
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पुजनिय आमा सेवा ढोग, हजुर त्यहा कुसल मङल हुनुहुन्छ भन्ने आसा अनि भगवानसङ प्राथना गरिरहेको छु। म आज हजुरहरुको सामिप्यतामा छैन आज प्रत्यक पल पलमा हजुरहरुको माया खड्किरहेको छ यो बिरानो मुलुकमा हो आमा म देसमै बसेर केही गर्ने सोच राखेको थिए तर आज म बिरानो मुलुकमा आफ्नो रगत पसिनासङ भबिस्यका सुनौला सपनाहरु साट्न बाध्य छु ।मुलुकमा बेरोजगारी समस्या ब्याप्त छ।कृषि प्रधान मुलुक खाद्यान्नका लागि मुख ताक्नु पर्ने अबस्थामा पुगेको छ।हो आमा अझै पनि मुलुकका कर्णधार मानिएका युवाहरु आफ्नो रगत र पसिनालाई लिलामी गर्न अन्तरास्ट्रिय बजार धाईरहुनु पर्ने बाध्यता आईरहेको छ।एकातिर आफ्नो गाउठाउमा अबसर नपाएर आफ्नो सीप र पसिना बेदेस लगेर बेच्नुपरिरहेको जागजेहेरै छ भने अर्कातिर मुलुकका सासकहरु ती नै युवाबाट भित्रीने रेमिट्यान्स बाट मुलुक चलाउन पाएकोमा दङ्ग छन।पछिल्लो पट्क युवाहरु बिदेसमा सुन नै फल्ने आसा बोकेर बैदेसिक रोजगारको यात्रा गर्न बाध्य छन् । बिदेसी भुमैको दलदलमा भासिन बाध्य छन् ।भासिएका युवाहरुको कारुणिक कथाहरु बखान नै गर्न सकिँदन कतिको अङभङ हुन्छ कतिको ज्यान नै लिलामी हुन्छ त्यो त बखान नै गर्न कहाँ सकिन्छ र?
हो आमा तिमिलाई खुशी दिने चुहिएको घरको छानो फेर्ने अनि साहुको रिन तिर्ने उपाएको खोजिमा परदेसिको यो बिरानो ठाउमा न घाम न पानी न दिन न रात भन्दै भबिस्यका सुनौला सपनाहरु सजाउन बाध्य हुनुपरेको छ । आमा माथिल्ला घरे काका पल्लाघरे काकाका छोराहरु पनि त प्रदेसिएका थिय नि उनिहरु आफ्नो सुनौलो भबिस्यसङ पौढे जोडि खेल्दा खेल्दै सपनाहरु त्यो रातो काठको बाकसमा सजिएर आएका होईनन र आमा? हो आमा मलाई पनि कहिल्यकाही डर लाग्छ मेरा सपनाहरु पनि त्यसरिनै तुहिने त होईनन भनेर! आमा आजकल त हजुर अलिक बिरामी हुनुहुन्छ भन्ने सुनेको थिए हजुरको दम पनि ह्यात्यै बढेको छ रे अनि मेरै चिन्ताले हजुरको रक्तचाप पनि ह्यात्तै बढेको छ रे! आमा आजकल सुन्छु साहुले ब्याज तिरेन भनेर दिन दिनै धम्क्याउन गुण्डाहरु पठाउछ रे! हो आमा म जस्ता हजारौ दाजुभाई बेदेसी भुमिमा आफ्नो रगत पसिना साट्न बाध्य छौ । खै र आमा हाम्रा पनि दिन आउछन र? तिमिले सुखको सास फेर्न पाउली र खै? थाहा छ आमा हिजो म सङै बस्ने साथिको मेसिनले हात नै लगिदियो के गर्नु दैबको लिला कस्ले पो जान्छर? मैले यति कोर्दा र मेरा चिठी पढेर तिमी अतालेउअली न अतालिनु है म त अहिले सम्म एक छाक खाएर भएपनी जिएकै छु ।
आमा 2007 सालमा राणा फाले हाम्रा जिजु बाजेले २०४६ मा पन्चायत फाले हाम्रा बाबाले अनि २०६२/२०६३ मा मैले पनि जानी नजानी जिन्दाबाद र मुर्दाबादको नारा लगाउदै आन्दोलनमा सहभागी भय तत्पस्चात राजतन्त्र पनि अन्त्य भयो मुलुकमा लोकतान्त्रिक ब्यबस्था पुनःस्थापना भयो ।आमा त्यति बेला तिमिले लामो सास फेर्दै मलाई भन्ने गर्थेउ नि छोरा अब हाम्रा दिन पनि फिर्ने भए । खै र आमा त्यो समएको उमङ आज कागलाई बेल पाक्यो हर्सन बिस्मात भने जस्तै बनेको छ । हो आमा एउटा खाने भुडि समाप्त भयो उतिबेला आज त मुलुकमा त्यो भन्दा पनि निकै अजिङर जत्रा भुँडी भएकाहरुको जन्म भएको छ । आमा हिजो चप्पलमा ल्याक्तो चक्लेटको खोल तन्काएर चप्पल लगाउने हरु आज आलिसान महल खडा गरेर चिल्लो करोडौको गाडिमा सरर गुड्दा मन भुमरी जस्तै बटारिन्छ । हो आमा अझै पनि ती टुहुरा भोका नाग्गा बालबालिका आफ्नो माडको निमित्त पोटासिएम र साईनाईटले पेट भर्न बाध्य छन ! उपचार नपाएर दुर दराजका जनताहरु अकालमा मर्न बाध्य छन । खै र आमा तिमी हामिलाई लोकतन्त्र आएको मन हर्ष छाएको ।खाउ दिन भरिको सिकर न खाउ कान्छा बाउको अनुहार जस्तै भएको छ।
आमा यो तपाईको अबोध सन्तानले हजुरको एक थन खुसी किन्न सक्ने आसा भरोसा अनि बिस्वास्मा अडिग रहने प्रतिबद्दता जनाउन चाहन्छु । आमा आजकल त देसमा ठुलै परिबर्तन भएको छ रे मुलुकमा निकम्पाहरुले सासन गरेका छन रे बेला बेलामा चट्क देखाउछन रे दर्सक जम्मा पार्छन रे अनि दर्सकले चटक हेरेर ताली पिट्दै मजा लिन्छन रे आमा तिमी पनि चटक हेर्न जान्छेउ होला मेट्रो रेल चडेर कति परिवर्तन भएको छ मेरो देस है आमा आजकल धारामा पानी आउँछ रे दैनिक जसो मेलम्सिको पानी पनि राजधानिमा आयो होला अहिलेसम्म त!हो आमा तिमी पनि आजकल घर घरमा भित्रएको ग्यास चुलोमा खाना बनाउदै आफ्नो दम कम गर्दै होउली आमा तिमी सरर पानीजहाजमा नेपाल भ्रमण गरिरहेकी हौली राम्रा अस्पतालमा रक्तचापको उपचार गरिरहेकी हौली नातिलाई निसुल्क उच्च स्तरको बिधालयमा भर्ना गरेकी हौली! यति शब्द लेख्दै गर्दा मेरो निन्द्रा पनि खुलेछ आमा म सपनामा हजुरलाई यत्तिका शब्द कोरिरहेछु। आमा म बिबस छु २हप्ता अगाडि हजुरलाई पठाएको मोबाईल गुन्यु चोलो नातिलाई पठाएको ट्याबलेट प्यारिलाई पठाएको घडी अनि आफन्तलाई पठाएको चक्लेट त्यो बिमानिस्थलमा पास हुन पाएनरे हो आम जहाँ ३३किलो सुन सजिलै पास भएको थियो ।हामी गरिब जनतालाई तिर हान्ने काम भएको छ आमा हजुरहरुको सानो खुसी पनि देख्न नसक्ने हरु कसरी गरिब जनताका सासक हुन्छन।
आमा आज मुलुकमा अरबौ अरबौ रकम भ्रष्टाचार भएको छ मुलुक हामी जस्ता ४०लाख युवाको रेमिटान्सबाट चलिरहेको छ अनि हामिलाई नै लात्ती हाने काम हुदा हामी चुपचाप सहेर बस्नु पर्ने हाम्रो बाध्यता हो आमा हामी दबिएरै बस्नु पर्ने उनिहरु चाहिँ लोकतान्त्रिक ब्यबस्थाको फुस्रा भासण गरेर दिन गुना चौ गुना चिल्ला गाडी र बङला जोड्नु पर्ने अनि कर चाहिँ हामीले तिर्नु पर्ने ! आमा हुन त म भन्दा देसको बारेमा तिमी धरै जानकार छेउ तर पनि कुनै न कुनै तरिकाले यो तिम्रो सन्तान पनि जानकार राखिरहन्छ । हो आमा आजकल त शासन गर्ने हरुको बिरोध गर्न पनि पाईन्नरे गित बजाउन्न पनि पाईन्नरे खै र आमा आज मुलुकको लोकतान्त्रिक ब्यवस्था कता तिर गएको हो कुन्नी? मलाई त डर लाग्छ आमा कतै तिमिलाई लेखेको यो पत्र पनि बिचबाटो बाटै गाएब बनाउनी हुन कि भन्ने डर लाग्छ आमा !आमा आजकल त ती न्याउली चरिले पनि बिरहको धुन सुनाउन पाउदिनन होलि ती गाईने दाईले सारङिको तालमा बिरहका भाका पनि सुनाउन नपाउने होलान के गर्छेउ आमा तिमी सुखी हुन कहिल्यै पाउनी भईनौ!
आमा तिमिलाई ल्याईदिने कोसेलिमा पनि भन्सार तिर्नु पर्ने कस्तो बिडम्बना है आमा मलाई एदाकदा डर लाग्छ कतै म पनि त्यो रातो काठको बाकसमा आय भने भन्सार तिर्ने साम्रर्थ तिमिमा हुदैन अनि सास देख्न त पाईनौ मेरो लास पनि देख्न पाईनौ भने तिम्रा ती मन हरु कसरी भक्कानिन्छन होला कुडिन्छन होला खै र आमा हामिलाई लोकतन्त्र ! भोकतन्त्र सोकतन्त्र ठोकतन्त्र लुटतन्त्रमा हामिलाई अट्ने कुनै ठाउनै छैन आमा यति लेखिरहदा म स्वर्गमा भयकी मेरि आमालाई सम्झिरहेको छु! सरकार लोकतान्त्र नेतालाई होईन जनतालाई प्रत्याभुती हुने हुनुपर्छ जनताले राजा फाले जस्तै फेरि सयौ राजालाई फाल्न पछि हट्ने छैनन बिधिको शासन अन्त्य गर्ने पराकाष्ठाले घेरा नाघयो भने कोहि हातमा दहि जमाएर बस्ने वाला छैनन दुई तिहाईको दम्भले केही हुने वाला छैन जनताका आधारभुत आवस्यकता पूरा गर्न सक्यो भने मात्र जनताले लोकतन्त्रको महसुस गर्नेछन नत्र त हात्ती आयो हात्ती आयओ फुस्सा नै हो । चेतना भया ! आमा आजलाई यत्ती नै फेरि अर्को चिठिमा भेट्ने बाचा गर्दै आजलाई बिदा चाहन्छु उहीँ हजुरलाई माया गर्ने हजुरको छोरा
आसिस सापकोटा


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया