
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत। सामाजिक सेवामा सक्रिय पर्वत जेसीजले जिल्लाको सदरमुकाम कुश्मास्थित बडागाउँ चौरमा दुई दिने सरसफाइ अभियान सम्पन्न गर्दै खेल मैदान व्यवस्थापनमा उपकरण सहयोग गरेको छ ।अभियानअन्तर्गत चौरमा उम्रिएको घाँस काट्ने, फोहोर सङ्कलन तथा हटाउने लगायतका कार्य गरी खेल मैदानलाई खेलकुद गतिविधिका लागि थप व्यवस्थित र सहज बनाइएको जेसीज अध्यक्ष शर्मिला शर्माले बताइन् । सरसफाइ अभियानको समापनसँगै पर्वत जेसीजले बडागाउँ चौरको नियमित रेखदेख तथा व्यवस्थापन गर्दै आएको कुश्मा स्पोर्टस् क्लबलाई करिब २० हजार मूल्य बराबरको घाँस काट्ने मेसिन हस्तान्तरण गरेको छ । उक्त मेसिनले खेल मैदानको नियमित मर्मत–सम्भारमा सहज बनाउने छ ।
मेसिन ग्रहण गर्दै कुश्मा स्पोर्टस् क्लबका अध्यक्ष विक्रम श्रेष्ठले खेलकुद पूर्वाधार संरक्षण र सामाजिक उत्तरदायित्वप्रति पर्वत जेसीजले देखाएको सक्रियताप्रति आभार व्यक्त गरे । उनले जेसीजको सहयोगले बडागाउँ चौरलाई थप व्यवस्थित राख्न ठुलो सहयोग पुग्ने बताए । पर्वत जेसीजकी अध्यक्ष शर्माले संस्थाले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर विभिन्न सार्वजनिक हितका अभियान सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक, खेलकुद तथा समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिइने बताइन् ।
पर्वत सदरमुकाम कुश्मामा रहेको बडागाउँ चौर जिल्लाकै प्रमुख खुला खेल मैदानका रूपमा परिचित छ । यहाँ नियमित रूपमा फुटबल, क्रिकेट, एथलेटिक्सलगायत विभिन्न खेलकुद गतिविधि सञ्चालन हुँदै आएका छन् ।
यही मैदानमा यही साउनको २८ गतेदेखि ३१ गतेसम्म पर्वत जेसीजको आयोजनामा दोस्रो खुल्ला ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता आयोजना हुँदै छ । गत वर्षबाट सुरु भएको प्रतियोगितालाई निरन्तरता दिँदै यस वर्ष पनि प्रतियोगिताको आयोजना गर्न लागिएको हो । प्रतियोगितामा विजेता बन्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । व्यक्तिगततर्फ ‘वेस्ट प्लेयर’, ‘वेस्ट डिफेन्डर’, ‘हाइ स्कोरर’, ‘राइजिङ प्लेयर’, ‘वेस्ट मीड फिल्डर’, ‘वेस्ट गोल किपर’ तथा प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ घोषित हुने खेलाडीहरूले पनि पुरस्कार प्राप्त गर्ने छन् ।
सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको जेसीजले सन २०२६ मा पनि अभिप्रेरित युवा र समुदायको रूपान्तरणको लागि ‘वन टिम ः वन भिजन’ भन्ने नाराका साथ प्रतियोगिताको आयोजना भएको हो । खेलकुदको क्षेत्रमा योगदान दिन तथा पर्वत र यस क्षेत्रको खेल क्षेत्र र त्यसमा पनि विशेष गरी फुटबलको विकासमा सम्भावनाको खोजी गर्नका लागि प्रतियोगिता गर्न लागिएको अध्यक्ष शर्माले बताइन् ।
खेललाई वातावरणमैत्री र सन्देशमूलक बनाउनको लागि प्रत्येक एक गोलको अवसरमा एक वृक्ष रोपण गरिने जेसीजले बताएको छ । ‘वातावरणको संरक्षणमा हाम्रो प्रतिबद्धतालाई अझै सशक्त बनाउँदै हरेक गोलमा हरेक बिरुवा रोप्नुले हरेक व्यक्तिमा वातावरणप्रतिको चेतना अझै बढ्छ’, अध्यक्ष शर्माले भनिन्, ‘साना क्लबमा भए पनि गेम खेलिरहेका युवाहरूमा कति धेरै क्षमता हुन्छ । तर त्यो क्षमता प्रदर्शन गर्न नपाउँदै व्यक्तिले आफ्नो क्षमता पहिचान गर्न पाएको छैन । राज्यले आवश्यक उत्कृष्ट नपाएको पनि हुन सक्छ । यही अवसरका लागि पनि यो प्रतियोगिता महत्त्वपूर्ण छ ।’
गत वर्ष आयोजना भएको पहिलो संस्करणको उपाधि ‘होटेल बेन्जु’ पोखराले जितेको थियो । अघिल्लो संस्करणमा जेसीजका विभिन्न शाखा तथा जेसिज बाहिरका खेलकुद क्लब, युवा क्लब, समूह र व्यक्तिगत रूपमा निर्माण भएका १९ समूहहरूबिच खेल भएको थियो । ‘फाइनल’मा पोखाराकै गुन्नी फुटबल क्लबमाथि शून्यका विरुद्ध दुई गोल गर्दै ‘बेन्जु’ विजेता बनेको थियो ।
‘सेभेन ए साइड फुटबल’ को प्रत्येक टिममा सात जना मात्रै खेलाडी खेल्छन् । यो परम्परागत ११ जना खेलाडीहरू रहेर खेलिने फुटबलको सानो संस्करण हो । यसको मैदान सानो हुन्छ भने खेललाई दुई ‘हाफ’ मा विभाजन गरिएको हुन्छ । मनोरञ्जन, सामुदायिक एकता र प्रतिभा पहिचान गर्ने उद्देश्यले विभिन्न विद्यालय, क्लब, समाज वा सङ्घसंस्थाको आयोजनामा ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताहरू आयोजना हुने गरेका छन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया