
११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
६जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
९अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
१०कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
६जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
७सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
८बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
९फेरि किन भयो ग्यास अभाव ?
१०पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
११हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
१२कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
बागलुङ । धवलागिरि बहुमुखी क्याम्पसको स्थापना दिवस मनाईएको छ । स्थापना दिवसको अवसरमा आयोजित ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया कार्यक्रम गरि मनाएको हो ।
कार्यक्रममा सरोकारवालाले विद्यार्थीको शैक्षिक, मानसिक तथा व्यक्तिगत विकासका लागि प्रभावकारी मनोपरामर्श आवश्यक रहेको बताएका छन्।
विद्यार्थीहरूले अध्ययनका क्रममा विभिन्न मानसिक तथा सामाजिक चुनौती सामना गर्ने भएकाले समयमै उचित परामर्शको व्यवस्था हुनुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा अभिभावक, शिक्षक तथा सरोकारवालाबीच विद्यार्थीको शैक्षिक अवस्था, व्यवहार, अनुशासन, भविष्यको योजना तथा क्याम्पसको शैक्षिक गुणस्तरका विषयमा छलफल भएको थियो।
सहभागीहरूले पछिल्लो समय विद्यार्थीहरूमा अध्ययनको दबाब, पारिवारिक समस्या, भविष्यप्रतिको अन्योल तथा विभिन्न सामाजिक चुनौती देखिने गरेको उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि क्याम्पस तहबाटै नियमित मनोपरामर्श सेवा सञ्चालन गर्नुपर्ने बताएका थिए।
उनीहरूले अभिभावक, शिक्षक र विद्यार्थीबीच निरन्तर समन्वय आवश्यक रहेको समेत औँल्याएका छन्। विद्यार्थीको रुचि, क्षमता र आवश्यकता पहिचान गरी उचित मार्गदर्शन गर्न सके उनीहरूको शैक्षिक उपलब्धिसँगै व्यक्तित्व विकासमा समेत सहयोग पुग्ने सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसको वर्तमान अवस्था, शैक्षिक गतिविधि, आगामी योजना तथा विद्यार्थीको हितका लागि सञ्चालन गर्न सकिने कार्यक्रमबारे पनि छलफल गरिएको थियो।
उक्त कार्यक्रमको संबोधन गदै धवलागिरि बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष दिन बहादुर थापाले अविभावहरुले प्रदान गर्नु भएका सुझावलाई आत्मसाथ गरी विद्यार्थीहरुमा समय सापेक्ष रुपमा विकास भएका परिवर्तन वा व्यवहारालाई सबैले अवलोकन गरी सुधार तर्फ लाग्ने परामर्सको कार्य सञ्चालन गरिने विचार गर्नु भएको थियो । क्याम्पसको गुणस्तर कायम राख्न अविभावक, विद्यार्थी, कर्मचारी र प्राध्यपक सबैले कार्य सम्पादन गर्ने पर्ने विचार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा अभिभावक नारायण आचार्य, आशा राजभण्डारी भारी ,बाबुराम केसी सुभास पौडेल दिपक सापकोटा, धवलागिरि बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष आश्मिन शेख, सदस्य विरोश क्षेत्री र गुणस्तर नियन्त्रण स्नातकका अध्यक्ष स्मृति शर्मा लगायतले बोलेका थिए ।
उनीहरुले आर्थिक अवस्थामा पनि पढ्न नसकेको विद्यार्थीलाई पढाईको रुचि जगाउनलाई अभिवाभकले भुमिका खेल्न समेत आग्रह गरे । विदेश जान खोजेको विद्यार्थीलाई पढ्नका लागि वातावरण निर्माण गर्नुपर्ने बताए । विद्यार्थीले क्याम्पसमा मात्र पढेको नभएर घरमा पनि पढ्न वातावरन निर्माण गर्न आवश्यक रहेको उनीहरु बताए ।
-कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसका प्रमुख सह.पाडा सुदर्शन सिलवालले कार्यपत्र प्रस्तुत गरेका थिएभने क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापाको अध्यक्षता, सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेयको स्वागत मन्तव्य र सहायक क्याम्पस प्रमुख डा. डिल्लीराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै

प्रतिक्रिया