
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
११महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
पर्वत।प्रदेश अस्पताल, कुश्मा, पर्वतमा शनिबार गण्डकी मेडिकल कलेज, पोखराका वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ सह–प्राध्यापक डा. अच्युत शर्माको उपस्थितिमा मानसिक तथा नशा रोगसम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
शिविर पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको हो। उद्घाटन समारोहमा प्रदेश अस्पताल, कुश्मा, पर्वत व्यवस्थापन समितिका अध्यक्ष **याम परियार ‘शिव’**को अध्यक्षता रहेको थियो।
कार्यक्रममा शसस्त्र प्रहरी बल, चण्डिका गण पर्वतका प्रमुख एसपी करण सिंह धामी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी विजय यादव लगायत विभिन्न सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा प्रदेश अस्पताल, कुश्मा, पर्वतका मेडिकल सुपरिटेण्डेन्ट डा. ढुण्डिराज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। मन्तव्यका क्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले मानिस शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि स्वस्थ रहनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले मानसिक स्वास्थ्य सुदृढ भएमा घर, टोल, समाज हुँदै समग्र जिल्लाको शान्ति, सुरक्षा र सभ्य समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविरबाट करिब ५० जनाले प्रत्यक्ष सेवा लिएका थिए। स्थानीय नागरिकहरूले यस्तो उपयोगी स्वास्थ्य शिविर आयोजना गरिएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गरेका छन्।
उक्त कार्यक्रमको सञ्चालन मेडिकल रेकर्ड निरीक्षक प्रकाश शर्माले गर्नुभएको थियो।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया