
१बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
२पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
३पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
४पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
५नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
६स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
७बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
८मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
९फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
८मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
९स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित बागलुङ, म्याग्दी, पर्वतलगायत जिल्लाका बाढी प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।निरीक्षणका क्रममा मुख्यमन्त्री पाण्डेले बाढीपहिरोबाट भएको जनधनको क्षति, सडक तथा पुल लगायत भौतिक पूर्वाधारमा परेको असर र प्रभावित नागरिकको अवस्थाबारे स्थानीय नागरिक र जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिनुभएको छ ।
बागलुङ र म्याग्दीमा मुख्यमन्त्रीको उपस्थितिमा जिल्ला सुरक्षा समितिको बैठक भएको थियो। बाढीबाट भएको क्षति, हालको अवस्था तथा तत्काल गर्नुपर्ने कामका बारेमा छलफल भएको छ। मुख्यमन्त्री पाण्डेले बाढीपहिरोबाट विस्थापितहरू हाल बसिरहेको स्थान, खाद्यान्न, स्वास्थ्य लगायतको अवस्थाका बारेमा पनि विस्थापितहरूसँग जानकारी लिनुभएको थियो । विपद्मा परेका नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन फिल्डमै पुगेर समन्वय गरिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
बाढीपहिरोका कारण गण्डकी प्रदेशमा २० जनाभन्दा बढीको मृत्यु भएको छ भने केही नागरिक अझै बेपत्ता छन् । गण्डकी प्रदेशभित्र बाढीपहिरोबाट मृत्यु भएका तथा बेपत्ता भएका नागरिकका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत उपलब्ध गराउने सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । त्यस्तै, मृत्यु भएका नागरिकका परिवारलाई काजकिरिया खर्चबापत थप २५ हजार रुपैयाँ र घाइते नागरिकलाई उपचार खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ । यसअघि भोटेकोशी बाढी प्रभावितलाई पनि गण्डकी प्रदेश सरकारले उक्त सहयोग उपलब्ध गराएको थियो भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको थियो ।
विपद्ले सडक, पुल, खानेपानी तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पु¥याएको छ । प्रदेशभर बाढीपहिरोका कारण ११ वटा झोलुङ्गे पुल, ६ वटा पक्की पुल र ४३ वटा सडकखण्ड अवरुद्ध भएको थियो । अवरुद्धमध्ये अधिकांश प्रादेशिक सडक सुचारु हुने क्रममा छन् ।
मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरोला सडक तथा बेँसीसहर–मनाङ सडक सञ्चालनमा ल्याउन संघीय सरकारसँग समन्वय गरिएको प्रदेश सरकारले जनाएको छ । चाडपर्वका बेला बाढीपहिरोले सडक अवरुद्ध हुँदा स्थानीयलाई सास्ती हुने भएकाले वैकल्पिक व्यवस्था सम्भव भएको ठाउँमा तत्काल सडक सुचारु गराउन प्रदेश मातहतका जिल्लास्थित पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिइएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक संरचना तथा पूर्वाधारको पुनर्निर्माणका सम्भव काम तत्काल सुरु गर्न र भएको क्षतिको पूर्ण विवरण तीन दिनभित्र संकलन गर्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ ।विपद्का कारण क्षतिग्रस्त सडक तथा भौतिक पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउने, विस्थापित नागरिकको पुनःस्थापना गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकारले संघीय सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै पक्षसँग समन्वय र सहकार्य गरिरहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्रीको व्यवस्थापनका लागि बागलुङ, मनाङ, म्याग्दी र पर्वतमा आवश्यकताअनुसार त्रिपाल, टेन्ट तथा स्वास्थ्य सामग्री पठाइएको छ । त्यस्तै, प्रदेशका ११ वटै जिल्लाका विपद् व्यवस्थापन समितिको कोषमा न्यूनतम १० लाख रुपैयाँ नघट्ने गरी बजेट व्यवस्था गरिएको छ भने प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोड रुपैयाँ मौज्दात छ ।
‘विपद्को कठिन परिस्थितिमा नागरिकको जीवन रक्षा, उद्धार, उपचार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन प्रदेश सरकार सक्रिय छ,’ उहाँले भन्नुभयो, ‘यसमा सरकारलाई निजी क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी सबैको सहयोग जरुरी छ ।’
विपद्का कारण अकल्पनीय क्षति व्यहोर्नुपरेको, बाढीपहिरोका घटनाले त्रास थपेको भन्दै स्थानीयले मुख्यमन्त्रीसमक्ष गुनासो गरेका थिए । स्थानीयको गुनासोपछि मुख्यमन्त्री पाण्डेले सरकारको साधन–स्रोतले भ्याएसम्म स्थानीय तह, जिल्लास्थित सुरक्षा निकाय र मातहतका कार्यालयसँग समन्वय गरेर सरकारले काम गरिरहेकाले संयम हुन अनुरोध गर्नुभयो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया