
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
मस्त निदाएको म माथी एकाएक ठुलो आक्रमण भयो, पछाडीबाट पहाड भन्दा अग्लो मानिसले एक्कासी हान्यो रन्थनिएर भुईमा लडेको म माथी एउटा गहुगोरो बर्णको युवाले यसलाई नछाड भन्दै अर्को मुक्का बझार्यो । म चिच्चाउन मात्रै के खोजेको थिए, अर्को एकजनाले मेरो घाटी अठ्याउदै भन्यो आज यसको अन्तिम दिन हो ।
खै के हुन्छ कुन्नि म चिच्चाउन पनि सकिन, गुहार माग्न पनि पाईन तर झसंग बिउझिएर हेर्दा शरिर पसिनाले पुरै भिजिसकेको थियो, सानामा यस्ता कुराहरु सपनामा देखेर ममिलाई सुनाउदा ऐठन भएको भन्नु हुन्थ्यो । सपनामा यसरी कसैले तिमिलाई केहि गर्न खोज्नु भनेको तिमि शक्तिशाली हुनु हो भन्दै फकाउनु हुन्थ्यो । म पनि मख्ख पर्थे । डर यसै हराए झै हुन्थ्यो । तर त्यसपछि भने पटक्कै निन्द्रा लाग्ने थिएन मनमा अनेक कुरा खेलिरहन्थे ।
आजभोली सपना पनि देख्दिन, सपना नदेखेपछि राम्रा त के ऐठन हुने सपना पनि देख्नु परेन । कहिलेकहीँ त लाग्छ मैले निदाएर देख्ने सपनाहरु देख्नै बिर्सिए अ साच्चि यसो हुदा पनि फरक अनुभुती हुने रहेछ, पहिला पहिला लाग्थ्यो रातीमा डिउटी जानु पर्ने पुरै रात जागाराम अनिदो भएपछि दिउसोमा सपना देखिदैन झण्डै २ बर्षको रातिको कामले मैले सपनै देख्न बिर्सिएछु ।।
त्यसरी जागाराम बस्न छाडेको पनि एक बर्ष भयो यो एक बर्ष नियमित रातीमा सुतेकै छु तर पनि किन सपना देखिन होला ? कतै मैले सपना नै देख्न त बिर्सिएन ? हुन त परदेशमा सपनाहरु हराउदै जान्छन्, अग्ला भवनहरुको छायाले सपनाहरु पुरि दिन्छन्, निलो जमिरहेको समुन्द्रमा आईरहेका छालहरुले सपनालाई यसै बगर जस्तै छेउमा लगाईदिन्छ, सायद यस्तै भयो कि ?
एकदिन बिहान मुख धुदा ऐनामा आफुले आफुलाई वडा ध्यान दिएर हेरे, कपाल नियमित झरिरहेको र तालु बिस्तारै रित्तिदै गएको देखे, कपाल पनि फाट्ट फुट्ट फुल्दै जान थालेको रहेछ, अचम्मको चिन्ता मनमा पलायो, म त बढो भएछु । अब कपाल सँगै कतै दात झर्ने र गिजे हुने त होईन अनि अनुहारको छाला चाम्रिदै गयो भने, थैट् म त एकाएक आफुलाई सुन्दरबाट एकाएक कुरुप हुदै गएको जस्तो भयो ।
छि आज मनमा किन यस्ता कुराहरु खेलिरहेका होलान, किचनमा छिरेर कालो तितो कफि बनाउदै थिए बाहिरबाट ढोका ढकढक गरेको आवाज आयो, कोहि नआउने मेरो रुममा को आयो भन्दै ढोका खोल्न पुगे, रुकुमको शन्देश भाई आएको रहेछ, के छ केटा मात्रै के भनेको थिए उसले कहानी शुरु गरिहाल्यो, दाई एउटा साथी आजभन्दा २ बर्ष अगाडी टेक्सासबाट क्यालिफोर्निया आएको थियो हिजो राती फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेछ ।
मेरो त यत्तिकै शरिर गले जस्तो भयो ! शरिर यत्तिकै थरथर कापे जस्तो भयो, शरिरमा पसिना आए जस्तो भयो, मैले सपना देख्न बिर्सेको मात्रै थिए उसले त जिन्दगी नै बिर्सिएछ, उफ् !! के सोधम सोधम भयो मुखबाट फ्याट्ट निस्कियो किन रहेछ नि ? शन्देशले कुरालाई निरन्तरता दियो पारिवारिक रुपमा निकै बिछिप्त थियो रे, काम पनि खासै राम्रो रहेनछ,तल्लो बाटो अमेरिका आएको रे, रिण मात्रै करोण बढी थियो रे, यता काम नहुने उता रिण तिर्न गारो हरेक दिन म त मर्छु क्यावो भन्थ्यो रे साथीहरुलाई, जिउदो हुदासम्म कसैले किन यस्तो भनिस भनेरसम्म पनि सोधेनछन्, अहिले त्यस्तो भएछ ।।
मेरो मुखमा त बोल्ने शब्दै आएन, उसले निरन्तर उसको कहानी सुनाउदै गयो म मुन्टो हल्लाउदै गए, तर दिमागमा केहि कुरा अडाउनै सकिन ! बाहिर झम झम पानी परेको बेला मन झनै अतालिन्छ,त्यसमा माथी यो कुराले मनमा पनि बर्षा भयो, अलबिदा प्रिय साथि, तिमि अस्तायौ तर तिमिले देखाएका ति तमाम सपनाहरुले अब तिम्राहरु अस्ताउनु नपरोस ।
लेखक : बैकुण्ठ गिरी, सुचना केन्द्र डटकम अनलाईनको सम्पादक तथा हाल अमेरिका क्यालिफोर्निया हुनुहुन्छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया