
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत। पर्वतको कुश्मा नगरपालिकाले नगरको शैक्षिक अवस्था तथा अनिवार्य एवं निःशुल्क शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत नगरभित्र सञ्चालन भइरहेका शैक्षिक कार्यक्रम, शिक्षा नीतिको कार्यान्वयन अवस्था तथा शिक्षा क्षेत्रमा देखिएका चुनौतीबारे पत्रकारहरूसँग छलफल गरिएको हो।
कार्यक्रममा विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक व्यवस्थापन, भौतिक पूर्वाधार विकास तथा विद्यार्थीको सिकाइ उपलब्धिका विषयमा विस्तृत समीक्षा गरिएको थियो। साथै शिक्षा नीति कार्यान्वयनका क्रममा देखिएका समस्या तथा आगामी योजनाबारे समेत जानकारी गराइएको थियो।
नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद तिवारीले नगरको शिक्षा क्षेत्रलाई गुणस्तरीय, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन विभिन्न सुधारका कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो। उहाँले नियमित विद्यालय अनुगमन, शिक्षक क्षमता विकास तालिम तथा प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। तिवारीका अनुसार आधारभूत तहका विद्यार्थीलाई विद्यालयप्रति आकर्षित गर्न दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ।
अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनलाई प्राथमिकतामा राख्दै नगरका १४ वटै वडामा विद्यालय बाहिर रहेका ४ देखि १३ वर्ष उमेर समूहका बालबालिकाको तथ्यांक संकलनका लागि सिकाइ केन्द्रका परिचालक परिचालन गरिएको र उनीहरूलाई विद्यालय भर्ना गरिने योजना रहेको उहाँले बताउनुभयो। उहाँले आधारभूत शिक्षा प्राप्त नगरेका व्यक्तिले निर्वाचनमा उम्मेदवार बन्न नपाउने तथा सरकारी र निजी क्षेत्रमा रोजगारीका अवसरसमेत सीमित हुने व्यवस्था शिक्षा नीतिमा उल्लेख रहेको जानकारी दिनुभयो। संविधानले सुनिश्चित गरेको अनिवार्य तथा निःशुल्क शिक्षालाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्न नगरपालिकाले निरन्तर अनुगमन र सुधारका कार्यक्रम अघि बढाइरहेको तिवारीको भनाइ छ। अन्तरक्रियामा सहभागी पत्रकारहरूले विद्यालय व्यवस्थापन, परीक्षा प्रणाली, विद्यार्थी पलायन तथा शिक्षाको गुणस्तर सुधारसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

प्रतिक्रिया