
१आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
३मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा जवाफ दिने क्रममा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले भनेका थिए ‘हामी कस्ताबाट शासित हुन अभिशप्त छौँ’ । उक्त अभिव्यक्ति दिएपछि कार्कीसँग प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका केही सदस्य उतिबेलै रुष्ट बनेको बुझिएको छ ।
लेखा समितिमा बेनामी उजुरी दर्ता गराएर खगेन्द्र सुनारमार्फत उनको आलोचना गराउने प्रयाससमेत भएको दाबी गरिएको छ। सुनारले चुनावका लागि भर्ना गरिएका म्यादी प्रहरीको पोसाक खरिदमा अनियमितता भएको दाबी गर्दै आईजीपीलाई तुरुन्त बर्खास्त गर्न भनेका थिए । आफ्नै घरबाट ३ करोड रुपैयाँ बढी रकम चोरी हुँदा सुरक्षा गर्न नसकेको भन्दै उनीमाथि प्रश्न उठाइएको थियो । उक्त घटनामा संलग्न भनिएकाहरूलाई विशेष ब्युरोमा लगेर यातना दिएको आरोप पनि सुनारले उनीमाथि लगाएका थिए ।
यही विवाद र असन्तुष्टिबीच अहिले आईजीपी कार्कीमाथि राजीनामा दिन दबाब बढाइएको छ। सरकारले राजीनामा मागेपछि कार्की भने कानुनी परामर्शमा जुटेको प्रहरी श्रोत बताउँछ ।
आइतबार नै प्रधानमन्त्रीको सचिवालयबाट कार्कीलाई राजीनामा दिन अनुरोध गरिएको बताइन्छ। संदिग्ध गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका इनम सापकोटासँग जोडेर कार्कीमाथि राजीनामाको दबाब बढाइएको हो।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउपछि उनीसँग सम्बन्धित व्यक्तिहरूको खोजी गर्ने क्रममा सापकोटा पक्राउ परेका थिए । सापकोटाको मोबाइलको प्राविधिक परीक्षण गर्दा पक्राउ पर्नुभन्दा छ दिनअघि आईजीपी कार्कीसँग ह्वाट्सएपमा सम्पर्क भएको दाबी गरिएको छ। यही सम्पर्कलाई आधार बनाएर कार्कीमाथि प्रश्न उठाइएको स्रोतहरूको भनाइ छ।
सचिवालयका एक जिम्मेवार व्यक्तिले कार्कीलाई राजीनामा नदिए पदबाट हटाउनुपर्ने अवस्था आउन सक्ने सन्देश दिइएको बताएका छन्। त्यसपछि कार्कीले केही कानुन व्यवसायीसँग परामर्श गरेका थिए। सरकारले पदबाट हटाएमा त्यसविरुद्ध अदालतमा कसरी कानुनी उपचार खोज्न सकिन्छ भन्ने विषयमा उनले छलफल गरेको बताइएको छ।
मन्त्रिपरिषद् बैठकसमेत प्रभावित भएको दाबी
सोमबार बस्नुपर्ने मन्त्रिपरिषद्को नियमित बैठकसमेत यही विषयको टुंगो नलागेका कारण सरेको थियो। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीर्थाटनका क्रममा भारतमा रहेकाले उनी फर्किएपछि आवश्यक निर्णय गर्ने गरी बैठक सारिएको स्रोतको दाबी छ।
आईजीपी कार्कीबारेको निर्णयमा लामिछानेको भूमिका निर्णायक हुन सक्ने आँकलनसमेत गरिएको छ। प्रधानमन्त्री शाहले बुधबार अपराह्न मन्त्रिपरिषद् बैठक बोलाउने तयारी गरे पनि बिहीबार नियमित बैठक बस्ने गरी अघि बढाइएको बताइएको छ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया