
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारमा सञ्चालित कुश्मा बहुमुखी क्याम्पसको प्रथम साधारणसभा आगामी जेठ २३ गते आयोजना हुने भएको छ। साधारणसभाको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा क्याम्पसको वर्तमान अवस्था, भावी योजना तथा साधारणसभाका तयारीबारे जानकारी गराइएको हो।
वि.सं. २०४८ सालमा स्थापना भएको गुप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालमा स्थापना भएको शिवालय बहुमुखी क्याम्पसलाई एकीकरण गरी गत वर्षदेखि त्रिभुवन विश्वविद्यालयको मान्यता प्राप्त कुश्मा बहुमुखी क्याम्पसका रूपमा सञ्चालनमा ल्याइएको हो।
क्याम्पस सञ्चालन समितिका अध्यक्ष गोविन्द पहाडीले दुई क्याम्पसको एकीकरण प्रक्रिया देशभरकै लागि नमुना अभ्यास बनेको दाबी गर्नुभयो। सामान्यतया एकीकरणमा एउटा संस्था अर्कोमा विलय हुने प्रचलन रहे पनि पर्वतमा दुवै क्याम्पसको अस्तित्व र योगदानलाई सम्मान गर्दै नयाँ नामसहित एकीकृत संस्था निर्माण गरिएको उहाँको भनाइ छ।
“लामो समयको अभ्यास र छलफलपछि हामी दुई क्याम्पसलाई एकीकरण गर्न सफल भयौँ। एकीकरणले केवल संस्थागत संरचना मात्र होइन, समुदायबीचको एकता र सहकार्यलाई पनि बलियो बनाएको छ,” अध्यक्ष पहाडीले भन्नुभयो।
उहाँका अनुसार उदाहरणीय एकीकरणको प्रशंसा गर्दै विश्वविद्यालय अनुदान आयोगले ६० लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ तथा कुश्मा नगरपालिकाले ५ लाख रुपैयाँ प्रोत्साहन अनुदान उपलब्ध गराएका छन्।
क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष बसन्तकुमार कर्मचार्यले कुश्मा बहुमुखी क्याम्पसलाई गुणस्तरीय उच्च शिक्षाको केन्द्रका रूपमा विकास गर्न निरन्तर प्रयास भइरहेको बताउनुभयो। शैक्षिक गुणस्तर अभिवृद्धि र संस्थागत सुदृढीकरणका लागि सबै सरोकारवालासँग सहकार्यलाई प्राथमिकता दिइएको उहाँको भनाइ थियो।
कार्यवाहक क्याम्पस प्रमुख लेखनाथ उपाध्यायले घट्दो जनसंख्या, कक्षा १२ पछि विद्यार्थीहरू विदेश जाने प्रवृत्ति तथा विद्यार्थी सङ्ख्या घट्दै गएको अवस्थाले दुई क्याम्पसलाई एकीकरण गर्नुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो। एकीकरणपछि आर्थिक भार घट्नुका साथै शैक्षिक गुणस्तर सुधारमा समेत सकारात्मक प्रभाव परेको उहाँले उल्लेख गर्नुभयो।
उहाँले भर्ना प्रक्रियामा समेत चुनौती रहेको बताउँदै अधिकांश विद्यार्थी अन्तिम समयमा मात्रै भर्ना हुने तथा केही विद्यार्थी अध्ययन बीचमै छोडेर विदेश जाने समस्या कायम रहेको जानकारी दिनुभयो।
हाल कुश्मा बहुमुखी क्याम्पसमा विभिन्न संकायमा ३७८ जना विद्यार्थी अध्ययनरत छन्। तीमध्ये ६५ जनाले विभिन्न संघसंस्थाबाट छात्रवृत्ति प्राप्त गरेका छन् भने २० जना विद्यार्थीलाई क्याम्पसको आन्तरिक स्रोतबाट छात्रवृत्ति उपलब्ध गराइएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वत शाखाका अध्यक्ष लक्ष्मण सापकोटाले दुई क्याम्पसको सफल एकीकरणलाई उदाहरणीय कार्यको संज्ञा दिँदै यसले समाजमा एकताको सन्देश प्रवाह गरेको बताउनुभयो। उहाँले क्याम्पसको आगामी शैक्षिक उन्नति र गुणस्तर वृद्धिको कामना समेत गर्नुभयो।
अन्तरक्रियामा सहभागी पत्रकारहरूले क्याम्पसको शैक्षिक अवस्था, व्यवस्थापनका चुनौती तथा भावी योजनाबारे जिज्ञासा र सुझाव राखेका थिए।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया