
१विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
२कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
३शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
४प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
५जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
६ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
११घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
पर्वत । पर्वतको विहादी गाउँपालिकाले स्थानीय नागरिकलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले चप्पल बनाउने तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को उद्यम विकास शाखाको वार्षिक बजेट तथा शर्तसहित स्वीकृत कार्यक्रमअनुसार तालिम सञ्चालन गर्न लागेको हो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सञ्चालन हुने तालिममा स्थानीय स्तरमा लघु उद्यम स्थापना तथा सञ्चालन गरी आर्थिक उत्पादन र आयआर्जन गर्न इच्छुक युवा, युवती तथा महिलालाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै विहादी गाउँपालिकाका स्थायी बासिन्दालाई तालिममा सहभागी हुन आह्वान गरेको छ ।
इच्छुक व्यक्तिहरूले आवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । तालिममा सहभागी हुन चाहनेले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, हालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो र तोकिएको ढाँचाको निवेदन पेस गर्नुपर्नेछ । आवेदन गाउँपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा बुझाउन सकिने व्यवस्था गरिएको छ । गाउँपालिकाले स्थानीय नागरिकलाई सीप सिकाएर स्वरोजगार तथा उद्यमशीलतातर्फ आकर्षित गर्ने र आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाएको हो ।
चप्पल बनाउने सीप सिकेपछि सहभागीहरूले आफ्नै गाउँठाउँमा सानो व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न सक्ने अपेक्षा गाउँपालिकाले गरेको छ । यस्ता सीपमूलक कार्यक्रमले स्थानीय उत्पादन प्रवद्र्धन गर्नुका साथै रोजगारीका लागि बाहिरिनुपर्ने बाध्यता कम गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ । थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले विहादी गाउँपालिकाको कार्यालय तथा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया