
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पोखरा ।कास्कीको पर्यटकीय गाउँ ल्वाङमा आयोजना हुने ‘सिनेमा संवाद’को चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा आगामी बैशाख २५ र २६ गते हुने कार्यक्रमलाई यसपटक अझ व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।
नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा स्थानीय तहसँगको सहकार्यका विविध आयाममा गहन छलफल गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना हुन लागेको हो। यसअघि घान्द्रुक, सिक्लेस र लमजुङको घले गाउँमा सम्पन्न भइसकेको यो कार्यक्रमको चौथो श्रृंखला ल्वाङमा हुन लागेको हो ।
संघका अध्यक्ष सन्तोष बस्यालका अनुसार कार्यक्रममार्फत चलचित्रकर्मी, पत्रकार र सरोकारवालाबीच अर्थपूर्ण संवादको वातावरण सिर्जना गर्दै समसामयिक विषयमा अनुभव आदान–प्रदान तथा सिर्जनात्मक बहस गरिनेछ ।यसपटक ‘नयाँ पुस्ता र नेपाली सिनेमा’, ‘सिनेमामा द्वन्द’, ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ र ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ जस्ता विषयमा बहस हुनेछ।
‘नयाँ पुस्ता र नेपाली सिनेमा’ शीर्षकमा नायिका आचल शर्मा, नायक सलोन बस्नेत र नायिका सनिशा भट्टराई वक्ताका रूपमा रहनेछन् भने सहजीकरण चलचित्र पत्रकार उत्सव रसाइलीले गर्नेछन्।‘सिनेमामा द्वन्द’ विषयमा नायक निखिल उप्रेती र लेखक–निर्देशक मनोज पण्डितले धारणा राख्नेछन् भने संवादकर्ता संजोक बस्याल रहनेछन्।
‘
ग्लोबल मार्केटमा नेपाली सिनेमा’मा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, लेखक–निर्माता सामिप्य तिमिल्सिना र नायिका बेनिशा हमाल वक्ताका रुपमा सहभागी हुनेछन् भने सहजीकरण संचारकर्मी विमला थापाले गर्नेछिन् ।
‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’मा प्रकाश सुवेदी, इस्टु कार्की र महेश भण्डारी वक्ताका रूपमा रहनेछन् भने सहजकर्ता चलचित्र पत्रकार सन्ध्या थापा रहनेछिन् ।
कार्यक्रमलाई टिभिएसले टाइटल स्पोन्सरको रूपमा साथ दिएको छ भने मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, रानीपौवा पोखरा इन एसोसिएसनमा रहेको छ । एक्सट्रिम इनर्जी ड्रिंक्स पावर बाईमा रहेको छ।
यसैगरी प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश, चलचित्र विकास बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छ्रे गाउँपालिका, नेपाल टुरिजम बोर्ड, पोखरा महानगरपालिका वडा नं. ४, ८, ९, १२, १३, १६, २६, एक्याप, माछापुच्छ्रे गाउँपालिका वडा नं. ८, ल्वाङ गाउँ होमस्टे, सिटीजन फर्निचर न्यूरोड पोखरा, जी एण्ड के इन्टरनेशनल एजुकेशन कन्सलटेन्ट, चलचित्र ‘मालती मंगले’, चलचित्र ‘पेन्सन पट्टा’, परिचय एड्भर्टाइजिङ, रोयल डेकोरेशन, ३१ पार्क होटल बराहीचोक लेकसाइड, होटल माउन्टेन टप लेकसाइड, कञ्चनजंगा अगरबत्ती, वल्र्डलिंक, विज्ञापन बजार, वान रुपी प्रोडक्सन, बन्जी नेपाल, मार्फा थकाली एण्ड स्टेशन, रक्सी सुकुटी, स्वपु क्रियशन, प्रचार, सेकुवा सदन शिवालय मार्ग पोखरा, मेरो साथी टिभी, पब्लिक फोर के टेलिभिजन, सूत्र टिभी, एसटी क्रियशन, रमाइलो छ डटकम, लिप इभेन्ट, इभेन्ट पोखरा, रअ स्टुडियो नेपाल, एभरेष्ट टाइम्स यूके लगायतका संस्थाहरूको सहयोग रहेको आयोजकले जनाएको छ ।
कार्यक्रम विभाग प्रमुख तथा संयोजक राकेश गुरुङका अनुसार बैशाख २५ गते साँझ ‘सिनेमा साँझ’ विशेष कार्यक्रम अन्तर्गत चर्चित पोखरेली ब्याण्डको सांगीतिक प्रस्तुति रहनेछ, जहाँ नेपाली चलचित्रका लोकप्रिय गीतहरू प्रस्तुत गरिनेछन् ।
संघका सचिव सुरेश सुनारले कार्यक्रमको प्रत्येक सेसन प्रभावकारी बनाउन निरन्तर तयारी भइरहेको जानकारी दिए। तयारीकै क्रममा आयोजक टोलीले माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङ तथा ल्वाङ सामुदायिक होमस्टे समितिसँग समन्वय गरिसकेको उनले बताए ।
यसपटक कार्यक्रमलाई अझ व्यवस्थित बनाउन सहभागिताका लागि रजिष्ट्रेसन शुल्कसमेत तोकिएको छ । सिनेमा संवादमार्फत ल्वाङ गाउँको पर्यटन प्रवद्र्धनसँगै नेपाली सिनेमा क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । साथै, कार्यक्रममा उठेका विषयलाई अवधारणा पत्रका रूपमा सम्बन्धित निकायमा पेश गर्ने लक्ष्यसमेत राखिएको आयोजकले जनाएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया