
१सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
३ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
६महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
७जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
८जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
९भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
१०मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
पोखरा । पोखराले नेपाली खेल इतिहासमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू जन्माइसकेको छ । यही गौरवशाली विरासतलाई अगाडि बढाउने क्रममा अहिले युवा खेलाडीहरुको एउटा यस्तो पुस्ता मैदानमा देखिएको छ, जसले आफ्नो कलिलो उमेरमै ठूला–ठूला सफलताको जग बसालिसकेका छन् । खेलप्रतिको अगाध प्रेम, नियमित प्रशिक्षण, अनुशासन र राष्ट्रको झण्डा फहराउने दृढ संकल्प बोकेका यी खेलाडीहरू यतिबेला नेपाली खेलकुदको उज्ज्वल भविष्यका रूपमा हेरिएका छन् । यसै सन्दर्भमा, पोखराका खेल प्रेमीहरूको प्रतिष्ठित मञ्च ’पोखरा स्पोट्र्स अवार्ड’ को १० औं संस्करणमा ‘उदीयमान खेलाडी’ (इमर्जिङ प्लेयर) विधाको मनोनयनमा पर्न सफल तीन जना प्रतिभाशाली खेलाडीहरूको अझ बढि चर्चा भएको छ ।
एथ्लेटिक्सको ट्रयाकमा आफ्नो गति र साहस देखाउने अनुष्का अधिकारी, तेक्वान्दोको म्याटमा आफ्नो कला र अनुशासन प्रदर्शन गर्ने सचिन सुनार, र ब्याडमिन्टनको कोर्टमा आफ्नो फुर्तिलो कौशल पस्किने निभा राई— यी तीनै जनाको खेल यात्रा फरक–फरक पृष्ठभूमिका भए तापनि उनीहरूको लक्ष्य भने एउटै छ, भविष्यमा देशको झण्डा फहराउने । विद्यालयको खेल मैदानबाट सुरु भएको उनीहरूको यात्रा आज राष्ट्रिय स्तरको च्याम्पियनसिप र अन्तर्राष्ट्रिय मञ्चसम्म पुगिसकेको छ । यस वर्षको पोखरा स्पोट्र्स अवार्डमा ’उदीयमान खेलाडी’ विधाको प्रतिस्पर्धामा रहेका यी तीन आशलाग्दा प्रतिभाहरूको लोभलाग्दो खेल यात्रा र उनीहरूले अहिलेसम्म हासिल गरेका गौरवपूर्ण उपलब्धिहरुले उनीहरुलाई अब्बल बनाएको छ ।
अनुस्का अधिकारी (एथ्लेटिक्स)
पोखराकी १६ वर्षीया धाविका अनुष्का अधिकारी अहिले एथलेटिक्सको क्षेत्रमा एक उदाउँदो नामका रूपमा परिचित छन् । वि.सं. २०६६ साल भदौ २८ गते जन्मिएकी अनुष्काको पुख्र्यौली घर लमजुङ भए तापनि उनी लामो समयदेखि पोखरामै बस्दै आएकी छन् । हाल उनी पोखरास्थित सगरमाथा सेकेन्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत छन् ।
सानैदेखि खेलकुदमा निकै रुचि राख्ने अनुष्काको व्यावसायिक एथलेटिक्स यात्रा कक्षा ८ मा पढ्दादेखि सुरु भएको हो । विद्यालयका खेलकुद शिक्षक कृष्णबहादुर थापाले उनको खेल कौशल देखेर उनलाई प्रतियोगितामा सहभागी हुन हौसला दिएका थिए । सुरुमा सहभागी हुन केही हिचकिचाएकी उनले अन्ततः प्याब्सनको ४०० मिटर दौडमा भाग लिएर तेस्रो स्थान हासिल गरेपछि उनको खेल यात्राले नयाँ मोड लियो ।
त्यसपछि उनले राष्ट्रपति कपमा ४०० मिटर दौडमा दोस्रो स्थान हासिल गर्दै आफ्नो प्रतिभा प्रमाणित गरिन् । दौडका साथै लङ जम्प र भलिबलमा समेत उत्तिकै सक्रिय रहेकी अनुष्काले पछिल्लो समय रंगशालामा प्रशिक्षक सिद्धान्त अधिकारीसँग प्रशिक्षण लिइरहेकी छन् । खेलमा सफलता पाउन प्रशिक्षकहरूको मार्गनिर्देशन र परिवारको पूर्ण सहयोग रहेको उनले बताइन् ।
आफ्नो कडा परिश्रम र नियमित प्रशिक्षणकै कारण उनी अहिले स्पोट्र्स अवार्डको ‘इमर्जिङ प्लेयर’ (उदीयमान खेलाडी) विधाको मनोनयनमा पर्न सफल भएकी छन् । मनोनयनमा परेकोमा खुसी व्यक्त गर्दै उनले आफ्नो मेहेनतको फल पाएको महसुस भएको बताइन् ।
२०८३ सालमा उनले १५ औं कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २०० मिटर दौडमा प्रथम, प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३ वटा स्वर्ण, १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा १ रजत र ३ कास्य जितेकी छिन् । यस्तै १६ औं पोखरा महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २ स्वर्ण, १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा ३ स्वर्ण चौथो यू–२० एथ्लेटिक्स च्याम्पियनसिपमा २ स्वर्ण र दोस्रो पोखरा ओपन एथ्लेटिक्स मिटमा २ रजत र १ कास्य जितेकी छिन् ।
सचिन सुनार (तेक्वान्दो)
नेपाली तेक्वान्दो खेल क्षेत्रमा पोखराका सचिन सुनार एक उदीयमान प्रतिभाका रूपमा अगाडि आएका छन् । १७ वर्षमा प्रवेश गर्दै गरेका उनी पोखरा १५ स्थित सिद्ध माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरी हाल कक्षा ११ मा अध्ययन गर्ने तयारीमा छन् ।
सचिनको पुख्र्यौली घर सिन्धुली भए तापनि उनको जन्म र हुर्काइ पोखरामै भएको हो । उनले वि.सं. २०७५ सालदेखि तेक्वान्दो खेल्न सुरु गरेका थिए । करिब ८–९ वर्षअघि कक्षा २–३ मा पढ्दै गर्दा उनले पोखराको ‘एब्सोल्युट तेक्वान्दो डोजाङ’ का प्रशिक्षक रेखमाया गुरुङको प्रशिक्षणमा खेल यात्रा सुरु गरेका हुन् ।
उनले आफ्नो पहिलो ठुलो प्रतियोगिताको रूपमा पोखरा रंगशालाको कभर्ड हलमा आयोजना गरिएको ‘माउन्ट एभरेस्ट इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप’ लाई स्मरण गर्छन् । उक्त प्रतियोगिताको पुम्से विधामा सुरुमा राम्रो प्रदर्शन गरे तापनि भारतीय खेलाडीहरूसँगको कडा प्रतिस्पर्धाका कारण उनी उत्कृष्ट १० मा पर्न सफल भएनन् । सो असफलताले उनलाई निकै भावुक बनाए पनि त्यही क्षणबाट उनले आफूलाई अझ बलियो बनाएर लैजाने अठोट गरेको बताए ।
हाल ब्ल्याक बेल्ट ‘डान २’ को तहमा रहेका सुनारले करिब ४ वर्षअघि नै ब्ल्याक बेल्ट प्राप्त गरेका हुन् । निरन्तरको मेहेनत र लगावकै कारण उनी अहिले प्रतिष्ठित स्पोट्र्स अवार्डको ‘इमर्जिङ प्लेयर’ (उदीयमान खेलाडी) विधाको मनोनयनमा पर्न सफल भएका छन् । पहिलो पटक यसरी मनोनयनमा पर्दा उनी निकै उत्साहित र खुसी देखिएका छन् । उनले आगामी दिनमा तेक्वान्दो खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम राख्ने लक्ष्य रहेको बताए ।
उनले २०८२ सालमा १३ औं कोरियन एम्बास्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, कुक्कीवान कप तेक्वान्दो च्याम्पियनसिप, पहिलो मायाज गण्डकी प्रदेशस्तरीय ओपन लेभल तेक्वान्दो च्याम्पियनसिप (ग्रुप पुम्से र पेयर) मा स्वर्ण जितेका छन् । १५ औं राष्ट्रपति रनिङ शिल्डमा रजत, प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण, दोस्रो एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण र कास्यसहित १६ राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जितेका छन् ।
निभा राई (ब्याटमिन्टन)
पोखराको बिरौटा बस्ने १५ वर्षीया निभा राई नेपाली ब्याडमिन्टन खेल क्षेत्रमा एक उदाउँदो नक्षत्रका रूपमा स्थापित छन् । निभाले १० वर्षको सानो उमेरदेखि नै ब्याडमिन्टनको ¥याकेट समात्न थालेकी हुन् । हाल पोखराको कुँडहरस्थित मैत्रीय पाठशालामा कक्षा १० मा अध्ययनरत उनी यस वर्षको माध्यमिक शिक्षा परीक्षा को तयारीसँगै आफ्नो खेल जीवनलाई पनि उत्तिकै सक्रियताका साथ अगाडि बढाइरहेकी छन् ।
निभाको खेल यात्राको सुरुवात रोचक छ । कोरोना महामारीका बेला उनका बुबा नरहरि राईले स्वास्थ्यका लागि टोलमै ब्याडमिन्टन खेल्ने गर्दथे । आफ्ना बुबालाई पछ्याउँदै खेल्न थालेकी निभाको रुचि बिस्तारै व्यावसायिक खेलतर्फ मोडियो । छोरीको खेलप्रतिको लगाव देखेर बुबा नरहरीले निभालाई पोखराकै प्रशिक्षक पुनम गुरुङको मातहतमा तालिम दिलाउन सुरु गरे । प्रशिक्षक गुरुङले प्रशिक्षणको ५–६ दिनमै निभाको असाधारण प्रतिभा पहिचान गरी उनलाई अझ बढि प्रशिक्षण दिनुपर्ने सल्लाह दिएका थिए ।
त्यसपछिको समय निभाका लागि उपलब्धिमुलक रह्यो । प्रशिक्षक पुनम गुरुङसँग प्रशिक्षण लिएको ९÷१० महिना मै उनले अन्डर–११ राष्ट्रिय च्याम्पियनसिपबाट आफ्नो विजयी यात्रा सुरु गरिन् । त्यसयता उनले अन्डर–१३ र अन्डर–१४ मा पनि च्याम्पियनको उपाधि हात पारिन् । हाल उनी अन्डर–१५ को नेपाल च्याम्पियन हुन् भने अन्डर–१९ उमेर समूहमा पनि उनी देशकै उत्कृष्ट पाँच भित्र पर्छिन् ।
राष्ट्रिय स्तरमा मात्र नभई निभाले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । उनले यसअघि भुटान र पाकिस्तानमा भएका प्रतियोगिताहरूमा सहभागिता जनाएकी छिन् । उनी पाकिस्तानमा आयोजना हुने सार्क जुनियर ब्याटमिन्टससिपका लागि नेपालबाट छनोट भएकी थिइन् । तर, इरान र पाकिस्तानबीचको तनाव तथा भारत हुँदै जानुपर्ने मार्गको कठिनाइका कारण यसपटक भने उनी उक्त प्रतियोगितामा सहभागी हुनबाट वञ्चित भइन् ।
यसबाहेक उनले २०८२ सालमा चौथो मोहन मोमोरियल ब्याटमिन्टन प्रतियोगिता, पहिलो टोखा नगरपालिका एण्ड डिबिए राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता र ट्यालेन्ट हन्ट च्याप्टर २ यि तीन वटै प्रतियोगितामा समान स्वर्ण र कास्य जितेकी छिन् । उनी गत वर्ष नै सार्क जुनियर ब्याटमिन्टन च्याम्पियनसिपमा नेपालबाट छनोट भएकी भएर नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् । २१ औं इन्द्रबहादुर गुरुङ मेमोरियलमा स्वर्ण, चौथो ललितपुर मेयर कपमा रजत, दोस्रो पोखरा मेयर कपमा रजत र कास्य, पहिलो बिलबहादुर अन्तर विद्यालय ब्याटमिन्टमा स्वर्ण र पाचौं मोहन मेमोरियलमा २ रजत जितेकी छिन् ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया