News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News खेलकुद पत्रपत्रिका मुख्य समाचार राष्ट्रिय समाचार

    प्रधानमन्त्री कप २०८२ को‌ पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने

    गोबिन्द रिजाल,पर्बत। प्रधानमन्त्री कप २०८२ को‌ जिल्ला छनोटको लागि पर्वत च्याम्पियनसिप २०८२ माघ महिनामा गर्ने निर्णय भएको छ । यसको लागि पर्वत जिल्ला स्थित सम्पूर्ण खेलाडीहरूलाई दर्ताको लागि पर्वत क्रिकेट संघले आह्वान गरेकोछ । पर्बत जिल्ला भित्र छरिएर रहेका खेलाडीहरुलाई समेटेर माघको १ गते सम्म खेलाडी दर्ता  फर्म पर्वत क्रिकेट संघमा सम्पूर्ण खेलाडीहरूलाई दर्ताको लागि आह्वान गरेको कुरा पर्वत क्रिकेट संघका अध्यक्ष रेशम बहादुर के.सीले हामीलाई जानकारी गराउनु भयो ।

    छनोट प्रतियोगितामा भाग लिनका लागि अनिवार्य रूपमा फोटोसहितको खेलाडी दर्ता फार्म भरि क्रिकेट संघ मा बुझाउनुपर्नेछ भने खेलाडी दर्ता फार्म शुल्क रु ५०० लाग्ने कुरा पर्बत क्रिकेट संघ का सचिब दिपेन्द्र शर्मा लामिछानेले बताउनु भयो । छनोट प्रतियोगिता अवधिमा आफूलाई आवश्यक पर्ने क्रिकेट किट लगायत सम्पूर्ण समान तथा अन्य आवश्यकपर्ने कुराहरुको स्वयं खेलाडीले नै व्यवस्था गर्नुपर्नेछ भने प्रतियोगितामा कम्तिमा ४ टिमको सहभागिता रहनेछ र एक टिमले बढीमा ३ खेल खेल्न पाउनेछ ।

    सहभागी खेलाडीहरूको उमेर १५ वर्षभन्दा माथिको हुनुपर्ने र खेलाडी दर्ता फार्म अनिवार्य रूपमा एक एक प्रति नागरिकता वा पासपोर्ट वा जन्मदर्ता को प्रमाणपत्र पनि संलग्न गर्नुपर्नेछ । उक्त प्रतियोगितामा पर्वत जिल्ला भित्रको वा पर्बत क्रिकेट संघमा दर्ता वा आबद्ध भएकोको खेलाडीहरूले मात्र सहभागिता जनाउने पाउनेछन् र उक्त प्रतियोगिताबाट उत्कृष्ट २४ जनालाई  टु-डे प्रतियोगिताको लागि छनोट गरिने कुराको जानकारी हाम्रो सूचनाकेन्द्र डटकम लाई अध्यक्ष रेशम बहादुर के.सीले बताउनु भयो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया