News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News खेलकुद पत्रपत्रिका मुख्य समाचार राष्ट्रिय समाचार

    स्व.गजेन्द्र स्मृति विद्यालय स्तरीय “सेभेन ए साइड रनिंग सिल्ड फुटबल प्रतियोगिता” हुने

    गोबिन्द रिजाल।विद्यालयस्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदको माध्यमबाट विद्यार्थीबीच आपसी सद्भाव र भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले कुश्मा नगरपालिका स्तरीय  प्रथम स्व.गजेन्द्र तुलाचन स्मृति विद्यालय स्तरीय प्रथम “सेभेन ए साइड रनिंग सिल्ड फुटबल प्रतियोगिता-२०८३” आयोजना हुने भएको छ । कुश्मा स्पोर्टस क्लबले “स्व.गजेन्द्र तुलाचनको प्रेरणा, खेलाडीको उज्ज्वल भबिष्यको सिर्जना” भन्ने मूल नाराका साथ यहि पौष ४ र ५ गते कुश्मा बजारस्थित बडागाउँचौर खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको र विद्यालयस्तरका विद्यार्थीहरूमा लुकेर रहेको फुटबल प्रतिभालाई उजागर गर्दै खेलकुदप्रति आकर्षण बढाउने र स्थानीय स्तरमा फुटबलको विकासमा योगदान पुर्‍याउने अपेक्षासहित प्रतियोगिता आयोजना गर्न लागिएको कुरा फुटबल खेलका संयोजक राजन गुरुङले हाम्रो सूचनाकेन्द्र डटकमलाई जानकारी गराउनु भयो ।

    प्रतियोगिताको बिजेताले २०,००० (बिस हजार) नगदसहित रनिंग शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने प्रतियोगितामा उपविजेताले नगद १०,०००/ (दस हजार) कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्बाधिक गोलकर्ता ,म्यान आफ दी म्याच, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट गोलरक्षक लाई ट्रफी प्रदान गरिनेछ । खेल नाकआऊट चरणमा खेलाईने र उक्त प्रतियोगितामा १५/२० बिद्यालयको सहभागिता रहने अनुमान गरिएको आयोजक कुश्मा स्पोर्टस क्लबका अध्यक्ष बिक्रम श्रेष्ठले बताउनु भयो । आयोजकले प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालय तथा खेलाडीहरूलाई तयारीमा जुट्न आग्रह गरिसकेको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया