
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत/विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी महत्वपूर्ण विषयमा समझदारी भएको छ । हाल नेपाल भ्रमणमा रहेका विश्व भेटेरीनरी एसोसिएसनका इसाओ कुराउची र नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदीले त्यो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यो समझदारीलाई नेपाल भेटेरिनरी एसोसिएसनले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्याउँदै महत्वपूर्ण कूटनीतिक तथा प्राविधिक उपलब्धि हासिल गरेको जनाएको छ ।
भ्रमणका क्रममा विश्व तथा क्षेत्रीय भेटेरिनरी संस्थासँग उच्चस्तरीय छलफल हुनुका साथै ‘वन हेल्थ’ अवधारणालाई प्रवर्द्धन गर्ने उद्देश्यले महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो। मिति २०८३ साउन १८ गते नेपाल भेटेरिनरी एसोसिएसन, फेडेरेसन अफ एसियन भेटेरिनरी एसोसिएसन–वन हेल्थ फुकुओका अफिस तथा जापान भेटेरिनरी मेडिकल एसोसिएसनबीच भेटेरिनरी शिक्षा, अनुसन्धान, जनस्वास्थ्य, ‘वन हेल्थ’ अवधारणाको प्रवर्द्धन, प्राविधिक ज्ञान आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम, सेमिनार, अनुसन्धान तथा प्राविधिक सहयोगका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो।
समझदारीपत्रमा नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदी तथा अन्य साझेदार संस्थाहरूका तर्फबाट विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीले हस्ताक्षर गरेका थिए। समझदारीअनुसार सहभागी संस्थाहरूले भेटेरिनरी शिक्षा, अनुसन्धान, प्राविधिक ज्ञान आदान–प्रदान, संयुक्त तालिम तथा ‘वन हेल्थ’ अवधारणाको प्रवर्द्धनमा सहकार्य गर्ने सहमति गरेका छन्। यसबाट नेपालका भेटेरिनरी चिकित्सकहरूको क्षमता अभिवृद्धि, पशु स्वास्थ्य सेवा सुदृढीकरण, खाद्य सुरक्षा तथा जनस्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन एसोसिएसनका प्रमुख सम्पादक डा. हिमाल लुइँटेलले गरेका थिए। कार्यक्रममा विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउची तथा उहाँको प्रतिनिधिमण्डल, कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा.रामनन्दन तिवारी, नेपाल भेटेरिनरी काउन्सिलका अध्यक्ष डा. हेमराज अवस्थी, नेपाल कृषि अनुसन्धान परिषद्की वरिष्ठ वैज्ञानिक डा.निना अमात्य, नेपाल भेटेरिनरी एसोसिएसनका पूर्वअध्यक्षहरू डा. सितलकाजी श्रेष्ठ, डा. प्रह्लाद सापकोटा र डा. विमलकुमार निर्मल, फाभा जेड्सी कार्यक्रमकी प्रतिनिधि डा. सम्झना काफ्ले, नेपाल भेटेरिनरी एसोसिएसनका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा पशुपन्छी विकास क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको एसोसिएसनका सचिव डा. विशाल पोख्रेलले जानकारी दिए।
नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेले उक्त समझदारी नेपालको भेटेरिनरी क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै अन्तर्राष्ट्रिय सहकार्यबाट प्रविधि हस्तान्तरण, अनुसन्धान, दक्ष जनशक्ति विकास तथा ‘वन हेल्थ’ अवधारणाको प्रभावकारी कार्यान्वयनका लागि नयाँ अवसर सिर्जना हुने विश्वास व्यक्त गरे।
नेपाल भेटेरिनरी एसोसिएसनले विश्व भेटेरिनरी एसोसिएसन, जापान भेटेरिनरी मेडिकल एसोसिएसन तथा फेडेरेसन अफ एसियन भेटेरिनरी एसोसिएसन–वन हेल्थ फुकुओका अफिसप्रति सहयोग र विश्वासका लागि आभार व्यक्त गर्दै आगामी दिनमा नेपालको भेटेरिनरी सेवा, जनस्वास्थ्य तथा ‘वन हेल्थ’ अभियानलाई थप सुदृढ बनाउन अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया