
१ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
४पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
५कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
९कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१०मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
११बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१२पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
पर्वत । जिल्लाको फलेवास नगरपालिका–४, मुडिकुवा, रुग्दीका ४२ वर्षीय केशव शर्मा पौडेलका लागि अहिले जीवन बाँच्ने संघर्ष मात्र बनेको छैन, आफ्नो परिवारको भविष्य कसरी जोगाउने भन्ने असह्य चिन्तासँग जुध्ने परीक्षा बनेको छ ।हिजोसम्म आफ्नै हातले श्रम गरेर परिवारको पेट पाल्ने, छोराछोरीको भविष्यका लागि सपना बुन्ने र दुःखसुखका साथ घरपरिवार चलाउने उनी आफैँ अरूको सहारा खोज्नुपर्ने अवस्थामा पुगेका छन् । एउटा सामान्य दैनिक कामका क्रममा भएको दुर्घटनाले उहाँको देब्रे हात खोसिदिएपछि परिवारको खुसी, भविष्यका सपना र जीविकोपार्जनको आधार एकैपटक संकटमा परेको छ ।
गत असोज ५ गते डालेघाँस काट्ने क्रममा ४२ बर्षिय पौडेल गम्भीर दुर्घटनामा परे । घाँस काटिरहेको अवस्थामा हंसियाको चोट आफ्नै देब्रे हातमा बज्रियो । उपचारका लागि उनलाई काठमाडौँस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पु¥याइयो । उनको ज्यान जोगाए पनि चिकित्सकले देब्रे हात भने बचाउन सकेनन् ।केशवको पिडा हात गुमाउनुमा मात्रै सिमित नभएर उपचारपछि घर फर्किएर सुरु हुने जीवनसँग जोडिएको छ । अब कसरी काम गर्ने ? कसरी परिवारको खर्च जुटाउने? श्रीमती र छोरीहरूको आवश्यकता कसरी पूरा गर्ने ? प्यारालाइसिसबाट पीडित वृद्ध बुबाको सहारा कसरी बन्ने ?
उनको घरमा डेढ महिनाअघि मात्रै सुत्केरी भएकी श्रीमती छिन् । सुत्केरी अवस्थामा आमालाई पर्याप्त पोषण, आराम, हेरचाह र भावनात्मक साथ चाहिन्छ । नवजात शिशुलाई पनि निरन्तर स्याहार र पोषणको आवश्यकता पर्छ । तर यस्तो संवेदनशील समयमा श्रीमान् आफैँ गम्भीर दुर्घटनामा परेर एउटा हात गुमाउनुपरेपछि परिवारमाथि आइपरेको पीडा असह्य छ । एकातिर श्रीमानको उपचार र भविष्यको चिन्ता, अर्कोतिर नवजात शिशुको स्याहार र घरपरिवारको जिम्मेवारी । श्रीमतीले शारीरिक र मानसिक रूपमा आराम गर्नुपर्ने समयमा परिवारको संकटले उनलाई चिन्तामा पारेको छ । सामान्य अवस्थामा पनि सुत्केरी अवस्थाको हेरचाह र शिशुको पालनपोषण चुनौतीपूर्ण हुन्छ । त्यसमाथि घर चलाउने मुख्य आधार नै दुर्घटनामा परेपछि परिवारका सदस्यले गम्भीर कठिनाई भोग्नुपरेको छ ।
उपचार र भविष्यमा गर्न सकिने कामको खोजी उनका लागि चुनौती बनेका छन् । परिवारको नियमित खर्च, सुत्केरी श्रीमती र शिशुको स्याहार, छोरीहरूको पालनपोषण तथा प्यारालाइसिसबाट पीडित बुबाको हेरचाहजस्ता जिम्मेवारी पनि टरेका छैनन् । यस्तो अवस्थामा परिवारलाई आर्थिक सहयोग मात्र होइन, पुनःस्थापित भएर आत्मनिर्भर जीवनतर्फ अघि बढ्न सक्ने आधार समेत चाहिएको छ ।
केशवको परिवारलाई अहिले सबैभन्दा बढी आवश्यकता साथ, सहानुभूति र सहयोगको छ । आर्थिक अवस्था कमजोर रहेको परिवारले दुर्घटनापछि थपिएको कठिनाइ कसरी सामना गर्ने भन्ने चुनौती छ । उपचार र पुनःस्थापनाको प्रक्रिया, परिवारको दैनिक जीवन तथा बालबालिकाको भविष्य सुनिश्चित गर्न समुदाय, आफन्त, समाजसेवी, सहयोगी मन र देशविदेशमा रहनुभएका नेपालीहरूको साथ आवश्यक देखिएको छ ।
कसैका लागि सामान्य लाग्ने केही रकम पनि संकटमा परेको परिवारका लागि ठूलो राहत बन्न सक्छ । कसैले आफ्नो क्षमताअनुसार थोरै सहयोग गर्न सक्नुहुन्छ, कसैले केही बढी । कसैले आर्थिक सहयोग गर्न नसके पनि यो सहयोगको याचना अरूसम्म पु¥याएर सहयोग जुटाउन महत्त्वपूर्ण भूमिका खेल्न केशका आफन्तहरुले अनुरोध गरेका छन् । यस्तो अवस्थामा केशवलाई सम्भव भएसम्म उपचार, पुनःस्थापना र परिवारको जीवनयापनमा सहयोग पुग्ने व्यावहारिक साथ चाहिएको छ ।जीवनमा विपत्ति कसलाई, कहिले र कसरी आइपर्छ भन्ने कसैलाई थाहा हुँदैन । आज केशव पौडेलको परिवारमा परेको संकट भोलि अरू कसैको घरमा पनि आइपर्न सक्छ । त्यसैले दुःखमा परेका व्यक्तिलाई सहयोग गर्नु दया देखाउनु मात्र होइन, मानवीय जिम्मेवारी पूरा गर्नु पनि हो ।
कसैले गर्नुभएको थोरै सहयोगले पनि एउटा पीडित व्यक्तिलाई पुनः जीवनप्रति आशावादी बन्न मद्दत गर्न सक्छ । सुत्केरी आमालाई कठिन समय पार गर्न, नवजात शिशुको स्याहारमा साथ दिन, वृद्ध बुबाको हेरचाहमा सहयोग पु¥याउन र दुई नाबालिका छोरीको भविष्यप्रतिको आशा जोगाउन मद्दत गर्न सक्छ ।
केशवले आफ्नो देब्रे हात गुमाउनुभएको छ, तर उहाँको जीवनबाट आशा गुम्न नदिऔँ । दुर्घटनाले उहाँको शरीरमा अपूरणीय क्षति पु¥याएको छ, तसबैको सामूहिक साथले उनको जीवनमा नयाँ सम्भावनाको ढोका खोल्न सक्छ । दुःखको घडीमा उनको परिवारलाई एक्लो महसुस हुन नदिऔँ । सहयोग गरौँ, सहयोगका लागि अरूलाई पनि प्रेरित गरौँ ।
सक्दो आर्थिक सहयोगका लागि तलको क्यू.आर. कोड स्क्यान गर्नुहोस् ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया