News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    कुटपिट घटनाका दोषीलाई कारबाही गर्न पिडित परिवारको माग

    पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ बञ्जिसाईडमा गत कात्तिक २३ गते राती भएको कुटपिट घटनाका दोषीलाई कारबाही गर्न पिडित परिवारले माग गरेका छन् । सोमवार राती भएको कुटपिट घटनामा परी महाशिला गाउँपालिका वडा नं. ४ घर भई हाल कुश्मा नगरपालिका वडा नं. ६ बस्ने १७ बर्षिय सज्जल प्रताप सेन र साङ्गे गुरुङ घाईते भएका छन् ।

    घाईते सेनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ भने गुरुङको मनिपाल अस्पताल पोखरामा उपचार भैरहेको छ । सेनको टाउकोमा गम्भिर चोट लागेको छ भने गुरुङ्गको नाकमा चोट लाागेको बताईएको छ । पिडित सज्जल प्रताप सेनका बाबु अमर बहादुर सेनले विना कारण आफ्‌ना छोराहरुलाई कुटपिट गरी घाईते बनाउने दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको हो ।
    सेनले घटनाको भोलीपल्टै जिल्ला प्रहरी कार्यालय पर्वतमा किटानी जाहेरी दिएको भएपनि प्रहरीले अहिलेसम्म दोषीलाई पक्राउ नगरेको गुनासो गर्नुभएको छ । कुटपिटमा संलग्न ६ जना लाई कारबाहीको माग गरेको उहाँले बताउनुभयो ।

    यता जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक बिजय यादबले पुरानो रिसिईवीका कारण कुटपिट भएको भन्दै पिडित परिवारवाट उजुरी दर्ता भएको जानकारी दिनुभयो । उहाँले उजुरी दर्ता पछि अनुसन्धान प्रकृया अघि बढिरहेको र दोषीहरुको खोजी कार्य जारी रहेको जानकारी दिनुभयो ।

    किटानी जाहेरीमा उल्लेख गरिएका नामहरु सार्वजनिक गर्न नमिल्ने प्रहरी प्रमुख यादबको भनाई रहेको छ । अनुसन्धान प्रकृयामा असर गर्ने भएकाले उनिहरुको नाम उल्लेख गर्न मिल्दैन अहिले हामीले खोजी कार्यलाई तीब्रता दिएका छौ, पक्राउ परेपछि नाम सार्वजनिक गर्नेछौ । प्रहरीले आफ्‌नो जिम्मेबारीको काम निरन्तर गरिरहेको उहाँको भनाई रहेको छ ।

    पिडित परिवारले शुक्रवार जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र नेपाल पत्रकार महासंघमा समेत पुगी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका थिए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया