
१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी र अमिन अध्ययनको उत्कृष्ट गन्तव्य – कपिलवस्तु टेक्निकल इन्स्टिच्युट
३उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
४एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
५प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
६समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
७ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
८लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
९पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
१०पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
११निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
१२अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
१सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
२सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
३कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
४महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
५सञ्चार क्षेत्रमा संकट र सम्भावनाबारे पर्वतमा गहन छलफल
६पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
७रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
८अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
९प्रदेशले किन्यो आमा…!
१०कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई सर्वोच्चद्वारा आधिकारिकता
११सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
१२विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
पर्वत । पर्वतको बिहादी गाउँपालिका–४ वहाकीमा गाउँका धेरैजसो घरका युवाहरू विदेशिएका छन्। गाउँमा प्रायः बृद्धबृद्धा मात्रै भेटिन्छन्, तर यही परिवेशमा एक युवा भने विदेश होइन, आफ्नै गाउँको माटोमा भविष्य खोजिरहेका छन्। ज्ञानप्रसाद भुसालले वैदेशिक रोजगारीको बाटो रोजेनन्, बरु आफ्नै घरवरपरको जमिनमा पसिना बगाएर कृषि कर्मलाई जीवनको लक्ष्य बनाए। केही वर्ष यातायात क्षेत्रमा काम गरेका उनले दुई वर्षअघि कृषि यात्राको सुरुवात गरे, जब उनले बाँझो बन्दै गएको जमिनलाई उत्पादनमा बदल्ने अठोट लिए।
गत वर्ष घिरौला, करेला, लौका र टमाटर खेतीबाट उत्साहजनक आम्दानी गरेका भुसाल यस वर्ष अझ ठूलो योजनासहित अघि बढेका छन्। उनले आकाश कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर तीन हजार अकबरे खुर्सानीका बिरुवा रोपेका छन्। तरकारी र खुर्सानीबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्यसहित उनी दिनरात खेतबारीमै व्यस्त छन्। उनी भन्छन्, “विदेश गएर अरूको भूमिमा पसिना बगाउनु भन्दा आफ्नै गाउँमा मेहनत गरेर सम्मानसाथ कमाउन सकिन्छ भन्ने उदाहरण बन्न चाहन्छु।”
उनको मेहनतमा जिल्ला कृषि ज्ञान केन्द्र पनि साथमा छ। केन्द्रले ५० प्रतिशत अनुदानमा जोत्ने ट्याक्टर र मर्चिङ प्लास्टिक उपलब्ध गराएपछि उनको हौसला झन् बढेको छ। अहिले उनको उत्पादन स्थानीय बजारमा मात्र होइन, पैयूँको हातेमालोचोक, स्याङ्जाको वालिङ र कुश्माबजारसम्म पु¥याउने तयारी भइरहेको छ। यस वर्ष उनले खुर्सानीसँगै काक्रो, करेला, घिरौला, लौका र टमाटर पनि विस्तार गरेका छन्।
तर सफलताको यो यात्रामा चुनौती भने छैनन् भन्ने होइन। सिंचाइको अभाव उनको मुख्य समस्या हो। दैनिक एकपटक आउने धाराको पानीकै भरमा खेती चलाइरहेका भुसाल वर्षायाममा सहज भए पनि हिउँदमा पानीकै कारण चिन्तित हुन्छन्। यद्यपि, समस्या बीच पनि उनको आत्मविश्वास कमजोर भएको छैन। उनी भन्छन्, “सिंचाइको राम्रो व्यवस्था भए अझै धेरै उत्पादन बढाउन सक्छु।”
ज्ञानप्रसाद भुसालको कथा केवल एक किसानको सफलता होइन, गाउँमै सम्भावना देख्ने सोचको कथा हो। वैदेशिक रोजगारीको लहरबीच आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेका भुसालले देखाइरहेका छन्—मेहनत, योजना र आत्मविश्वास भए गाउँमै पनि समृद्ध भविष्य सम्भव छ।

प्रतिक्रिया