News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    दुई किशोरलाई कुटपिट गरेकाे अभियाेगमा तीन जना पक्राउ

    पर्वत। कुश्मामा दुई किशोरलाई कुटपिट गरी गम्भीर घाइते बनाएर फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार गत कात्तिक २३ गते राति ११ः२५ बजे कुश्मा नगरपालिका–५ बन्जीसाइडस्थित एडी होटल अगाडि कुश्मा नगरपालिका–६ शिवालयचोकका १७ वर्षीय सजल सेन ठकुरी र सोही स्थानका १७ वर्षीय साङ्गा गुरुङलाई कुटपिट गरी गम्भीर घाइते बनाइएको थियो।

    घटनापछि फरार रहेका व्यक्तिहरूमध्ये तीन जना नाबालकलाई प्रहरीले कात्तिक २९ गते पक्राउ गरेको हो।

    पक्राउ परेका उनीहरूमाथि ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

    घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको समेत खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिएका छन्। पक्राउ परेकाहरु नाबालक रहेकाे भन्दै प्रहरीले उनीहरुकाे बिवरण सार्वजनिक गरेकाे छैन ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया