
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
८स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
९बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
१०मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
११फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
१२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
३फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
४नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
५स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
६मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
७पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
८पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
पर्वत । पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न भएको छ ।
बिहीबार कुश्मामा आयोजित प्रतियोगितामा नगरपालिका क्षेत्रभित्रका विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरूले आफ्नो गायकी प्रतिभा प्रस्तुत गरेका छन् । प्रतियोगितामा नमूना आवासीय माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत आस्ना बसेल प्रथम भएकी छन् । यस्तै, पर्वत गुरुकुल एकेडेमीका बच्चन बराइली द्वितीय, काफलचौर माध्यमिक विद्यालयकी स्मृति विश्वकर्मा तृतीय तथा कालीगण्डकी एकेडेमीका युगन पौडेल सान्त्वना भएका छन् । उनीहरुले पुरस्कार स्वरुप क्रमशः ७ हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा प्रथम र द्वितीय भएका दुई विद्यार्थीले अब असोज १८ गते आयोजना हुने जिल्ला स्तरीय प्रतियोगितामा कुश्मा नगरपालिकाको प्रतिनिधित्व गर्नेछन् । जिल्ला स्तरीय प्रतियोगितामा पर्वतका सात स्थानीय तहबाट दुई–दुई जना गरी जम्मा १४ जना विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुने एक जना विद्यार्थीले गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।
कार्यक्रममा प्रमुख अतिथि कुश्मा नगरकार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलले विद्यार्थीभित्र लुकेर रहेका प्रतिभाको पहिचान गरी उनीहरूलाई उचित अवसर र प्रोत्साहन दिन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । उनले विद्यालयमा पढाइसँगै विद्यार्थीको कला, संगीत, साहित्य, खेलकुदलगायतका प्रतिभालाई समेत विकास गर्ने वातावरण बनाउन आवश्यक रहेको धारणा राखे । सामाजिक विकास समितिका संयोजक ईश्वर गिरी, शिक्षा शाखा प्रमुख विष्णुप्रसाद तिवारी, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विदुर चापागाईँले विद्यार्थीको प्रतिभालाई विद्यालय तहदेखि नै पहिचान गरेर अगाडि बढाउन सके उनीहरूको आत्मविश्वास र सिर्जनशीलता बढ्ने बताए । प्रतियोगितालाई केवल जित र हारका रूपमा नहेरी विद्यार्थीलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसरका रूपमा लिनुपर्ने उनीहरुको भनाइ छ ।
कार्यक्रममा एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेल, शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द पोखरेल, शिक्षा अधिकृत राधादेवी शर्मा, स्थानीय स्काउट आयुक्त इन्द्रप्रसाद शर्मा लगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत दीपक सुवेदीले गरेका थिए । कार्यक्रममा शिक्षा अधिकृतहरूले स्वागतस्वरूप गीत प्रस्तुत गरेका थिए भने शिक्षा अधिकृतसहित जनप्रतिनिधिहरूले समेत नृत्य प्रस्तुत गरेका थिए ।


१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
३फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
४नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
५स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार

प्रतिक्रिया