News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति राष्ट्रिय समाचार

    ‘स्थानीय तहको फाउण्डर नेकपा एमाले हो, बलियो बनाउन निरन्तर लाग्छौं’

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैचारिक,राजनीतिक रुपमा पार्टीलाई संगठनात्मक रुपमा एकताबद्ध गर्न लागि परिरहेको बताएका हुन्।

    राष्ट्रिय भेलाको बारेमा जानकारी गराउन पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले केही विषय केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेको र बाँकी आगामी दिनमा सम्बोधन हुँदै जाने बताएका हुन्।

    उनले राष्ट्रिय भेलाले एमालेलाई लयमा हिँडाउने काम गर्ने बताए। महासचिव पोखरेलले स्थानीय निर्वाचनलाई एमालेले सदैव महत्वपूर्ण दिँदै आएको बताए।

    उनले भने,‘स्थानीय निर्वाचनलाई एमालेले सदैव महत्वपूर्ण दिँदै आएको छ। नेपालमा स्थानीय तहलाई बलियो बनाउने फाउण्डर नै नेकपा एमाले हो। स्थानीय तह बलियो किन भएका छन् । एमाले निरन्तर स्थानीय तहलाई बलियो बनाउन लागिपरिरहेको छ, कानुन सुधार र संविधान निर्माणका बेला पनि एमालेले बलियो बनाउन लागिपरेको थियो। स्थानीय तहमा एमालेको लगाब छ।’

    उनले राष्ट्रिय भेलापछि एमाले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने जानकारी गराए।

    लाेक कल्याणकारी

    प्रतिक्रिया