News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News खेलकुद पत्रपत्रिका पत्रपत्रिका बिशेष मुख्य समाचार राष्ट्रिय समाचार

    दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

    गोबिन्द रिजाल । पर्वत जेसीजको आयोजनामा दोस्रो खुल्ला पर्बत जेसीज कप-२०२६ ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त केहीबेरमा सुरु हुदै छ । कुश्मा बजारस्थित बडागाउँचौर खेल मैदानमा पहिलो सेमिफाइनल गन्नी फुटबल क्लब र लिभिक फुटबल क्लब बीच भिडन्त हुने भएकोछ भने दोस्रो सेमिफाइनलमा रामघाट ग्रीन र तालपरी फुटबल क्लब भिड्नेछन्। दुवै सेमिफाइनलका विजेता टोलीबीच आजै दिउँसो २ बजे उपाधिका लागि फाइनल खेल हुने आयोजक पर्वत जेसीजका अध्यक्ष शर्मिला शर्माले बताउनु भयो ।

    प्रतियोगितामा विजेता बन्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ। यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ सहितट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ। व्यक्तिगततर्फ ‘उत्कृष्ट खेलाडी’ ‘उत्कृष्ट गोल्ररक्षक’ ‘सर्बाधिक गोलकर्ता’ ‘उदयीमान खेलाडी’ ‘फेयर प्ले टिम’ तथा प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ घोषित हुने खेलाडीहरूले पनि पुरस्कार प्राप्त गर्ने कुरा फुटबल खेलका संयोजक तथा पर्वत जेसीजका उपाध्यक्ष एन्जल श्रेष्ठले हाम्रो सूचनाकेन्द्र डटकम लाई बताउनु भयो।

    लाेक कल्याणकारी

    प्रतिक्रिया

    ट्रेन्डिङ