
१पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
७मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
८कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
९मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
पर्वत । पर्वतका विभिन्न स्थानमा गाई, गोरु तथा बाच्छाबाच्छीमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि पशुमा खोप लगाउने तथा रोगको पुष्टि गर्न नमुना परीक्षण गर्ने काम एकैसाथ सुरु गरिएको छ।
मोदी गाउँपालिका–५ बाजुङ, फलेवास नगरपालिका तथा कुश्मा नगरपालिका–१० पिपलटारीमा लम्पी स्किनसँग मिल्दोजुल्दो लक्षण देखिएका पशुमा खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले जनाएको छ। लक्षण देखिएका पशुबाट नमुना सङ्कलन गरी रोगको पुष्टि गर्न पोखरास्थित प्रयोगशालामा बिहीबार पठाइएको कार्यालयले जनाएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका प्रमुख सुरेश कुमार श्रेष्ठका अनुसार नमुना परीक्षणको नतिजा आउन दुईदेखि तीन दिनसम्म लाग्न सक्छ। प्रारम्भिक रूपमा देखिएका लक्षण लम्पी स्किनसँग मिल्दोजुल्दो भएकाले जोखिम न्यूनीकरणका लागि खोपसमेत लगाइएको उहाँले बताउनुभयो।
“अहिले सुरुवाती अवस्था हेर्दा लम्पी स्किनको लक्षणजस्तै देखिएको छ। त्यसैले खोप पनि दिइएको हो र शङ्काको पुष्टि गर्न नमुना परीक्षणका लागि पठाएका छौँ,” श्रेष्ठले भन्नुभयो।
कार्यालयका पशु प्राविधिक प्रकाश परियारका अनुसार हालसम्म तीन वटा गाईमा लम्पी स्किनसँग मिल्दोजुल्दो लक्षण देखिएको छ। यद्यपि विगतमा जस्तो गम्भीर अवस्था भने अहिले नरहेको उहाँको भनाइ छ। विगतमा पर्वतमा लम्पी स्किनका कारण ७० देखि ७१ वटा पशु मरेको स्मरण गर्दै उहाँले अहिले कृषक आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो।
पशु प्राविधिक परियारका अनुसार विगतमा खोप लगाउन छुटेका केही पशुमा अहिले लक्षण देखिएको हुनसक्ने सम्भावना छ। त्यसैले पशुमा असामान्य लक्षण देखिएमा तत्काल सम्बन्धित स्थानीय तहको पशु सेवा शाखा वा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयमा जानकारी गराउन उहाँले आग्रह गर्नुभएको छ।
लम्पी स्किन गाईभैँसीमा लाग्ने भाइरसजन्य सङ्क्रामक रोग हो। सङ्क्रमित पशुको रगत चुस्ने झिँगा, लामखुट्टे तथा किर्नाजस्ता कीराका माध्यमबाट यो रोग स्वस्थ पशुमा सर्न सक्छ। सङ्क्रमित पशुसँगको सम्पर्क, दूषित उपकरण तथा एउटै सुईको प्रयोगबाट समेत सङ्क्रमण फैलिन सक्ने पशु प्राविधिकहरू बताउँछन्।
पशुमा छालामा गाँठा आउने, ज्वरो आउने, आँखा तथा नाकबाट पानी बग्ने, दूध उत्पादन घट्ने लगायतका लक्षण देखिएमा तत्काल पशु प्राविधिकलाई खबर गर्न आग्रह गरिएको छ। साथै पशुलाई समयमै खोप लगाउने, नयाँ पशुलाई केही समय अलग्गै राखेर निगरानी गर्ने, गोठ तथा आसपासको क्षेत्र सफा राख्ने र झिँगा, लामखुट्टे तथा किर्ना नियन्त्रण गर्ने उपाय अपनाउन कृषकलाई सुझाव दिइएको छ।
कार्यालयले हाल देखिएको अवस्थालाई निरन्तर निगरानीमा राखिएको जनाएको छ। प्रयोगशालाबाट प्राप्त हुने परीक्षण नतिजापछि मात्रै पशुमा लम्पी स्किन रोग भए–नभएको यकिन हुने कार्यालयको भनाइ छ।


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न

प्रतिक्रिया