
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । पटक पटक प्रयास गर्दा पनि यातायात व्यावसायीको अटेरीका कारण बसपार्क संचालनमा समस्या परेपछि बुधवार जिल्ला प्रशसान कार्यालय पर्वतमा बसेको सर्वपक्षिय सरोकारवालाहरुको बैठकले ब्यवस्थित रुपमा संचालन गर्ने निर्णय गरेको छ ।
पर्वत सदरमुकाम कुश्माबजारको बान्द्रेबिडिमा रहेको बसपार्क गत कात्तिक १४ गतेदेखि संचालनमा आएपनि सवारीसाधनहरु सडकमै छरपस्ट पार्किङ्ग गर्ने प्रचलन नहटेपछि सरोकारवालाहरु एकजुट भएका हुन् । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा बसपार्कलाई उद्देश्यअनुसार व्यवस्थित रूपमा सञ्चालन गर्ने सहमति भएको छ ।
कुश्मा बसपार्कलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने तथा बजार क्षेत्रमा हुने अव्यवस्थित पार्किङ नियन्त्रण गर्ने उद्देश्यले बसेको छलफलले सार्वजनिक सवारीसाधन अनिवार्य रूपमा बसपार्कभित्र प्रवेश गराई त्यहीँबाट यात्रु चढाउने–ओराल्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ ।
सहमति अनुसार अब सबै प्रकारका सार्वजनिक सवारीसाधनले बसपार्कभित्रै प्रवेश गरी यात्रु चढाउने र ओराल्ने व्यवस्था गर्नुपर्ने निर्णय भएको छ । यसअघि बसपार्कबाट निस्केका सवारीसाधनलाई १० मिनेटसम्म शिवालय चोकमा लाइनमा बस्न दिइएको व्यवस्था पनि खारेज गरिएको छ ।
त्यसैगरी सडकमा जथाभावी पार्किङ गर्ने वा सवारी रोकेर यात्रु चढाउने–ओराल्ने सार्वजनिक सवारीसाधन माथि जरिवाना तथा आवश्यक परे ह्विल लक लगाउनेसम्मको कारबाही गरिने भएको छ । बैठकले अन्य जिल्लाबाट आउने सबै सार्वजनिक यातायातका साधनलाई पनि अनिवार्य रूपमा कुश्मा बसपार्कभित्र प्रवेश गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ । साथै बसपार्कमा रहेका टिकट काउन्टरहरूको सरसफाइ तथा स्वच्छताको अवस्था मूल्यांकन गर्दै यात्रुमैत्री र स्वास्थ्य मापदण्डअनुसार क्रमशः व्यवस्थापन गरिने सहमति भएको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण पौडेलले जानकारी दिनुभयो ।
पटक पटक निर्णय हुने तर कार्यान्वयनमा नआउने समस्या भएपछि नगरपालिकाले सर्वपक्षिय बैठक राखेको हो । जसमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधिहरुले पनि बसपार्कलाई संचालन गर्न सवैले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । यातायात व्यावसायीहरुले भने सवारीसाधनहरुलाई सहज रुपमा भित्रिन तथा बाहरीनका लागि केहि संरचनाहरुलाई सुधार गर्न माग गरेका छन् ।
बसपार्क संचालनका लागि कुश्मा नगरपालिकाले ११ लाख रुपैयामा युवा व्यावसायी दिपक फगामी पुनलाई ठेक्का लगाएको छ । ठेक्का लगाएपनि संचालनको वातावरण नबनाईदिएको भन्दै यस वर्षको रकम भुक्तानीमा समस्या आएपछि सवैले सहयोग गर्ने प्रविबद्धता जनाएका हुन् ।
बसपार्क भित्र सवारीसाधनहरु पुर्ण रुपमा नभित्रिँदा शिवालय चोक र मध्यपहाडी लोकमार्गमा अब्यवस्थित रुपमा सवारीसाधनहरु पार्किङ गरेर राख्ने गरिएको छ । छ करोड ६६ लाख ३ हजार २ सय ५० लागतमा बनेको बसपार्क हाताभित्र दुई ठाउँमा सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ । दुईतले भवनसहित टिकट काउन्टर, यात्रु प्रतिक्षालय, शौचालय र व्यवसायिक प्रयोजनका लागि आधादर्जन संख्यामा सटरसहितको कोठा निर्माण गरिएको छ ।
पर्वत सदरमुकाम कुश्मा बजार बाट दिनहुँ काठमाण्डौ, पोखरा, सुनौली, बिराटनगर, नेपालगंज, भैरहवा, काकडभित्ता लगायतका शहरमा सार्वजनिक सवारी साधनहरु छुटने गर्छन भने दैनिक हजारौको संख्यामा सवारी साधनहरु बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्मा हँुदै जाने गर्दछन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया