
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
शिला पाण्डे ,बार्सिलोना, स्पेन। स्पेनमा क्रियाशील नेपालीहरूको अग्रणी सामाजिक संस्था पर्वत समाज स्पेनको आयोजनामा भव्य खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ। प्रवासमा रहेका नेपाली समुदायबीच आपसी एकता, भ्रातृत्व र खेलकुदको विकास गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।नेपालको राष्ट्रिय खेल भलिबलको संरक्षण तथा प्रवासी भूमिमा नेपाली खेलाडीहरूको प्रतिभा प्रवर्द्धन गर्न यो प्रतियोगिता महत्त्वपूर्ण माध्यम बन्ने आयोजकले विश्वास लिएको छ।
प्रतियोगिताको तयारी तीव्र पारिएको र स्पेनका विभिन्न सहरहरूबाट नेपाली टिमहरूले सहभागिता जनाउने निश्चित भएको छ।नगद पुरस्कार युरोमा, विधागत सम्मान पनिप्रतियोगितालाई अत्यन्तै प्रतिस्पर्धी र उत्साहजनक बनाउन आयोजकले युरोमा आकर्षक नगद पुरस्कारको घोषणा गरेको छ। प्रतियोगिताको विजेता (प्रथम) हुने टिमले १६६६ युरो नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यसैगरी उपविजेता (द्वितीय) हुने टिमलाई ११११ युरो नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।यसका साथै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने विधागत खेलाडीहरू (बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट सेटर र विधागत उत्कृष्ट खेलाडी) लाई पनि विशेष पुरस्कारले सम्मानित गरिने आयोजक समितिले जनाएको छ।टिम दर्ता शुल्क २५५ युरो तोकियोप्रतियोगितामा सहभागी हुन चाहने इच्छुक नेपाली भलिबल टोलीहरूका लागि टिम दर्ता प्रक्रिया खुल्ला गरिएको छ।
आयोजकका अनुसार प्रति टिम दर्ता शुल्क २५५ युरो तोकिएको छ। खेलहरू अन्तर्राष्ट्रिय खेल नियम र व्यावसायिक रेफ्रीहरूको रोहबरमा सञ्चालन हुनेछन्। टिम दर्ताको अन्तिम मिति र खेल तालिका (टाई-सिट) छिट्टै खेल उपसमिति मार्फत सार्वजनिक गरिनेछ।प्रतियोगिता हुने निश्चित मिति, समय र खेल मैदान (भेन्यू) को औपचारिक घोषणा केही दिनमा विशेष सूचना जारी गरी गरिने आयोजकले उल्लेख गरेको छ।पर्वत समाज स्पेनले स्पेनमा रहेका सम्पूर्ण नेपाली सङ्घ-संस्था, व्यावसायिक प्रतिनिधि, सञ्चारकर्मी तथा खेलप्रेमी आम नेपाली समुदायलाई खेल मैदानमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन र कार्यक्रमलाई ऐतिहासिक रूपमा सफल पारिदिन हार्दिक अपिल गरेको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया