News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News कला साहित्य समाचार

    दिया बले पनि मुटु त अध्यारो नै छ यहाँ : भुमि सुबेदी

    तिहार आयो फेरि पनि, घरभरि दीप बले,
    तर मनको कोठामा त अँध्यारो छ, उज्यालो कहाँ फले?
    एकै कोखको दिदि–बहिनी भए कति रमाइलो हुन्थ्यो होला,
    टिका लगाइँदै हाँसोमा, मायाको फूल फुल्थ्यो होला।

    आजै पनि रङ झैँ भाव ओइरिन्छ मनमा,
    तर त्यो स्पर्श छैन — जुन “दिदि” भनिएको नाममा।
    दिया बले पनि मुटु त अध्यारो नै छ यहाँ,
    किनभने मेरो तिहारमा — दिदि बहिनी नै छैनन्
    भुमि सुबेदि ( पर्बत )

    लाेक कल्याणकारी

    प्रतिक्रिया