News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार स्वास्थ्य शिक्षा

    प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर

    पर्वत।प्रदेश अस्पताल, कुश्मा, पर्वतमा शनिबार गण्डकी मेडिकल कलेज, पोखराका वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ सह–प्राध्यापक डा. अच्युत शर्माको उपस्थितिमा मानसिक तथा नशा रोगसम्बन्धी १ दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

    शिविर पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको हो। उद्घाटन समारोहमा प्रदेश अस्पताल, कुश्मा, पर्वत व्यवस्थापन समितिका अध्यक्ष **याम परियार ‘शिव’**को अध्यक्षता रहेको थियो।

    कार्यक्रममा शसस्त्र प्रहरी बल, चण्डिका गण पर्वतका प्रमुख एसपी करण सिंह धामी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी विजय यादव लगायत विभिन्न सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    उद्घाटन समारोहमा प्रदेश अस्पताल, कुश्मा, पर्वतका मेडिकल सुपरिटेण्डेन्ट डा. ढुण्डिराज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। मन्तव्यका क्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले मानिस शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि स्वस्थ रहनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले मानसिक स्वास्थ्य सुदृढ भएमा घर, टोल, समाज हुँदै समग्र जिल्लाको शान्ति, सुरक्षा र सभ्य समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

    निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविरबाट करिब ५० जनाले प्रत्यक्ष सेवा लिएका थिए। स्थानीय नागरिकहरूले यस्तो उपयोगी स्वास्थ्य शिविर आयोजना गरिएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गरेका छन्।

    उक्त कार्यक्रमको सञ्चालन मेडिकल रेकर्ड निरीक्षक प्रकाश शर्माले गर्नुभएको थियो।

    लाेक कल्याणकारी

    प्रतिक्रिया