
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत ।प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ पर्वतको समन्वयमा पर्वतमा सञ्चार माध्यमहरुको अवस्था, चुनौती र अवसर तथा भावी रणनीतिको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बदलिँदो परिवेश, आर्थिक मन्दि, पछिल्लो सरकारका नीति लगायतका कारण सञ्चार क्षेत्रमा परेको भाव र यसको सवलिकरणका लागि आगामी दिनमा सरकारले निर्धारण गर्नुपर्ने योजनाका बारेमा गहन छलफल गरिएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले जिल्लामा सञ्चालिपर्वतत सञ्चारमाध्यमहरूको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे प्रत्यक्ष रूपमा जानकारी लिन तथा आगामी योजनाहरू निर्माण गर्न जिल्ला जिल्लामा पुग्न थालेको बताउनुभयो । “सञ्चार माध्यमहरुको अहिलेको अवस्था के हो, पत्रकारहरुलाई के आवश्यक छ भन्ने कुरा जानकारी लिएपछि मात्रै नीति बनाउन सहज हुन्छ” भण्डारीले भन्नुभयो “स्थानीय सञ्चारमाध्यमको सुदृढीकरण, दिगोपन र व्यावसायिक विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत पहल गर्नका लागि सञ्चार माध्यमको अवस्था जान्न मिडिया उद्यमीहरुलाई समेत आकर्षति गर्ने खालको नीति ल्याउन योजना बनाउन थालिएको होे ।” उहाँले भन्नुभयो ।
छलफलका क्रममा संचार माध्यमका संचालक तथा सहभागीहरूले स्थानीय सञ्चारमाध्यमलाई सशक्त बनाउन तीनै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताएका थिए । उनिहरुले प्रेस रजिष्ट्रार कार्यालयले पनि स्थानीय स्तरका सञ्चारमाध्यमलाई लक्षित गरी दीर्घकालीन योजना, अनुदान, तालिम तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । धेरैजसो मिडिया उद्यमीहरुले मिडियाको अवस्था धरासायी बनेको बताएका छन् ।
कार्यक्रममा शेयरकास्ट इनिशियटिभ नेपालका सिईओ तथा मिडिया अनुसन्धानकर्ता मधु आचार्य, सेन्टर फर मिडियाका संचालक एवं मिडिया अनुसन्धानकर्ता डा. भुमिराज चापागाईले पछिल्लो परिवेश अनुसार मिडियाहरु चल्न आवश्यक रहेको बताएका छन् । सञ्चार माद्याहरुले दर्शक, श्रोता र पाठकहरुले चाहेजस्तो कन्टेन्ट बनाउन सकेमा पत्रकार तथा सञ्चारमाध्यम टिकाउनका लागि कठिन नहुने बताउनुभयो ।
पाठक–श्रोताहरुले चाहेको विषय बस्तु उत्पादनमा ध्यान दिन उहँहरुलेआग्रह गर्नुभएको थियो । छलफलमा परम्परागत शैलीबाट बाहिर निस्केर डिजिटल युगअनुसार सञ्चारमाध्यमले आफूलाई रूपान्तरण गर्नुपर्ने, सामाजिक सञ्जालसँगको प्रतिस्पर्धालाई अवसरका रूपमा लिँदै विश्वसनीयता कायम राख्नुपर्ने विषयमा समेत जोड दिइएको थियो । सहभागी संचालक तथा पत्रकारहरुले खोजमूलक पत्रकारिता, स्थानीय मुद्दाको प्राथमिकता र नागरिक सहभागितालाई बढवा दिन लाग्नुपर्नेमा जोड दिएका छन् ।
पत्रकारहरुले गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट, नीति तथा कर्याक्रममा समेटनुपर्ने योजना तथा कार्यक्रमवारे समेत सुझाव दिएका थिए ।प्रेस रजिष्टार विमला भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा र सचिब साजन परियारको संचालनमा सम्पन्न भएको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया