News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    सिर्जनात्मक लेखन र चित्रकलामा पर्वतबाट निस्मा र श्रेया छनोट

    पर्वत । पर्वतमा भएको जिल्ला स्तरीय सिर्जनात्मक लेखन प्रतियोगितामा बहाकी मा.वि. विहादी गाउँपालिकाकी छात्रा निश्मा भट्टराईले प्रथम भएकी छन् भने चित्रकला प्रतियोगितामा न्यू होराइजन आवासीय मा.वि. जलजला गाउँपालिकाकी छात्रा श्रेया रेग्मी प्रथम भएका छन् ।
    दुवै छात्राले पर्वत जिल्लाको प्रतिनिधित्व गरेर गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुनेछन् । गोला प्रथाद्धारा सिर्जनशिल विद्यार्थी, शिक्षक र गुणस्तरीय शिर्षकमा सिर्जनात्मक लेखन प्रतियोगिता भएको थियो भने चित्रकलातर्फ मेरो कल्पनाको सुन्दर गाउँमा विद्यार्थीहरुले चित्र बनाएका थिए ।

    कार्यक्रममा सिर्जनात्मक लेखन प्रतियोगिता अन्तर्गत जनकल्याण मा.वि जलजला गाउँपालिकाका समिर रेग्मीले द्धितीय स्थान, नवजागृती मा.वि. मोदी गाउँपालिकाकी आषुष्मा लामिछानेले तृतीय स्थान तथा शिवालय मा.वि. कुश्मा नगरपालिकाका प्रतिक चपाईले सान्तवना स्थान हासिल गरेका छन् ।

    त्यस्तै चित्रकला प्रतियोगिता अन्तर्गत शालिग्राम मा.वि. विहादी गाउँपालिकाकी छात्रा आयुषा पौडेलले द्धितीय स्थान, महेन्द्र ज्योती मा.वि. महाशिला गाउँपालिकाका युवराज गैह्रेले तृतीय स्थान तथा सरस्वती मा.वि मोदी गाउँपालिकाका रोबिन पौडेलले सान्तवना स्थान प्राप्त गरेका छन् । कार्यक्रममा दुवै प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना स्थान हासिल गरेका विद्यार्थीहरुलाई क्रमशः चार हजार, तीन हजार, दुई हजार र एक हजार रुपैयाँ सहित प्रमाणपत्र तथा मेडल प्रदान गरिएको छ ।

    एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले बालबालिकाको सर्वाङ्गीण विकास, प्रतिभा पहिचान, सिर्जनशील सोचको प्रवद्र्धन र व्यक्तित्व विकासमा यस कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरे । शिवालय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविन्द्र गिरीले बालमैत्री वातावरण निर्माण, बाल सहभागिता अभिवृद्धि तथा सक्षम, आत्मविश्वासी र सिर्जनशील पुस्ता निर्माणमा महत्वपूर्ण योगदान पुग्ने वताए । कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक गौरव राना मगरले यस किसिमका कार्यक्रमले बालबालिकाको आवा, विचार, कल्पना र सिर्जनालाई उचित स्थान प्रदान गर्दै उनीहरूमा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउन सहयोग पुग्ने उल्लेख गरे ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया

    ट्रेन्डिङ