
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । एशियाकै ठूलो शिलाका रूपमा परिचित महाशिला गाउँपालिका–५ स्थित महाशिलामा नेपाल पत्रकार महासंघ पर्वत शाखाको १४औँ साधारण सभा सम्पन्न भएको छ। महाशिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित ऐतिहासिक तथा पर्यटकीय स्थलमै साधारण सभा आयोजना गरिएको हो।
साधारण सभाको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका तीन जना पत्रकारलाई ‘सिर्जनशील पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। पुरस्कारबाट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, प्रेस चौतारीका केन्द्रीय सदस्य गणेश गिरी तथा गोरखापत्र दैनिकका संवाददाता प्रनिश गिरी सम्मानित हुनुभएको हो। उहाँहरूलाई नगद १२ हजार २२२ रुपैयाँ, दोसल्ला तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
त्यसैगरी पत्रकारिता तथा प्रेस स्वतन्त्रताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै महासंघ पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्मा तथा पूर्व अध्यक्षहरू ओमप्रसाद शर्मा, यामबहादुर केसी, दुर्गाप्रसाद शर्मा, छविलाल तिवारी र सन्तोष थापालाई सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै यशोदा रिमालले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन रहेको बताउनुभयो। उहाँले सम्भावना बोकेर पनि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रवर्द्धनमा स्थानीय सरकारहरूले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। साथै, संघीय सरकारले सरकारी विज्ञापन कटौती गरे पनि गण्डकी प्रदेश सरकार सञ्चार क्षेत्र र पत्रकारहरूको पक्षमा रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा मित्रलाल बस्याल, रमेश पौडेल, विष्णुराम विक, इश्वरी भुसाल, राजु पौडेल, हरिओम शर्मा लामिछाने, ठाकुर वि पौडेल तथा हरिकृष्ण गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष रञ्जना खत्री र सञ्चालन सचिव साजन परियारले गर्नुभएको थियो।
महाशिलामा आयोजित पत्रकारहरूको भ्रमण तथा साधारण सभाले यस क्षेत्रको पर्यटन प्रवर्द्धन र प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया