एजेन्सी ।लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक युरोपको उत्कृष्ट फुटबलर बनेका छन् । उनले बार्सिलोनाका लिओनल मेस्सी र युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यूईएफए प्लेयर अफ दि सिजनको उपाधि जितेका छन् । युईएफएले युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा डायकलाई अवार्ड दिएको हो।गत सिजन टोटनह्यामलाई २-० ले हराउँदै लिभरपुलले च्याम्पियन्स लिग जित्दा उनको उत्कृष्ट प्रदर्शन थियो अवार्ड जितेसँगै भान डाइकले सबै टिममेटलाई धन्यवाद दिएका छन् । उनले भने, उनीहरुबीच यो उपलब्धी सम्भव थिएन यो अवार्ड पाउँदा खुसी छु ।
डच डिफेन्डर डायकले यस सिजन लिभरपुलबाट च्याम्पियन्स लिग जितेका थिए। उनले नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुर्याएका थिए। डायक ‘युईएफए प्लेयर अफ द इयर’ अवार्ड पाउने पहिलो डच खेलाडी समेत बनेका छन्।यस्तै डायकले ‘डिफेन्डर अफ दि सिजन’ अवार्ड समेत जितेका छन्।महिलातर्फ भने इंग्ल्याण्डकी लुसी ब्रोज्जले यो अवार्ड जितेकी छन् ।