
१बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
२पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
३पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
४पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
५नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
६स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
७बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
८मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
९फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
१२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
५नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
६स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
७मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
८पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
९पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
पर्वत । पर्वतको बिहादी गाउँपालिका–४ वहाकीमा गाउँका धेरैजसो घरका युवाहरू विदेशिएका छन्। गाउँमा प्रायः बृद्धबृद्धा मात्रै भेटिन्छन्, तर यही परिवेशमा एक युवा भने विदेश होइन, आफ्नै गाउँको माटोमा भविष्य खोजिरहेका छन्। ज्ञानप्रसाद भुसालले वैदेशिक रोजगारीको बाटो रोजेनन्, बरु आफ्नै घरवरपरको जमिनमा पसिना बगाएर कृषि कर्मलाई जीवनको लक्ष्य बनाए। केही वर्ष यातायात क्षेत्रमा काम गरेका उनले दुई वर्षअघि कृषि यात्राको सुरुवात गरे, जब उनले बाँझो बन्दै गएको जमिनलाई उत्पादनमा बदल्ने अठोट लिए।
गत वर्ष घिरौला, करेला, लौका र टमाटर खेतीबाट उत्साहजनक आम्दानी गरेका भुसाल यस वर्ष अझ ठूलो योजनासहित अघि बढेका छन्। उनले आकाश कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर तीन हजार अकबरे खुर्सानीका बिरुवा रोपेका छन्। तरकारी र खुर्सानीबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्यसहित उनी दिनरात खेतबारीमै व्यस्त छन्। उनी भन्छन्, “विदेश गएर अरूको भूमिमा पसिना बगाउनु भन्दा आफ्नै गाउँमा मेहनत गरेर सम्मानसाथ कमाउन सकिन्छ भन्ने उदाहरण बन्न चाहन्छु।”
उनको मेहनतमा जिल्ला कृषि ज्ञान केन्द्र पनि साथमा छ। केन्द्रले ५० प्रतिशत अनुदानमा जोत्ने ट्याक्टर र मर्चिङ प्लास्टिक उपलब्ध गराएपछि उनको हौसला झन् बढेको छ। अहिले उनको उत्पादन स्थानीय बजारमा मात्र होइन, पैयूँको हातेमालोचोक, स्याङ्जाको वालिङ र कुश्माबजारसम्म पु¥याउने तयारी भइरहेको छ। यस वर्ष उनले खुर्सानीसँगै काक्रो, करेला, घिरौला, लौका र टमाटर पनि विस्तार गरेका छन्।
तर सफलताको यो यात्रामा चुनौती भने छैनन् भन्ने होइन। सिंचाइको अभाव उनको मुख्य समस्या हो। दैनिक एकपटक आउने धाराको पानीकै भरमा खेती चलाइरहेका भुसाल वर्षायाममा सहज भए पनि हिउँदमा पानीकै कारण चिन्तित हुन्छन्। यद्यपि, समस्या बीच पनि उनको आत्मविश्वास कमजोर भएको छैन। उनी भन्छन्, “सिंचाइको राम्रो व्यवस्था भए अझै धेरै उत्पादन बढाउन सक्छु।”
ज्ञानप्रसाद भुसालको कथा केवल एक किसानको सफलता होइन, गाउँमै सम्भावना देख्ने सोचको कथा हो। वैदेशिक रोजगारीको लहरबीच आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेका भुसालले देखाइरहेका छन्—मेहनत, योजना र आत्मविश्वास भए गाउँमै पनि समृद्ध भविष्य सम्भव छ।


१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
५नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न

प्रतिक्रिया