
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
पोखरा । गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री माननीय वेदबहादुर गुरुङ (श्याम) को परिकल्पनामा निर्माण भइरहेको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। अभियान फिल्म्स प्रोडक्सन प्रा.लि., पोखराको ब्यानरमा निर्माण भइरहेको चलचित्रको मंगलबार कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा अन्तिम दृश्य छायांकन गर्दै इन्डक्ल्याप गरिएको हो।
गुरुङ सभ्यता, संस्कृति र संस्कारमा आधारित चलचित्र ‘बुकी फूल’ले ऐतिहासिक कथालाई पर्दामा उतार्ने प्रयास गरेको छ। राजनीतिसँगै चलचित्र निर्माणमा समेत सक्रिय रहेका पूर्वमन्त्री गुरुङको परिकल्पनामा निर्माण भइरहेको यस चलचित्रको असोज १ गते कास्कीको पर्यटकीय गाउँ सिक्लेसबाट शुभमुहूर्त गरिएको थियो। सिक्लेस र आसपासका क्षेत्रमा छायांकन गरिएको चलचित्रको निर्देशन ओमप्रकाश गुरुङले गरेका छन्।
चलचित्रमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन्। अभिनेत्री संस्कृति गुरुङका लागि भने ‘बुकी फूल’ डेब्यु चलचित्र हो। साथै चलचित्रमा पुष्कर गुरुङ, कविता आले, विश्वास गुरुङ, माया गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, डीबी गुरुङ, बलबहादुर गुरुङ, लालशोभा गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रको छायांकन सुसान प्रजापतिले गरेका हुन्। मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने रहेका छन् भने सहायक निर्देशकका रूपमा विशाल राई र सुरेन्द्र सिंहले साथ दिएका छन्। कला निर्देशन कमलबहादुर गुरुङ, याङसाङ राई र रोशन मुर्मुले गरेका छन्। पोसाक व्यवस्थापन कमला छ्यान्त्यालले सम्हालेकी छन् भने लाइभ साउन्डमा नवीन श्रेष्ठ, मेकअपमा विक्रम थापा र बीटीएस छायांकनमा समीर गुरुङ रहेका छन्। सहनिर्माण नियन्त्रकका रूपमा टेक गुरुङले जिम्मेवारी निर्वाह गरेका छन्। चलचित्रको नृत्य निर्देशन कमलबहादुर गुरुङले गरेका छन्।
चलचित्रका प्रोडक्सन म्यानेजर डीबी गुरुङका अनुसार ताङतिङमा अन्तिम दृश्य छायांकन भएसँगै चलचित्रको सम्पूर्ण छायांकन कार्य सम्पन्न भएको हो। निर्माण पक्षले अब छिट्टै सम्पादन कार्य सुरु गर्ने जनाएको छ।
गुरुङ सभ्यताको मौलिक कथा, संस्कृति र ऐतिहासिक परिवेशलाई केन्द्रमा राखेर निर्माण भइरहेको ‘बुकी फूल’ फरक कथावस्तु र प्रस्तुतिका कारण दर्शकमाझ विशेष बन्न सक्ने अपेक्षा गरिएको छ। तत्कालीन जीवनशैली र सांस्कृतिक परिवेशलाई चलचित्रमा कसरी प्रस्तुत गरिएको छ भन्ने विषयले पनि यसको प्रतीक्षालाई थप रोचक बनाएको छ।
सिक्लेस तथा आसपासका क्षेत्रमा छायांकन सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण कलाकार, प्राविधिक, स्थानीयवासी, शुभेच्छुक तथा चलचित्र परिवारप्रति निर्माण पक्षले आभार व्यक्त गरेको छ। साथै चलचित्रको आगामी यात्राका लागि सबैको माया, साथ र शुभेच्छाको अपेक्षा गरेको छ।
मौलिक कथा, गुरुङ सभ्यताको पहिचान र ऐतिहासिक परिवेशलाई समेट्ने लक्ष्यसहित निर्माण भइरहेको ‘बुकी फूल’ अब सम्पादन हुँदै दर्शकमाझ पुग्ने तयारीमा छ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया