
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारमा सञ्चालित कुश्मा बहुमुखी क्याम्पसको प्रथम साधारणसभा आगामी जेठ २३ गते आयोजना हुने भएको छ। साधारणसभाको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा क्याम्पसको वर्तमान अवस्था, भावी योजना तथा साधारणसभाका तयारीबारे जानकारी गराइएको हो।
वि.सं. २०४८ सालमा स्थापना भएको गुप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालमा स्थापना भएको शिवालय बहुमुखी क्याम्पसलाई एकीकरण गरी गत वर्षदेखि त्रिभुवन विश्वविद्यालयको मान्यता प्राप्त कुश्मा बहुमुखी क्याम्पसका रूपमा सञ्चालनमा ल्याइएको हो।
क्याम्पस सञ्चालन समितिका अध्यक्ष गोविन्द पहाडीले दुई क्याम्पसको एकीकरण प्रक्रिया देशभरकै लागि नमुना अभ्यास बनेको दाबी गर्नुभयो। सामान्यतया एकीकरणमा एउटा संस्था अर्कोमा विलय हुने प्रचलन रहे पनि पर्वतमा दुवै क्याम्पसको अस्तित्व र योगदानलाई सम्मान गर्दै नयाँ नामसहित एकीकृत संस्था निर्माण गरिएको उहाँको भनाइ छ।
“लामो समयको अभ्यास र छलफलपछि हामी दुई क्याम्पसलाई एकीकरण गर्न सफल भयौँ। एकीकरणले केवल संस्थागत संरचना मात्र होइन, समुदायबीचको एकता र सहकार्यलाई पनि बलियो बनाएको छ,” अध्यक्ष पहाडीले भन्नुभयो।
उहाँका अनुसार उदाहरणीय एकीकरणको प्रशंसा गर्दै विश्वविद्यालय अनुदान आयोगले ६० लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ तथा कुश्मा नगरपालिकाले ५ लाख रुपैयाँ प्रोत्साहन अनुदान उपलब्ध गराएका छन्।
क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष बसन्तकुमार कर्मचार्यले कुश्मा बहुमुखी क्याम्पसलाई गुणस्तरीय उच्च शिक्षाको केन्द्रका रूपमा विकास गर्न निरन्तर प्रयास भइरहेको बताउनुभयो। शैक्षिक गुणस्तर अभिवृद्धि र संस्थागत सुदृढीकरणका लागि सबै सरोकारवालासँग सहकार्यलाई प्राथमिकता दिइएको उहाँको भनाइ थियो।
कार्यवाहक क्याम्पस प्रमुख लेखनाथ उपाध्यायले घट्दो जनसंख्या, कक्षा १२ पछि विद्यार्थीहरू विदेश जाने प्रवृत्ति तथा विद्यार्थी सङ्ख्या घट्दै गएको अवस्थाले दुई क्याम्पसलाई एकीकरण गर्नुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो। एकीकरणपछि आर्थिक भार घट्नुका साथै शैक्षिक गुणस्तर सुधारमा समेत सकारात्मक प्रभाव परेको उहाँले उल्लेख गर्नुभयो।
उहाँले भर्ना प्रक्रियामा समेत चुनौती रहेको बताउँदै अधिकांश विद्यार्थी अन्तिम समयमा मात्रै भर्ना हुने तथा केही विद्यार्थी अध्ययन बीचमै छोडेर विदेश जाने समस्या कायम रहेको जानकारी दिनुभयो।
हाल कुश्मा बहुमुखी क्याम्पसमा विभिन्न संकायमा ३७८ जना विद्यार्थी अध्ययनरत छन्। तीमध्ये ६५ जनाले विभिन्न संघसंस्थाबाट छात्रवृत्ति प्राप्त गरेका छन् भने २० जना विद्यार्थीलाई क्याम्पसको आन्तरिक स्रोतबाट छात्रवृत्ति उपलब्ध गराइएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वत शाखाका अध्यक्ष लक्ष्मण सापकोटाले दुई क्याम्पसको सफल एकीकरणलाई उदाहरणीय कार्यको संज्ञा दिँदै यसले समाजमा एकताको सन्देश प्रवाह गरेको बताउनुभयो। उहाँले क्याम्पसको आगामी शैक्षिक उन्नति र गुणस्तर वृद्धिको कामना समेत गर्नुभयो।
अन्तरक्रियामा सहभागी पत्रकारहरूले क्याम्पसको शैक्षिक अवस्था, व्यवस्थापनका चुनौती तथा भावी योजनाबारे जिज्ञासा र सुझाव राखेका थिए।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया