
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
गोबिन्द रिजाल, पर्बत। पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा मिति २०८३ जेष्ठ २४ गते पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं ६ मा स्थित होटेल गोल्डेनमा मा सम्पन्न भएको छ। पर्वत क्रिकेट संघ का अध्यक्ष रेशम बहादुर केसीको अध्यक्षता तथा फलेबास नगरपालिका वडा नं ४ का वडा अध्यक्ष अच्युत तिवारीको प्रमुख अतिथिमा सम्पन्न साधारण सभामा विशिष्ट अतिथिमा गण्डकी प्रादेशिक क्रिकेट संघका सदस्य ऋषिराम गौतम, सशस्त्र प्रहरी बल नेपाल न.२५ गण हे.क्या चण्डिका प्रहरी निरीक्षक सुनिल केसी र जिल्ला खेलकुद विकास समिति पर्वतका सदस्य गंगा बहादुर गुरुङको उपस्थिति रहेको थियो।
साधारण सभामा अतिथिको रुपमा बाग्लुङ जिल्ला क्रिकेट संघका अध्यक्ष विष्णु प्रसाद आचार्य, मंगलोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नागेश्वर उपाध्याय, सरस्वती माध्यमिक विद्यालयका शिक्षक शिवलाल शर्मा, बालारानि माध्यमिक विद्यालयका शिक्षक अजित मगर, नेत्र हिन क्रिकेट संघका प्रतिनिधि हरिदत्त शर्माको उपस्थिति थियो। उक्त साधारण सभामा पर्वत क्रिकेट संघका उपाध्यक्ष सुजन शर्मा पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विद्यालयको तर्फ बाट मंगलोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नागेश्वर उपाध्याय र बालारानि माध्यमिक विद्यालयका शिक्षक अजित मगरले विद्यालयहरूमा क्रिकेट खेलको विकास के कसरी गर्न सकिन्छ भन्ने सुझावसहित मन्तव्य व्यक्त गर्नुभएको थियो।

खेलाडीहरू अभिभावकको तर्फ बाट शेषराज सुबेदी र पूर्व खेलाडीको रूपमा विनोद पोखरेल ज्यूले मन्तव्य दिनुभएको थियो। त्यसैगरी बाग्लुङ जिल्ला क्रिकेट संघका अध्यक्ष विष्णु प्रसाद आचार्यले बाग्लुङ र पर्वत सँगसँगै सम्बोधन पाएको र छिमेकी जिल्लाको रूपमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरा राख्दै मन्तव्य दिनुभएको थियो।साधारण सभामा जिल्ला भित्र प्रतियोगिताहरू आयोजना गर्दा सहयोग गर्नुहुने विभिन्न व्यक्ति र संस्थाहरूलाई समेत सम्मान गरेको थियो। क्रिकेट संघले सम्बन्धन पाउँदाका चुनौतीहरू, हाल नेपाल क्रिकेटको वर्तमान अवस्था , जिल्ला क्रिकेटमा स्थानीय सरकारको अपरिहार्य, सिमित स्रोत साधन र बजेटको बाबजुद पर्वत क्रिकेट संघले गरेको कार्य सम्पादनको चर्चा लगायतका कुराहरू व्यक्त गर्नुभएको थियो।

त्यसैगरी प्रमुख अतिथि फलेवास नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अच्तुत तिवारीले वर्तमान राजनीतिक अवस्था र खेलकुद , स्थानीय तहमा खेलकुद विकासका चुनौतीहरू , वडाहरुमा खेलकुदको लागि सिमित बजेट, पर्वत क्रिकेट संघले पछिल्लो समयमा गरेका प्रतियोगिताहरूको प्रशंसा, पर्वत जिल्लाबाट प्रतिनिधित्व गर्दै यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश बाट छनोट हुन सफल खेलाडीहरूलाई बधाई तथा शुभकामना , विगतको वर्षहरूमा राष्ट्रिय स्तरमा खेल्न सफल खेलाडीहरूलाई बधाई लगायत स्थानीय तहले गर्नुपर्ने आवश्यक सहयोगको लागि आफू तयार रहेको बताउनुभयो। यस साधारण सभाको समापन पर्वत क्रिकेट संघका अध्यक्ष रेशमबहादुर केसीले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै समापन गर्नुभएको थियो भने साधारण सभा पर्वत क्रिकेट संघका सचिव दिपेन्द्र शर्मा लामिछानेले सञ्चालन गर्नुभएको थियो।



१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया