
१जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
२ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
९पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
पर्वत । पर्वतको जलजला गाउँपालिकामा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।स्टार्ट फन्ड नेपाल र युके एडको आर्थिक सहयोग तथा किर्डाक नेपाल र सोर्डेक नेपालको साझेदारीमा सञ्चालित आपत्कालीन मानवीय प्रतिकार्य परियोजना अन्तर्गत प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको हो । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य, सोर्डेक नेपालका अध्यक्ष देवी प्रसाद तिमिल्सिना लगायतको उपस्थितिमा गाउँपालिकाको वडा नं. ८, फर्सेका ५२ जना र वडा नं. ७, धाइरिङ लामाबगरका ४ जना गरी कुल ५६ जना बाढी पहिरो प्रभावित लाभग्राहीलाई राहत सामग्री वितरण गरिएको हो ।
राहत सामग्रीअन्तर्गत प्रभावित परिवारको दैनिक जीवनयापन सहज बनाउन भान्सामा प्रयोग हुने सामग्री, ओछ्यान तथा बिस्तारा सम्बन्धी सामग्री, सरसफाइ तथा स्वच्छतासम्बन्धी सामग्री र व्यक्तिगत मर्यादा तथा स्वच्छता कायम राख्न आवश्यक डिग्निटी किट्स वितरण गरिएको हो ।
गत असोज ८ देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण जलजला गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोले क्षति पु¥याएको थियो । विपद्का कारण प्रभावित बनेका परिवारलाई आधारभूत आवश्यकताका सामग्री उपलब्ध गराई दैनिक जीवनयापन सहज बनाउने उद्देश्यले परियोजनाअन्तर्गत राहत सहयोग प्रदान गरिएको हो ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग पु¥याएकोमा सहयोगी संस्था तथा साझेदार निकायलाई धन्यवाद व्यक्त गरे । उनले विपद्बाट प्रभावित परिवारको पीडामा मलम लगाउने प्रयास स्वरूप गरिएको मानवीय सहयोगले प्रभावित परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यमा सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरे ।
त्यस्तै, सोर्डेक नेपालका अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले विपद्बाट प्रभावित परिवारको दुःख र कठिनाइलाई केही हदसम्म भए पनि कम गर्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको बताए । उनले भने, “विपद्का कारण पीडामा परेका परिवारलाई सहयोग गर्नु हाम्रो मानवीय दायित्व हो । हामीले उपलब्ध गराएको सहयोगले केही मात्रामा भए पनि दुःखको बेलामा मलम लगाउने प्रयास गरेका छौँ । प्रभावित परिवारलाई यो कठिन परिस्थितिमा केही राहत मिल्ने विश्वास लिएका छौँ ।”
विपद्का कारण घरायसी तथा दैनिक उपभोगका सामग्री गुमाएका परिवारका लागि यस प्रकारको सहयोगले आधारभूत आवश्यकता परिपूर्तिमा टेवा पुग्ने अपेक्षा गरिएको छ । राहत वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य सहयोगी संस्थाका कार्यक्रम अधिकृत रमेश रिजाल लगायतको सहभागिता रहेको थियो ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया