
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
पर्वत। पर्वतको कुश्मा नगरपालिकाले नगरको शैक्षिक अवस्था तथा अनिवार्य एवं निःशुल्क शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममार्फत नगरभित्र सञ्चालन भइरहेका शैक्षिक कार्यक्रम, शिक्षा नीतिको कार्यान्वयन अवस्था तथा शिक्षा क्षेत्रमा देखिएका चुनौतीबारे पत्रकारहरूसँग छलफल गरिएको हो।
कार्यक्रममा विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक व्यवस्थापन, भौतिक पूर्वाधार विकास तथा विद्यार्थीको सिकाइ उपलब्धिका विषयमा विस्तृत समीक्षा गरिएको थियो। साथै शिक्षा नीति कार्यान्वयनका क्रममा देखिएका समस्या तथा आगामी योजनाबारे समेत जानकारी गराइएको थियो।
नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद तिवारीले नगरको शिक्षा क्षेत्रलाई गुणस्तरीय, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन विभिन्न सुधारका कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो। उहाँले नियमित विद्यालय अनुगमन, शिक्षक क्षमता विकास तालिम तथा प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। तिवारीका अनुसार आधारभूत तहका विद्यार्थीलाई विद्यालयप्रति आकर्षित गर्न दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ।
अनिवार्य तथा निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनलाई प्राथमिकतामा राख्दै नगरका १४ वटै वडामा विद्यालय बाहिर रहेका ४ देखि १३ वर्ष उमेर समूहका बालबालिकाको तथ्यांक संकलनका लागि सिकाइ केन्द्रका परिचालक परिचालन गरिएको र उनीहरूलाई विद्यालय भर्ना गरिने योजना रहेको उहाँले बताउनुभयो। उहाँले आधारभूत शिक्षा प्राप्त नगरेका व्यक्तिले निर्वाचनमा उम्मेदवार बन्न नपाउने तथा सरकारी र निजी क्षेत्रमा रोजगारीका अवसरसमेत सीमित हुने व्यवस्था शिक्षा नीतिमा उल्लेख रहेको जानकारी दिनुभयो। संविधानले सुनिश्चित गरेको अनिवार्य तथा निःशुल्क शिक्षालाई व्यवहारमा प्रभावकारी रूपमा लागू गर्न नगरपालिकाले निरन्तर अनुगमन र सुधारका कार्यक्रम अघि बढाइरहेको तिवारीको भनाइ छ। अन्तरक्रियामा सहभागी पत्रकारहरूले विद्यालय व्यवस्थापन, परीक्षा प्रणाली, विद्यार्थी पलायन तथा शिक्षाको गुणस्तर सुधारसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया