरिएको कार्यालय प्रमुख पौडेलले बताए । जिल्ला बजार अनुगमन समितिले निर्धारण गरेको वार्षिक कार्यतालिकाअनुसार नियमित अनुगमनलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ । गुणस्तर सुधार तथा नापतौल कार्यालय पोखराका प्राविधिकसमेत सहभागी अनुगमन टोलीले व्यवसायीलाई आवश्यक सुझाव तथा निर्देशन दिएको छ ।
सुधार गर्न दिइएको निर्देशन पालना नगरेको पाइएमा उपभोक्ता संरक्षणसम्बन्धी कानुनबमोजिम कारबाहीको दायरामा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । चाडपर्वको अवधिभर बजार अनुगमनलाई निरन्तरता दिइने र त्यसपछि पनि आवश्यकताअनुसार अनुगमन गरिने जनाइएको छ । साथै, उपभोक्तालाई सचेत रहन आग्रह गर्दै सामान खरिद गर्दा मूल्य, गुणस्तर, उत्पादन तथा उपभोग्य मिति र प्याकेजिङमा उल्लेखित विवरण जाँच गर्न आग्रह गरिएको छ ।
बजारमा स्वच्छ प्रतिस्पर्धा कायम राख्न, उपभोक्तालाई ठगीबाट जोगाउन र सुरक्षित खाद्यवस्तुको उपलब्धता सुनिश्चित गर्न सरकारी निकाय, व्यवसायी तथा उपभोक्ताबीच सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो

प्रतिक्रिया