
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न एसइई र कक्षा १२ को परीक्षाका क्रममा परीक्षार्थीबाट जफत गरिएका करिब ५०० मोबाइल फोन तथा स्मार्ट घडी नष्ट गर्यो ।
प्रशासनले परीक्षाको मर्यादा कायम राख्न र भविष्यमा पनि दुरुपयोग हुन नदिन उपकरण नष्ट गरिएको दाबी गरेको छ । तर अभिभावक तथा कानुन व्यवसायीहरूले यस कदममाथि गम्भीर प्रश्न उठाएका छन् ।
एसइई र कक्षा–१२ को परीक्षाका क्रममा सात वटा आईफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन तथा पाँचवटा स्मार्ट वाच बरामद गरिएको थियो । प्रशासनका अनुसार ती सबै उपकरण हालै नष्ट गरिएको हो । बरामद सामग्रीको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।
प्रशासनको मोबाइल नष्ट गर्ने निर्णयप्रति अभिभावकहरूले प्रश्न उठाएका छन् । स्थानीय नवीन यादवले विद्यार्थीको गल्तीका कारण अभिभावकले दुःख गरेर किनेको सम्पत्ति नष्ट गर्नु उचित नभएको बताए । उनका अनुसार गल्ती गर्ने विद्यार्थीमाथि कानुनी कारबाही गर्न सकिन्थ्यो । तर मोबाइल नै नष्ट गर्नु नागरिकको सम्पत्तिमाथिको हस्तक्षेप हो ।
कानुन व्यवसायीहरूले पनि प्रशासनको कदमलाई विवादास्पद भनेका छन् । सिरहाका कानुन व्यवसायी चन्दनकुमार कर्णका अनुसार मोबाइल व्यक्तिगत सम्पत्ति भएकाले त्यसलाई नष्ट गर्ने निर्णय कानुनी परीक्षणको विषय बन्न सक्छ ।
‘यदि अभिभावक अदालत पुगे भने निर्णयमा संलग्न व्यक्तिविरुद्ध कारबाही र क्षतिपूर्ति दाबीसमेत हुन सक्छ । व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु राज्यको दायित्व हो,’ अधिवक्ता कर्णले भने ।
जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने शिक्षा ऐनको व्यवस्था तथा जिल्ला परीक्षा समन्वय समितिको निर्णयअनुसार मोबाइल नष्ट गरिएको दाबी गरे । उनका अनुसार जफत गरिएका सामग्री कानुनी रूपमा लिलामी गर्न सकिने भए पनि मोबाइल जस्ता संवेदनशील उपकरण पुनः दुरुपयोग हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नष्ट गर्ने निर्णय गरिएको हो।
‘जफत गरिएका मोबाइल लिलामी गर्नुपर्ने व्यवस्था भए पनि भविष्यमा दुरुपयोग नहोस् भन्ने उद्देश्यले नष्ट गर्ने निर्णय गरिएको हो,’ प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
यसअघि मधेश प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइए कडा कारबाही गरिने चेतावनी दिएकी थिइन् । सोही आधारमा जिल्ला परीक्षा समन्वय समिति सिरहाले मोबाइल व्यवस्थापनका लागि छुट्टै उपसमिति गठन गरी बरामद उपकरण नष्ट गर्ने निर्णय गरेको जनाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका परीक्षा शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सम्मिलित पाँच सदस्यीय समिति गठन गरिएको थियो । समितिले जिल्ला प्रहरी कार्यालय परिसरमा मोबाइलहरू २४ घण्टा पानीमा डुबाएर राखेपछि पूर्ण रूपमा प्रयोग गर्न नसकिने बनाई फुटाएर नष्ट गरेको जनाएको छ ।
उपसमिति संयोजक यादवका अनुसार मोबाइललाई पुनः प्रयोग हुन नसक्ने अवस्थामा पुर्याएर नष्ट गर्ने निर्णय गरिएको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया