
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । प्रदेश अस्पताल पर्वतमा गत आर्थिक वर्षमा कुल ८० हजार ९९० जना बिरामीहरूले सेवा लिएका छन्।
अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीका अनुसार साउनमा ७ हजार ११६, भदौमा ७ हजार २१३, असोजमा ६ हजार ७०८, कात्र्तिकमा ५ हजार ७५९, मङ्सिरमा ६ हजार ९४, पुसमा ७ हजार १६२, माघमा ६ हजार ५१, फागुनमा ५ हजार ५७२, चैतमा ७ हजार २३०, वैशाखमा ६ हजार ८३१, जेठमा ७ हजार ७०१ र असारमा ७ हजार ५५३ जनाले सेवा लिएका छन्।
अस्पतालको आकस्मिक कक्षमा मात्रै कुल ८ हजार ३३४ जनाले सेवा लिएका छन्। उनीहरू साउनमा ६४५, भदौमा ६११, असोजमा ९७५, कात्र्तिकमा ७९९, मङ्सिरमा ४३८, पुसमा ६०८, माघमा ५१९, फागुनमा ६२९, चैतमा ६५६, वैशाखमा ७६२, जेठमा ८०१ र असारमा ८९१ जना रहेका छन्।
सेवा लिएका कुल बिरामीहरूमध्ये २२ हजार २६९ जना अस्पतालमा यसअगाडि नआई पहिलो पटक अस्पतालको रेकर्डमा प्रविष्ट भएकाहरू छन् भने बाँकी करिब ५९ हजार यस अगाडि पनि कुनै कुनै उपचारको लागि अस्पतालको दर्ता प्रणालीमा प्रविष्ट भएकाहरू रहेका सूचना अधिकारी सुवेदीले बताए।
अस्पतालमा आएकामध्ये १ हजार ८९९ जनालाई भर्ना नै गरेर उपचार गरिएको छ। यस्तै ८१३ जनालाई खोप, ६ जनाको भ्याक्युम प्रयोग गरी सुरक्षित सुत्केरी सेवा, १५८ जनालाई औजारको प्रयोग नगरी सुरक्षित सुत्केरी सेवा, ११८ जनालाई शल्यक्रियामार्फत सुत्केरी सेवा, २८० जनामार्फत एकल बच्चाको जन्म, एक जना आमाद्वारा जुम्ल्याहा बच्चाको जन्म भएको छ।
पोषण पुन स्थापना गृहमा भर्ना गरेर ३५ जना बालबालिकाहरूको स्वास्थ्यमा सुधार गरिएको, ४३८ जनाको अर्थोपेडिक (हड्डी) विभागमा प्लास्टर गरिएको, १६ हजार ७०१ वटा एक्स–रे गरिएको, ८ हजार ४०८ वटा भिडियो एक्स–रे गरिएको, ७ हजार ४९२ जनाको इ.सि.जी गरिएको अस्पतालको तथ्याङ्क छ। यस्तै २ हजार ४७० वटा साना खालका तथा १५५ वटा ठुला खालका शल्यक्रिया गरिएको, १२२ जनाले गर्भावस्थाको चौथो पटकको जाँच गराएको, १४३ जनाले सुरक्षित गर्भपतन सेवा लिएको, अस्पतालको सामाजिक सेवा एकाइमार्फत सेवा लिएकाहरूको सङ्ख्या ३०२ जना रहेको छ। यस्तै एकद्धार सङ्कट व्यवस्थापन केन्द्रमार्फत ३९ जनालाई सेवा प्रवाह गरिएको अस्पतालले बताएको छ।
अस्पतालले प्रवाह गरिरहेको सेवा र बिमाका कारण विगतका वर्षका तुलनामा क्रमशः बिरामीहरूको सङ्ख्या बढ्दै गइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलले बताए। आर्थिक वर्ष २०८१÷०८२ मा झन्डै ७४ हजार व्यक्तिले स्वास्थ्य सेवा लिएकोमा गत आर्थिक वर्षमा ८० हजार पुग्दा एक वर्षमा ६ हजार बढी व्यक्तिहरूले सेवा लिएका उनको भनाइ छ।
‘अस्पतालले हरेक वर्ष आफ्नो सेवालाई विस्तृत र प्रभावकारी बनाउने लक्ष्य राखेको हुन्छ। स्वास्थ्य बिमा तथा अस्पतालप्रति नागरिकको विश्वासका कारण पनि हरेक वर्ष स्वास्थ्य सेवा लिनेको सङ्ख्या बढ्दै गइरहेको छ’, उनले भने, ‘विगतमा सामान्य उपचारका लागि पनि पोखरा अन्य अस्पतालमा ‘रिफर’ गर्नुपर्ने बाध्यता रहँदै आएकोमा पछिल्ला वर्षमा अस्पतालले विभिन्न शल्यक्रियासहित विशेषज्ञ सेवा प्रदान गरिरहेको छ। यो हामी सबैका लागि खुसीको कुरा हो।’
शल्यक्रिया सहितका अन्य विशेषज्ञ सेवा जिल्लामै पाउने भएपछि बिरामीले धेरै रकम खर्च गरेर टाढा पुगेर स्वास्थ्य जाँच गर्नुपर्ने अवस्था अन्त्य हुँदा पनि अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याम परियार (शिव) बताउँछन्। अस्पतालप्रतिको विश्वासका कारण नै पर्वत जिल्ला सहित बागलुङको बलेवा, नारायणस्थान, अमलाचौर, बिनामारे, कुश्मीशेरा, दमेक लगायतका स्थानका बिरामी समेत प्रदेश अस्पताल पर्वतमा आउने गरेका उनको भनाइ छ।
पछिल्ला केही वर्षमा निर्माण भएका आधुनिक सुविधा सहितका भौतिक संरचना र शल्यक्रिया सेवा प्रदान गर्ने चिकित्सकको व्यवस्थापन हुँदै गएपछि अस्पतालमा सेवाग्राहीको सङ्ख्या बढिरहेको छ। अस्पतालले बिरामीको आवश्यकता तथा सरकारी वा गैरसरकारी सेवामा संलग्न रहेकाहरूको व्यस्त समयलाई ख्याल गरेर ओपिडी सेवालाई बिहान र बेलुकाको समयमा पनि विस्तार गरेपछि बिरामीको चाप झनै बढ्दै गएको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया