
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
पुजनिय आमा सेवा ढोग, हजुर त्यहा कुसल मङल हुनुहुन्छ भन्ने आसा अनि भगवानसङ प्राथना गरिरहेको छु। म आज हजुरहरुको सामिप्यतामा छैन आज प्रत्यक पल पलमा हजुरहरुको माया खड्किरहेको छ यो बिरानो मुलुकमा हो आमा म देसमै बसेर केही गर्ने सोच राखेको थिए तर आज म बिरानो मुलुकमा आफ्नो रगत पसिनासङ भबिस्यका सुनौला सपनाहरु साट्न बाध्य छु ।मुलुकमा बेरोजगारी समस्या ब्याप्त छ।कृषि प्रधान मुलुक खाद्यान्नका लागि मुख ताक्नु पर्ने अबस्थामा पुगेको छ।हो आमा अझै पनि मुलुकका कर्णधार मानिएका युवाहरु आफ्नो रगत र पसिनालाई लिलामी गर्न अन्तरास्ट्रिय बजार धाईरहुनु पर्ने बाध्यता आईरहेको छ।एकातिर आफ्नो गाउठाउमा अबसर नपाएर आफ्नो सीप र पसिना बेदेस लगेर बेच्नुपरिरहेको जागजेहेरै छ भने अर्कातिर मुलुकका सासकहरु ती नै युवाबाट भित्रीने रेमिट्यान्स बाट मुलुक चलाउन पाएकोमा दङ्ग छन।पछिल्लो पट्क युवाहरु बिदेसमा सुन नै फल्ने आसा बोकेर बैदेसिक रोजगारको यात्रा गर्न बाध्य छन् । बिदेसी भुमैको दलदलमा भासिन बाध्य छन् ।भासिएका युवाहरुको कारुणिक कथाहरु बखान नै गर्न सकिँदन कतिको अङभङ हुन्छ कतिको ज्यान नै लिलामी हुन्छ त्यो त बखान नै गर्न कहाँ सकिन्छ र?
हो आमा तिमिलाई खुशी दिने चुहिएको घरको छानो फेर्ने अनि साहुको रिन तिर्ने उपाएको खोजिमा परदेसिको यो बिरानो ठाउमा न घाम न पानी न दिन न रात भन्दै भबिस्यका सुनौला सपनाहरु सजाउन बाध्य हुनुपरेको छ । आमा माथिल्ला घरे काका पल्लाघरे काकाका छोराहरु पनि त प्रदेसिएका थिय नि उनिहरु आफ्नो सुनौलो भबिस्यसङ पौढे जोडि खेल्दा खेल्दै सपनाहरु त्यो रातो काठको बाकसमा सजिएर आएका होईनन र आमा? हो आमा मलाई पनि कहिल्यकाही डर लाग्छ मेरा सपनाहरु पनि त्यसरिनै तुहिने त होईनन भनेर! आमा आजकल त हजुर अलिक बिरामी हुनुहुन्छ भन्ने सुनेको थिए हजुरको दम पनि ह्यात्यै बढेको छ रे अनि मेरै चिन्ताले हजुरको रक्तचाप पनि ह्यात्तै बढेको छ रे! आमा आजकल सुन्छु साहुले ब्याज तिरेन भनेर दिन दिनै धम्क्याउन गुण्डाहरु पठाउछ रे! हो आमा म जस्ता हजारौ दाजुभाई बेदेसी भुमिमा आफ्नो रगत पसिना साट्न बाध्य छौ । खै र आमा हाम्रा पनि दिन आउछन र? तिमिले सुखको सास फेर्न पाउली र खै? थाहा छ आमा हिजो म सङै बस्ने साथिको मेसिनले हात नै लगिदियो के गर्नु दैबको लिला कस्ले पो जान्छर? मैले यति कोर्दा र मेरा चिठी पढेर तिमी अतालेउअली न अतालिनु है म त अहिले सम्म एक छाक खाएर भएपनी जिएकै छु ।
आमा 2007 सालमा राणा फाले हाम्रा जिजु बाजेले २०४६ मा पन्चायत फाले हाम्रा बाबाले अनि २०६२/२०६३ मा मैले पनि जानी नजानी जिन्दाबाद र मुर्दाबादको नारा लगाउदै आन्दोलनमा सहभागी भय तत्पस्चात राजतन्त्र पनि अन्त्य भयो मुलुकमा लोकतान्त्रिक ब्यबस्था पुनःस्थापना भयो ।आमा त्यति बेला तिमिले लामो सास फेर्दै मलाई भन्ने गर्थेउ नि छोरा अब हाम्रा दिन पनि फिर्ने भए । खै र आमा त्यो समएको उमङ आज कागलाई बेल पाक्यो हर्सन बिस्मात भने जस्तै बनेको छ । हो आमा एउटा खाने भुडि समाप्त भयो उतिबेला आज त मुलुकमा त्यो भन्दा पनि निकै अजिङर जत्रा भुँडी भएकाहरुको जन्म भएको छ । आमा हिजो चप्पलमा ल्याक्तो चक्लेटको खोल तन्काएर चप्पल लगाउने हरु आज आलिसान महल खडा गरेर चिल्लो करोडौको गाडिमा सरर गुड्दा मन भुमरी जस्तै बटारिन्छ । हो आमा अझै पनि ती टुहुरा भोका नाग्गा बालबालिका आफ्नो माडको निमित्त पोटासिएम र साईनाईटले पेट भर्न बाध्य छन ! उपचार नपाएर दुर दराजका जनताहरु अकालमा मर्न बाध्य छन । खै र आमा तिमी हामिलाई लोकतन्त्र आएको मन हर्ष छाएको ।खाउ दिन भरिको सिकर न खाउ कान्छा बाउको अनुहार जस्तै भएको छ।
आमा यो तपाईको अबोध सन्तानले हजुरको एक थन खुसी किन्न सक्ने आसा भरोसा अनि बिस्वास्मा अडिग रहने प्रतिबद्दता जनाउन चाहन्छु । आमा आजकल त देसमा ठुलै परिबर्तन भएको छ रे मुलुकमा निकम्पाहरुले सासन गरेका छन रे बेला बेलामा चट्क देखाउछन रे दर्सक जम्मा पार्छन रे अनि दर्सकले चटक हेरेर ताली पिट्दै मजा लिन्छन रे आमा तिमी पनि चटक हेर्न जान्छेउ होला मेट्रो रेल चडेर कति परिवर्तन भएको छ मेरो देस है आमा आजकल धारामा पानी आउँछ रे दैनिक जसो मेलम्सिको पानी पनि राजधानिमा आयो होला अहिलेसम्म त!हो आमा तिमी पनि आजकल घर घरमा भित्रएको ग्यास चुलोमा खाना बनाउदै आफ्नो दम कम गर्दै होउली आमा तिमी सरर पानीजहाजमा नेपाल भ्रमण गरिरहेकी हौली राम्रा अस्पतालमा रक्तचापको उपचार गरिरहेकी हौली नातिलाई निसुल्क उच्च स्तरको बिधालयमा भर्ना गरेकी हौली! यति शब्द लेख्दै गर्दा मेरो निन्द्रा पनि खुलेछ आमा म सपनामा हजुरलाई यत्तिका शब्द कोरिरहेछु। आमा म बिबस छु २हप्ता अगाडि हजुरलाई पठाएको मोबाईल गुन्यु चोलो नातिलाई पठाएको ट्याबलेट प्यारिलाई पठाएको घडी अनि आफन्तलाई पठाएको चक्लेट त्यो बिमानिस्थलमा पास हुन पाएनरे हो आम जहाँ ३३किलो सुन सजिलै पास भएको थियो ।हामी गरिब जनतालाई तिर हान्ने काम भएको छ आमा हजुरहरुको सानो खुसी पनि देख्न नसक्ने हरु कसरी गरिब जनताका सासक हुन्छन।
आमा आज मुलुकमा अरबौ अरबौ रकम भ्रष्टाचार भएको छ मुलुक हामी जस्ता ४०लाख युवाको रेमिटान्सबाट चलिरहेको छ अनि हामिलाई नै लात्ती हाने काम हुदा हामी चुपचाप सहेर बस्नु पर्ने हाम्रो बाध्यता हो आमा हामी दबिएरै बस्नु पर्ने उनिहरु चाहिँ लोकतान्त्रिक ब्यबस्थाको फुस्रा भासण गरेर दिन गुना चौ गुना चिल्ला गाडी र बङला जोड्नु पर्ने अनि कर चाहिँ हामीले तिर्नु पर्ने ! आमा हुन त म भन्दा देसको बारेमा तिमी धरै जानकार छेउ तर पनि कुनै न कुनै तरिकाले यो तिम्रो सन्तान पनि जानकार राखिरहन्छ । हो आमा आजकल त शासन गर्ने हरुको बिरोध गर्न पनि पाईन्नरे गित बजाउन्न पनि पाईन्नरे खै र आमा आज मुलुकको लोकतान्त्रिक ब्यवस्था कता तिर गएको हो कुन्नी? मलाई त डर लाग्छ आमा कतै तिमिलाई लेखेको यो पत्र पनि बिचबाटो बाटै गाएब बनाउनी हुन कि भन्ने डर लाग्छ आमा !आमा आजकल त ती न्याउली चरिले पनि बिरहको धुन सुनाउन पाउदिनन होलि ती गाईने दाईले सारङिको तालमा बिरहका भाका पनि सुनाउन नपाउने होलान के गर्छेउ आमा तिमी सुखी हुन कहिल्यै पाउनी भईनौ!
आमा तिमिलाई ल्याईदिने कोसेलिमा पनि भन्सार तिर्नु पर्ने कस्तो बिडम्बना है आमा मलाई एदाकदा डर लाग्छ कतै म पनि त्यो रातो काठको बाकसमा आय भने भन्सार तिर्ने साम्रर्थ तिमिमा हुदैन अनि सास देख्न त पाईनौ मेरो लास पनि देख्न पाईनौ भने तिम्रा ती मन हरु कसरी भक्कानिन्छन होला कुडिन्छन होला खै र आमा हामिलाई लोकतन्त्र ! भोकतन्त्र सोकतन्त्र ठोकतन्त्र लुटतन्त्रमा हामिलाई अट्ने कुनै ठाउनै छैन आमा यति लेखिरहदा म स्वर्गमा भयकी मेरि आमालाई सम्झिरहेको छु! सरकार लोकतान्त्र नेतालाई होईन जनतालाई प्रत्याभुती हुने हुनुपर्छ जनताले राजा फाले जस्तै फेरि सयौ राजालाई फाल्न पछि हट्ने छैनन बिधिको शासन अन्त्य गर्ने पराकाष्ठाले घेरा नाघयो भने कोहि हातमा दहि जमाएर बस्ने वाला छैनन दुई तिहाईको दम्भले केही हुने वाला छैन जनताका आधारभुत आवस्यकता पूरा गर्न सक्यो भने मात्र जनताले लोकतन्त्रको महसुस गर्नेछन नत्र त हात्ती आयो हात्ती आयओ फुस्सा नै हो । चेतना भया ! आमा आजलाई यत्ती नै फेरि अर्को चिठिमा भेट्ने बाचा गर्दै आजलाई बिदा चाहन्छु उहीँ हजुरलाई माया गर्ने हजुरको छोरा
आसिस सापकोटा


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया