
१विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
२कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
३शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
४प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
५जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
६ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
पर्वत । कुश्मा नगरपालिकाले ज्येष्ठ नागरिकमा देखिन सक्ने छातीरोग तथा क्षयरोगको समयमै पहिचान र उपचारमा सहजीकरण गर्ने उद्देश्यले एक्सरेमार्फत क्षयरोग खोजपडताल शिविर सञ्चालन गरेको छ।
कुश्मा नगरपालिका–६ स्थित कुश्मा बहुमुखी क्याम्पसमा मंगलबार आयोजित शिविरको उद्घाटन नगर प्रमुख रामचन्द्र जोशीले गर्नुभएको हो।शिविरको उद्घाटन गर्दै नगर प्रमुख जोशीले ज्येष्ठ नागरिकमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखिने भएकाले उनीहरूको स्वास्थ्य अवस्थाको नियमित परीक्षण आवश्यक रहेको बताउनुभयो। रोग लागेपछि उपचार गर्नुभन्दा समयमै पहिचान गरी उपचार प्रक्रिया अघि बढाउनु प्रभावकारी हुने उहाँको भनाइ थियो।
उहाँले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर नगरपालिकाले क्षयरोग खोजपडताल कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै यस्ता कार्यक्रमले नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता गर्नुभएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलले रोग लाग्नुअघि नै नियमित स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले आगामी दिनमा नगरपालिकाका १४ वटै वडामा पुग्ने गरी यस्ता स्वास्थ्य शिविर तथा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो।
क्षयरोग समयमै पहिचान हुन नसक्दा बिरामीको स्वास्थ्यमा थप जटिलता आउन सक्ने भएकाले शंकास्पद लक्षण देखिएका व्यक्तिले स्वास्थ्य परीक्षण गराउनुपर्ने उहाँले बताउनुभयो।
शिविरको उद्देश्य, सेवा प्रवाह तथा क्षयरोग खोजपडतालका क्रममा अपनाइने प्रक्रियाका बारेमा प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेशका टोली नेता सन्तोष पौडेलले जानकारी गराउनुभएको थियो।
त्यसैगरी, कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले स्वास्थ्य परीक्षणको महत्व, क्षयरोगको पहिचान तथा रोग नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउँदै शिविरमा बढीभन्दा बढी सहभागी भई स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नुभयो।
कुश्मा नगरपालिकाको आयोजना तथा प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश, पोखरा र प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको समन्वयमा शिविर सञ्चालन गरिएको हो।
एक्सरे प्रविधिको प्रयोगबाट क्षयरोगको सम्भावित संक्रमण पहिचान गर्ने र आवश्यकताअनुसार थप परीक्षण तथा उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थासम्म पुग्न सहजीकरण गर्ने उद्देश्यले शिविर आयोजना गरिएको नगरपालिकाले जनाएको छ।
शिविर मंगलबार साँझ ५ बजेसम्म कुश्मा बहुमुखी क्याम्पसमा सञ्चालन हुने कार्यक्रम रहेको थियो।
क्षयरोगको समयमै पहिचान, उपचार र नियन्त्रणका लागि नियमित स्वास्थ्य परीक्षण महत्वपूर्ण हुने भएकाले स्थानीय तहले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक देखिन्छ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया