
१भीमफेदी माइक्रो दुर्घटना अपडेट: मृत्यु हुने १४ जनाकै सनाखत, एउटै गाउँका छिमेकी र आफन्त परे
२नेपाली काँग्रेस पर्वत प्रदेश सभा ‘क’ को पदस्थापन तथा शपथ ग्रहण सम्पन्न
३सिर्जनात्मक लेखन र चित्रकलामा पर्वतबाट निस्मा र श्रेया छनोट
४मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
५शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
६विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
७कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
८शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
९प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
१०जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
११ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
१२आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
२आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
३मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
६जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
७ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
१०कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
११शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
१२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय गाडी (इभी) दुर्घटनामा ज्यान गुमाउने १४ जनाकै सनाखत भएको छ। दुर्घटनामा अन्य ६ जना यात्रु घाइते भएका छन्।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या १४ पुगेको हो। काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक इभी बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डबाट करिब ५०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो।
मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा परेका यात्रुहरू छठ पर्व मनाउन ललितपुरको टीकाथलीबाट सर्लाहीस्थित आफ्नो घर फर्किँदै थिए। गाडीमा सवार सबै यात्रु एउटै गाउँका छिमेकी तथा आफन्त रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा गाडीचालक सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशङ्कर कुमार मण्डल रहेका छन्। यस्तै, सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका २६ वर्षीय विकेश यादव, ३५ वर्षीया पुनमदेवी यादव, ७ वर्षीया दीक्षा यादव, ५ वर्षीया दीपिका यादव, १० वर्षीया अनुकुमारी यादव, ३६ वर्षीय गुड्डु यादव, ३२ वर्षीया गायत्री देवी यादव, २६ वर्षीय रामदुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको मृत्यु भएको छ।
यसैगरी, मृत्यु हुने अन्य तीनजनामा राकेश यादव, छोटु यादव र सुदेश यादव रहेका छन्। मृतकमध्ये छोटु राकेशका साला हुन्। त्यस्तै, पुनमदेवी यादव अवधेश यादवकी श्रीमती हुन् भने दीक्षा, दीपिका र अनुकुमारी यादव उनका तीन छोरीहरू हुन्। मृतक गायत्री देवी अर्का मृतक गुड्डु यादवकी श्रीमती रहेको प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीनजना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। हेटौँडा अस्पतालमा सामान्य उपचारपछि मुकेश यादव, सक्षमकुमार यादव र देवेन्द्र राय डिस्चार्ज भएका हुन्।
गम्भीर घाइते भएका ३० वर्षीय सुजन यादव र १४ महिनाका बालक सुदीप यादवलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रेफर गरिएको छ। त्यसैगरी, अर्का घाइते ३१ वर्षीय बेचु भनिने देवेन्द्र रायलाई थप उपचारका लागि चितवनको भरतपुरस्थित मनकामना अस्पताल पठाइएको मकवानपुर प्रहरीले जनाएको छ।


२आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
३मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध

प्रतिक्रिया