
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पर्वत। ग्रामीण बस्तीहरू खाली हुँदै जान थालेपछि पर्वतको महाशिला गाउँपालिकाले सुरु गरेको प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ। गाउँ फर्कने परिवारलाई नगद अनुदान र खाद्यान्न सहयोग दिने योजनापछि हालसम्म १५ परिवार पुनः गाउँमा फर्किएका छन्।
गाउँपालिकाले बसाइँसराइका कारण रित्तिँदै गएका बस्तीलाई पुनर्जीवित गर्ने उद्देश्यले आर्थिक वर्ष २०८१/८२ देखि ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रमअन्तर्गत बसाइँ सरेर पुनः गाउँमा आउने प्रत्येक परिवारलाई घर निर्माण वा मर्मतका लागि एक लाख रुपैयाँ अनुदान उपलब्ध गराइन्छ। साथै उनीहरूको प्रारम्भिक जीविकोपार्जन सहज बनाउन परिवारको सदस्य सङ्ख्याअनुसार छ महिनासम्म आवश्यक खाद्यान्न पनि प्रदान गरिन्छ। महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालका अनुसार पछिल्लो दशकमा गाउँपालिकाका सबै वडाबाट तीव्र रूपमा बसाइँसराइ बढेपछि खेतीयोग्य जमिन बाँझिन थालेका थिए।
धेरै घर खाली हुँदा गाउँको सामाजिक तथा आर्थिक गतिविधिमा समेत असर परेको थियो। यही अवस्थालाई मध्यनजर गर्दै गाउँ फर्कने वातावरण सिर्जना गर्न प्रोत्साहन कार्यक्रम ल्याइएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र पाण्डेयले गाउँ फर्किएपछि उत्पादन लिन समय लाग्ने भएकाले त्यस अवधिमा खाद्यान्नको अभाव हुन नदिन सहयोग गरिएको बताउनुभयो। उहाँका अनुसार चामल, दाल, तेल तथा अन्य आवश्यक सामग्री परिवारको आवश्यकताअनुसार उपलब्ध गराउने व्यवस्था गरिएको छ।
यस कार्यक्रमसँगै कृषि क्षेत्रमा समेत आकर्षण बढेको गाउँपालिकाले जनाएको छ। गण्डकी प्रदेश सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा फलफूलका बिरुवा तथा रोपाइँ खर्च उपलब्ध गराइएपछि केही परिवारले गाउँ फर्केर व्यावसायिक फलफूल खेती सुरु गरेका छन्।
यसले बाँझो जमिन उपयोगमा ल्याउन समेत मद्दत पुगेको छ। महाशिलाबाट विगतमा पोखरा, चितवन, नवलपुर, भैरहवा लगायतका क्षेत्रमा बसाइँ सरेका नागरिकमध्ये केही अहिले पुनः आफ्नै गाउँ फर्किन थालेका छन्। गाउँपालिकाले आगामी वर्षहरूमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै ग्रामीण बस्तीमा जनघनत्व बढाउने लक्ष्य राखेको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया