
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
८पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
९ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१०आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
पर्वत। प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। अस्पतालले बिरामीलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सेवा प्रवाहमा सुधारका विभिन्न प्रयास अघि बढाएको जनाएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याम परियारले दक्ष जनशक्ति व्यवस्थापन, पर्याप्त स्वास्थ्य उपकरणको व्यवस्था तथा अस्पतालको समग्र व्यवस्थापकीय पक्षलाई सुधार गर्दै लैजाने काम भइरहेको बताउनुभयो। गत आर्थिक वर्षमा अस्पतालबाट ८० हजार ६ सय जनाले स्वास्थ्य सेवा लिएको जानकारी दिँदै उहाँले आगामी दिनमा गुनासोरहित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो।
बिरामीले अस्पतालमा सेवा लिने क्रममा भोग्नुपर्ने झन्झट कम गर्न थप सेवा काउन्टर सञ्चालन गर्ने, निःशुल्क उपलब्ध हुने औषधिको नियमित आपूर्ति सुनिश्चित गर्ने तथा लामो समय लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने योजना अस्पतालले अघि सारेको छ। त्यस्तै, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक आवास र सेवा सुविधाको व्यवस्था गरी अस्पतालमा दक्ष जनशक्तिलाई आकर्षित गर्ने योजना पनि रहेको अध्यक्ष परियारले बताउनुभयो।
अस्पतालको समग्र सुधारका लागि अल्पकालीन तथा दीर्घकालीन योजनासहित काम अघि बढाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलले बताउनुभयो। उहाँका अनुसार अस्पतालको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन तीन महिने तथा छ महिने कार्ययोजनाका साथै दीर्घकालीन गुरुयोजना निर्माण गरी कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ।
कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा. पौडेलले अस्पतालको हालसम्मको प्रगति, भावी योजना, विद्यमान समस्या तथा चुनौतीका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल, अस्पतालका पूर्वअध्यक्ष शंकर गिरी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, लायन्स लिडर बसन्तकुमार कर्माचार्यलगायतले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रममा अस्पतालमा नवनियुक्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वागतसमेत गरिएको थियो। डा. भक्त गुरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याम परियार शिवको अध्यक्षता र प्रकाश सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
३पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित

प्रतिक्रिया