News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

    पर्वत । नेपाल उद्योग वाणिज्य महासंघले पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बी. पौडेललाई स्थानीय आर्थिक विकास समितिको सदस्यमा मनोनीत गरेको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य दीपक नेपालको सभापतित्वमा गठित ‘स्थानीय आर्थिक विकास समिति’को सदस्यमा पौडेललाई मनोनीत गरिएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पौडेललाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत उहाँको मनोनयनबारे जानकारी गराइएको हो । पत्रमा मुलुकको संघीय संरचनाअनुरूप स्थानीय स्तरमा उद्यमशीलताको विकास, स्थानीय स्रोत–साधनको समुचित परिचालन तथा प्रादेशिक एवं स्थानीय अर्थतन्त्रलाई सबल बनाउन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।

    स्थानीय तहमा निजी क्षेत्रको व्यावसायिक दक्षता प्रवद्र्धन गर्नुका साथै सार्वजनिक–निजी साझेदारीलाई सुदृढ बनाउन पौडेलको व्यावसायिक अनुभव, कार्यक्षमता र सक्रियता सहयोगी हुने विश्वास महासंघले व्यक्त गरेको छ । समितिको सदस्यका रूपमा पौडेलबाट सक्रिय, रचनात्मक तथा प्रभावकारी योगदान हुने अपेक्षा गर्दै महासंघले उहाँलाई सफल कार्यकालको शुभकामना समेत दिएको छ । पौडेल पर्वत उद्योग वाणिज्य संघका अध्यक्षका रूपमा जिल्लाको निजी क्षेत्र, उद्योग व्यवसाय तथा स्थानीय आर्थिक विकासका क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ ।
    महासंघको स्थानीय आर्थिक विकास समितिमा उहाँको मनोनयनसँगै पर्वतको निजी क्षेत्रका विषय तथा स्थानीय आर्थिक विकासका सवाललाई राष्ट्रिय तहमा थप प्रभावकारी रूपमा उठाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया

    ट्रेन्डिङ