
१लायन्स क्लवका अन्तर्राष्ट्रिय प्रेसिण्डेन्ट सक्सेना पोखरामा, पर्यटन प्रर्वद्धनमा विश्वास
२“वडा खेलकुद महोत्सवमा खेलको उत्सव फुटबलमा एसओएस गण्डकी, यूनी हकीमा सेंट फ्रान्सिसको दोहोरो उपाधि”
३पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
४युवा सञ्जाल पर्वतले जिल्लाका ६१ वटै वडामा शाखा कार्यालय खोल्ने
५सहकारीलाई कोपोमिसमा अद्यावधिक हुन कुश्मा नगरपालिकाको निर्देशन
६पर्वतमा पशु बधशाला तथा मासु जाँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
७प्रतिनिधिसभा सदस्यमा पर्वतबाट १७ जनाको उम्मेदवारी दर्ता
८सबैभन्दा बढी रुपन्देहीमा उम्मेदवार, मुस्ताङ र मनाङमा कम
९एलायन्स क्लव,अब पोखरामा पनि
१०पर्वत जिल्लामा उम्मेदवारहरूको मनोनयन दर्ता शान्तिपूर्ण
११शिवालय माध्यमिक विद्यालय र जनताधन माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुका लागि ५ दिने क्रिकेट तालिम आजबाट शुरु
१२अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले उचाल्यो
१प्रदेश अस्पताल, कुश्मा सेवाविस्तार र सुधारतर्फ तीव्र गतिमा अग्रसर
२पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई
३आमाहरु संसार मात्रै होईनन
४आठौ पर्बत महोत्सबमा भलिबलको उपाधि बिरुवा गाउँपालिका स्याङ्गजालाई
५प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
६प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
७आठौ पर्बत महोत्सब: फलेबास नगरपालिकालाई हराउदै कुश्मा नगरपालिकालाई तृतीय स्थान
८विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
९नवनियुक्त प्रजिअ पौडेलद्वारा पत्रकारसँग साक्षात्कार: ‘निर्वाचनका लागि सकारात्मक सन्देश फैलाउनुस्’
१०आठौ पर्बत महोत्सब: पहिलो उद्घाटन खेलमा कुश्मा नगरपालिका बिजयी
११आठौ पर्बत महोत्सब: जैमिनी नगरपालिका, फलेबास नगरपालिका र कुश्मा गंगटे बिजयी
१२आठौ पर्बत महोत्सब: गलकोट सुजाता होटल र बिरुवा गाउँपालिका स्याङ्गजा फाईनलमा प्रबेश
लेखक, राजकुमार निरञ्जन। आमाहरुलाई सम्झेर कयौँ कविता लेखिएका छन । हजारौँ गित लेखिएका र गाईएका छन । हजारौँ कृतिहरु आमाप्रति नै समर्पित छन । रुसको क्रान्ति हुदाँको बखत म्याक्सिम गोर्गिले लेखेको ” आमा ” कृति त संसार भर नै परिचित पनि छ र पढिएको पनि छ । कवितामा आमाहरुलाई सजाउनु , गितमा आमाहरुलाई गाउनु , कृतिहरुमा आमाहरुलाई फिजार्नु एकातिर छ र आमाहरुको वास्तविकता अर्कोतिर छ । अचेल सामाजिक सञ्जालहरुमा प्रायले आमाहरुलाई संसारसङ्ग तुलना गर्दछन । ” मेरो आमा मेरो संसार हुन ” भन्ने स्टाटस हरदिन देखिन्छन । आमाहरुको तुलना कोसङ्ग गर्ने , केसङ्ग गर्ने र किन गर्ने भन्ने प्रश्न निकै वजनदार हुनुपर्छ । वास्तवमा आमाहरु तुलना गर्नको लागि कुनै बस्तुहरु होईनन । अझ आमाहरुको त संसारसङ्ग मात्रै तुलना हुनै सक्दैन ।
साहित्यमा तुलना गर्दा ” लक्षणा र अभिधा ” को प्रयोग गरिन्छ । सोझो र सामान्य तुलना गर्ने हो भने अभिधा प्रयोग गरिन्छ र बिशेष तुलना गर्ने हो लक्षणाको प्रयोग गरिन्छ । आमा संसार हुन भन्नू अभिधामा आधारित तुलना हो जसले आमालाई संसारसङ्ग सामान्य तुलना गराउदछ । अभिधाले सामान्य पदवी मात्रै दिन्छ वा लघुत्तमतामा बुझाउछ । आज सामाजिक सञ्जालमा जसले आमालाई संसारसङ्ग तुलना गर्दछन ती सबैले आमालाई सबैभन्दा सानो बस्तुसङ्ग तुलना गरेका छन यद्यपि आमाहरु तुलना गर्ने बस्तुहरु भने होईनन । आमाहरुलाई भावनाले बेरेर कुनै पनि बस्तुहरुसङ्ग तुलना गर्नु पनि हुदैन । बस्तु बस्तुको पो त तुलना हुन्छ त बस्तु र मान्छेको कसरी तुलना हुन सक्छ ?
आजको दिनमा आमाहरु के हुन त ? आमाहरुलाई कसरी बुझ्ने त ? आमाहरुलाई महान भन्ने कि नभन्ने त ? आमाहरुलाई व्याख्या कसरी गर्ने त ? यी प्रश्नहरु साच्चै नै गहन र सोचनिय छन । महिलावादिहरु पनि यी प्रश्नका उत्तरतर्फ उन्मुख भएको देखिदैनन । महिलावादिहरु घिसिपिटी भावहरुका गुन्टा र केही कानुनका दफाहरु लिएर महिलामुक्तिको बाटोमा दौडेको देखिन्छ जसले महिला मुक्तिको अन्तिम गन्तब्यमा कुनै पनि हालतमा पुर्याउन सक्दैन । महिलामुक्तिका आन्दोलन र अभियान निरन्तर चलिरहेकै छन र चलिरहेकै छन आमाहरुका अमुक्तिका शृङ्खलाहरु । माथी बसेर तल हेर्दै अनुमान गरेर अभियान चलाउनेहरुले आमाहरुलाई कत्तिको मुक्ती देलान भन्ने प्रश्न आज पनि पेचिलो रुपमा लिनुपर्छ ।
हाम्रा धार्मिक शास्त्रहरुले महिलाहरुलाई देविका रुपमा स्थापित गरे र सङ्गसङ्गै महिलामाथी गरिने शोषणका शृङ्खलाहरु , महिलाहरुका सिमाहरु र महिलाहरु माथि थोपरिएका बन्धनका नियमहरु पनि स्थापित गरिए । अप्सराहरुलाई किन देवताका मोजमस्तिका साधन बनाईए भन्ने प्रश्न आजको दिनमा पनि निकै नै सोचनिय बिषय बन्दछ । सतिले शिवको भक्तिमा किन यज्ञमा हाम फालेर प्राणको आहुती दिईन । किन धर्मशास्त्रमा महिलाहरुले नै प्रेमको नाममा प्राणको त्याग गर्नुपर्ने भाष्य स्थापित गरियो ? गर्भास्थामा पनि सितालाई किन दरबारबाट निकालियो ? किन सितालाई मात्रै अग्नि परीक्षा लिईयो ? किन राधालाई प्रेमिका मात्रै बनाईयो ? किन सुपणर्खालाई कुरुप महिलाको रुपमा स्थापित गरियो ? किन ईभालाई पुरुषको बसमा हुनुपर्ने भनेर सराप दिईयो ? किन पुरुषले गरेको गल्तिलाई पन्छाउन महिलालाई रजस्वला हुने सजाय दिइयो ? आज पनि यस्ता प्रश्नको उत्तर धर्मशास्त्रहरुले दिन सक्दैनन । के यी प्रश्नको उत्तर नखोजिकन आमालाई संसारसङ्ग तुलना गर्न सकिन्छ ?
आदिम साम्यवादि समाजमा मातृप्रधान समाज थियो । महिलाहरु प्रधान हुन्थे । मातृसत्ता भएको प्रमाण अझैसम्म कतै फेला परेको छैन त्यसैले महिलाको नियन्त्रणमा सत्ता थिएन भनेर बुझ्न सकिन्छ । मानविय अस्तित्वको हिसाबले हेर्ने हो भने महिला र पुरुष बराबर नै हुन यद्यपि शारीरिक बनावटको कुरा अर्कै हो । समाज बिकासक्रममा बिस्तारै समाज पुरुषप्रधान हुँदै गयो फलस्वरूप महिलाहरु अझ दमनमा पर्दै गए । अझ महिलाहरु मध्ये पनि आमाहरु त झन धेरै दमनको चरम मारमा परे र पर्दै आएका छन । सामाजिक स्वभावले आमाहरुलाई दमन गर्दै जाने र भावनाले आमाहरुलाई संसारसङ्ग तुलना गर्ने कुरा कतिसम्म उचित होला भन्ने कुरा निकै नै सोचनिय छ ।
राजनीतिक परिवर्तनसङ्गै नयाँ नयाँ मुद्दा उठाउने आन्दोलनहरु स्थापित हुँदै गए । सिमोन दि बुअरको पुस्तक ” द सेकेन्ड सेक्स ” को प्रकाशन पछि संसारभर महिलामुक्ती सम्बन्धिका नयाँ आयाम बोकेका आन्दोलन चले र चलाईए । नेपालमा पनि महिलालाई राजनीतिक घेरा भित्र स्थापित गराउनको लागि तेत्तीस प्रतिशत कोटा छुट्टाएर संसद भवनभित्र प्रवेश गराईयो । के महिलाहरुका ती प्रतिनिधिले आमाहरुलाई मुक्ती दिने कुनै ऐन , कानुन या कार्यक्रम गरेका छन त ? वर्तमान परिप्रेक्षलाई हेर्ने हो भने महिलाहरुमा पनि पहुचँवाला महिलाहरुले मात्रै संसद भवनभित्र प्रवेश गरेको पाईन्छ । के यस्तो प्रकारको प्रवेशले भुईँका आमाहरुका मुक्तिका बिषयलाई समेट्न सक्लान त ?
आमाहरुका दु:खहरुका निराकरणको अर्को माध्यम साहित्यिक जागरण पनि हो । महिला साहित्यकर्मिहरुले प्रेमिल र वियोगी सिर्जनाहरुमा हराउन बाहेक महिलामुखी क्रान्तिकारी सिर्जना कमै गरेको देखिन्छ । अचेल सिर्जनाहरुले भुँईका आमाहरुलाई कम छुन्छन बरु चर्चित हुनको लागि र पाठकलाई रिझाउनको लागि बेतुकका सिर्जनामा मानसिक शक्ति खेर जान्छन । सिर्जनाहरुले आमाहरुलाई संसारसङ्ग तुलना त गर्दिन्छन तर आमाहरुका दुख कमै टिपिदिन्छन । आमाहरुका बन्धित सपनाहरुका बारेमा लेख्दैनन । आमाहरुलाई पारिवारिक र सामाजिक भारले थिचेको कुरा लेख्दैनन । जब साहित्यले ” एलिट ” हरुको पक्षपोषण गर्न थाल्छ तब साहित्य र साहित्यकारले दमितहरुलाई देख्न छोड्छन । आमाहरुलाई कम्तिमा संसार मान्ने हो भने यो समाजमा आमाहरुलाई विशाल बनाएर स्थापित गराउनुपर्छ तर आमाहरुलाई यो समाजको कुनै एउटा कुनामा तिलको दाना बराबरको हैसियत बनाएर राखिएको छ ।
एकाध आमाहरुले महलमा बिताएका छन भनेर अधिकांश आमाहरु सुखी छन भन्न मिल्दैन । कर्णालिका आमाहरु कसरी सुखी होलान ? मधेशका आमाहरु कसरी आनन्दित होलान ? पहाडका आमाहरुका उकाली ओरालिका सकसहरु पनि कम्ती दुखका छैनन । कर्णालिका , मधेशका र पहाडका आमाहरु आफ्नै घरका सदस्यका बरियतामा अन्तिम परेका हुन्छन त कसरी आमाहरु संसार हुन सक्छन ? आमाहरुलाई घरबाट उठाउन सके पो त संसारसङ्ग तुलना गराउन सकिन्छ । गाउँका आमाहरु आज पनि सकसको जिन्दगी बाचिरहेका छन । एउटा विद्युतिय साधनबाट संसार चियाउने जमानामा गाउँका आमाहरुले आफ्नै घरबाट पल्लो घर चियाउन पाएका छैनन भने संसारको त कुरै छाडौँ । आमाहरुलाई संसार मान्न पहिला आफुले पनि संसार जस्तै विशाल सोचको निर्माण गर्नुपर्छ । निम्छरो सोच बोकेर कहाँ आमाहरुलाई संसारसङ्ग तुलना गर्न मिल्छ र ?
आमाहरुलाई संसार जत्ति कै ठूलो बनाउने हो भने रोजा लग्जमबर्ग बनाउन सक्नुपर्छ । म्याडम क्युरी बनाउन सक्नुपर्छ । एङ्गेला मर्केल बनाउन सक्नुपर्छ । योगमाया बनाउन सक्नुपर्छ । अरुन्धती रोय र तस्लिमा नसरिन बनाउन सक्नुपर्छ । बेन्जिर भुट्टो बनाउन सक्नुपर्छ । हाम्रा आमाहरुलाई संसार हेर्न सक्ने र संसारले चियाउन सक्ने बनाउनुपर्छ तब न आमाहरु ठुला हुन्छ्न । हैकमका घेराभित्र राखेर भावका उडानले आमाहरुलाई संसार घुमाउन पनि सकिँदैन र संसार जत्तिकै बनाउन सकिँदैन । आमाहरुका छातिभित्र गुमगाम भएका कयौँ ब्यथा सुन्न सके मात्र पनि आमाहरुले आफै संसार भएको महसुस गर्न सक्लान र आफैले आफैलाई संसारसङ्ग तुलना गर्लान । आमाहरुका अनिदा रातका सकसहरु र दैननदिनका उल्झनहरु महसुस गर्न सके मात्र पनि आफुलाई संसार ठान्लान । तुलना गर्ने काम आमाहरुको होला , हाम्रो चाहिँ होईन ।
आजको दिनमा संसार अर्थात पृथ्वी पनि त कत्ति न ठूलो हो र ? असी मिनेटको उडानमा पृथ्वीलाई एक फन्को लगाउन सकिन्छ । सौर्यमण्डलको मध्यम ग्रह र ब्रह्माण्डको धुलोको कण बराबरको ग्रह न हो । यति सानो पिण्डलाई हामिले विशाल सम्झिन्छौ र आमाहरुसङ्ग तुलना गरिदिन्छौ । नब्बे लाख प्रकाश बर्ष बराबर ब्यास भएको ब्रह्माण्ड पनि आमासङ्ग तुलना हुन सक्दैन । आमाहरु भित्र प्रेम छ , समर्पण छ , प्रेरणा छ र सहनशिलाता छ । यी तमाम गुणहरु ब्रह्माण्डका कुनै बस्तुसङ्ग तुलना हुन सक्दैनन । आमाहरुको विशालता भावसङ्ग त तुलना हुन सक्दैन भने संसारसङ्ग त हुने कुरै भएन । आमाहरुलाई अपनत्व दिन सकेमा , सम्मान गर्न सकेमा र महसुस गर्न सकेमा मात्र पनि आमाहरुलाई तुलना गर्नुपर्ने जरुरत पर्दैन ।


१प्रदेश अस्पताल, कुश्मा सेवाविस्तार र सुधारतर्फ तीव्र गतिमा अग्रसर
२पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माध्यमिक विद्यालयलाई
३आमाहरु संसार मात्रै होईनन
४आठौ पर्बत महोत्सबमा भलिबलको उपाधि बिरुवा गाउँपालिका स्याङ्गजालाई
५प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने

प्रतिक्रिया