News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News खेलकुद पत्रपत्रिका पत्रपत्रिका बिशेष मुख्य समाचार राष्ट्रिय समाचार

    पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

    गोबिन्द रिजाल । पर्वत जेसीजको आयोजनामा हुने दोस्रो खुल्ला पर्बत जेसीज कप-२०२६ ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता पर्सि बिहीबारदेखि सुरु हुँदैछ । प्रतियोगिता सम्पन्न गर्न सम्पूर्ण तयारी पुरा भएको छ । युवा खेल प्रतिभाको विकास, खेल संस्कृतिको प्रवर्द्धन तथा स्वस्थ प्रतिस्पर्धा मार्फत आपसी सद्भाव,एकताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथै पर्बत जिल्लालाई खेलकुद गतिबिधिको केन्द्रका रुपमा प्रवर्द्धन गर्न आयोजना हुन लागेको खुल्ला नकआउट दोस्रो पर्वत जेसीज कप  गत वर्षबाट सुरु भएको प्रतियोगितालाई निरन्तरता दिँदै यस वर्ष पनि प्रतियोगिताको आयोजना गर्न लागिएको पर्वत जेसीजका अध्यक्ष शर्मिला शर्माले हाम्रो सूचनाकेन्द्र डटकम लाई बताउनु भयो।

    त्यस्तै फुटबल खेलका संयोजक तथा पर्वत जेसीजका उपाध्यक्ष एन्जल श्रेष्ठले प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा भइसकेको र व्यवस्थापन तथा मैदान, स्टेज, प्यारापिट तथा प्राविधिक टोली तयारी अवस्थामा रहेकाले खेल सुरु हुन मात्र बाँकी रहेको उहाँले बताउनु भयो । प्रतियोगितामा २४ वटा टिम सहभागी रहनेछन् भने खेल नकआउट चरणमा खेलाईने छ ।

    यहि साउनको २८ देखि ३१ गतेसम्म कुश्मा बजारस्थित बडागाउँचौर खेल मैदानमा आयोजना हुने प्रतियोगितामा विजेता बन्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ। यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ सहितट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। व्यक्तिगततर्फ ‘उत्कृष्ट खेलाडी’ ‘उत्कृष्ट गोल्ररक्षक’ ‘सर्बाधिक गोलकर्ता’ ‘उदयीमान खेलाडी’ ‘फेयर प्ले टिम’ तथा प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ घोषित हुने खेलाडीहरूले पनि पुरस्कार प्राप्त गर्ने छन्।

    लाेक कल्याणकारी

    प्रतिक्रिया

    ट्रेन्डिङ