News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News खेलकुद पत्रपत्रिका मनोरञ्जन मुख्य समाचार राष्ट्रिय समाचार

    पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु

    गोबिन्द रिजाल । पर्वत जेसीजको आयोजनामा दोस्रो खुल्ला पर्बत जेसीज कप-२०२६ ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता बिहिबारबाट सुरु भयो । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले प्रतियोगिताको उद्घाटन गर्नुभयो । मन्त्री गुरुङले खेललाई युवा ऊर्जा, अनुशासन, नेतृत्व र सामाजिक एकताको सशक्त आधारका रूपमा उल्लेख गर्दै यस्ता सिर्जनशील अभियानले खेल संस्कृतिलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै कार्यक्रम सफलताको सुभकामना दिनुभयो । साथै पर्वत जेसीजका अध्यक्ष शर्मिला शर्माले युवा खेल प्रतिभाको विकास, खेल संस्कृतिको प्रवर्द्धन तथा स्वस्थ प्रतिस्पर्धा मार्फत आपसी सद्भाव,एकताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथै पर्बत जिल्लालाई खेलकुद गतिबिधिको केन्द्रका रुपमा प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको  बताउनु भयो ।

    कुश्मा बजारस्थित बडागाउँचौर खेल मैदानमा हिजो ६ खेल हरु सम्पन्न भए हिजो सम्पन्न उक्त प्रतियोगिताको पहिलो खेल खनियाघाट र केबी जिरो किमी युनिटी बीच प्रतिष्पर्धा भएको थियो सो खेलमा खनियाघाट फुटबल टिम २-१ गोलले बिजयी भयो । त्यस्तै दोस्रो खेलमा केजि गाईजलाई 0-१ गोलले हराउदै कुश्मा स्पोर्टस क्लबले बिजयी सुरुवात गर्यो । तेस्रो खेल तालपरी फुटबल क्लब र गण्डकी पुलिस बीच भएको खेलमा तालपरी फुटबल क्लब १-० ले बिजयी भयो भने चौथो खेल रामघाट (सेतो) र राजा’स टिम भएको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीमा रामघाट (सेतो) २-० ले बिजयी भयो ।

    पाचौ खेल पनि रामघाट (ग्रीन) र कालिपुल युनाइटेड बीचको खेल निर्धारित समयमा गोल नभए पछि पेनाल्टीमा रामघाट (ग्रीन) ३-१ गोलले बिजयी भयो । पहिलो दिनको छैटौं तथा अन्तिमखेल एभरग्रीन युथ क्लब र हरिचौर फुटबल क्लब बीच भएको थियो उक्त खेलमा एभरग्रीन युथ क्लबले ३-० ले हरिचौर फुटबल क्लब हराउदै बिजयी सुरुवात गर्यो ।

    २८ देखि ३१ गते चार दिनसम्म संचालन हुने प्रतियोगितामा विजेता बन्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ। यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ सहितट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। व्यक्तिगततर्फ ‘उत्कृष्ट खेलाडी’ ‘उत्कृष्ट गोल्ररक्षक’ ‘सर्बाधिक गोलकर्ता’ ‘उदयीमान खेलाडी’ ‘फेयर प्ले टिम’ तथा प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ घोषित हुने खेलाडीहरूले पनि पुरस्कार प्राप्त गर्ने कुरा फुटबल खेलका संयोजक तथा पर्वत जेसीजका उपाध्यक्ष एन्जल श्रेष्ठले हाम्रो सूचनाकेन्द्र डटकम लाई बताउनु भयो।

    लाेक कल्याणकारी

    प्रतिक्रिया

    ट्रेन्डिङ