
१लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
२टुंडिखेलमा बिटी कप जारी, पहिलो चरणका ८ खेल सकिए
३काभा महिला भलिबल: नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रबेश
४कमल थापाको दावी : भोट माग्न जाँदा अधिकांशले अब राजा नभई हुँदैन भन्छन्
५देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
६मुम्बईमा टी–२० विश्वकप, काठमाडौंमा दर्शकको क्रेज
७चुनावमा निर्वाचन आयोगले ९ प्रकारका सामग्री केन्द्रबाटै पठाउने
८पर्वतका वस्तीहरु बसाईसराईले रित्तिदै
९कांग्रेस जनताले खोजेजस्तो पार्टी बनेको छ, अब तागत दिनुस् : महामन्त्री पौडेल
१०बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
११जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
१२पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
४अञ्जुली सहकारीमा भीम गायक
५पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
६पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
७स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
८म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
९समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१०पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
११जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
१२पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
शिशिर पाैडेल, पोखरा। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन्।विद्यालयको ७९ औं बार्षिकोत्सव एवं अभिभावक दिवस समारोहको अवसरमा १ लाख ११ हजार १ सय ११ रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। आफ्ना बुबा र भाइ शिवराजले अध्ययन गरेको र उनीहरूको सम्मान स्वरुप अक्षयकोष स्थापना गरेको मेयर आचार्यले बताए। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर आचार्यले सबै पक्षको सहकार्यबाट मात्र सामुदायिक विद्यालयलाई अब्बल बनाउन सकिने उदाहरण यस विद्यालयले पुष्टि गरेको बताए।
उनले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको बताउँदै, कमजोर विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सघाउन महानगर तयार रहेको स्पष्ट पारे। राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख भाष्करराज पन्तले शिक्षक, अभिभावक र विद्यालय प्रशासनको समन्वयबाट मात्र सफलता प्राप्त गर्न सकिने बताए। कार्यक्रममा विद्यालयमा महत्वपुर्ण मानिएको अध्यक्ष अवार्ड प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई प्रदान गरिएको छ । व्यवस्थापन समितिको समन्वयमा अध्यक्षले चयन गर्ने सो अवार्ड पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य,प्रदेश परीक्षा व्यवस्थापन कार्यालय प्रमुख भास्कर दत्त पन्त, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, पुष्पेन्द्र पाण्डे,शिक्षा अधिकृत जीवन प्रसाद रेग्मीले अवार्ड र सम्मानपत्र सहित सम्मान गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाले सो सर्वोत्कृष्ट अवार्डको घोषणा गरेका थिए ।
सम्मानित भएपछि प्रधानाध्यापक आचार्यले प्राप्त सम्मान आफ्नो मात्र नभई विद्यालयको समग्र शैक्षिक तथा भोतिक विकासमा अहोरात्र खट्टिने शिक्षक कर्मचारी प्रतिको सम्मान भएको बताए । यस सम्मानबाट आफुलाई भावुकसहित हर्षित बनाएको भन्दै उनले अझै बढी काम गर्ने उत्प्रेरणा र उर्जा मिलेको सुनाए । एक वर्ष निजामती कर्मचारी, ३ वर्ष संस्थागत विद्यालयको शिक्षण अनुभव संगालेका आचार्यले २०५२ सालमा जनचेतन मावि निर्मल पोखरीमा स्थायी नियुक्त भई २०६० सालमा सरुवा भई त्यस विद्यालयमा पुगेका आचार्य विगत एक दशक देखि प्रधानाध्यापक भई कुशल निम्मेवारी निभाई रहेका छन् । यस अघि सोही विद्यालयमा शिक्षक अभिभावक संघमा ३ वर्ष,विद्यालय व्यवस्थापन समितिमा ३ वर्ष शिक्षक प्रतिनिधिका रुपमा , सहायक प्रधानाध्यापकमा ५ वर्ष कार्य गरेको अनुभव छ । २०७३ साउनबाट हालसम्म पनि निरन्तरप्रधानाध्यापकको जिम्मेवारी लिएका छन् । २०८० मा राष्ट्रिय शिक्षा पुरस्कार २०८१ म प्रदेश शिक्षा पुरस्कार प्राप्त गरेका आचार्यको कार्यकालमा विद्यालय २०७९ मा नेपाल सरकार गुणस्तर मापन केन्द्र, सानोठिमीको सर्वेक्षणमा नेपाल भरिका सामुदायिक विद्यालयमा प्रथम भएको ,शिक्षा विभागको सर्वेक्षण २०८० मा गण्डकी प्रदेश प्रथम भएको र विद्यालयको खेल मैदानको कमीका कारण नेपाल भरीमा दोस्रो भएको, प्रधानाध्यापक संघ नेपालबाट २०८१ मा सामुदायिक विद्यालयमा गण्डकी प्रदेशको सर्बोत्कृस्ट विद्यालय सम्मान पाएको ,देशभरमा सामुदायिक विद्यालयमा आइसिटी अवार्ड २०२५बाट उत्कृष्ट ३ विद्यालय सम्मान पाएको ,आध्यमिक शिक्षा परीक्षाको नतिजामा लगातार २०८० र २०८१ मा पोखरा महानगर जिल्ला, र प्रदेशबाट समेत सर्वोत्कृष्ट विद्यालय सम्मान पाएको ,कक्षा ८ को आधार भूत तह उत्तीर्ण परीक्षामा पोखरा महानगर भरिका सामुदायिक विद्यालयमा प्रथम भई विद्यालय सम्मानित भएको थियो ।
प्रधानाध्यापक आचार्यकै कार्यकालमा राष्ट्रिय पहिचान बनाउन सफल विद्यालयमा पछिल्लो ३ वर्षमा देशभरका ८ सय ७५ विद्यालय का प्र अ,शिक्षक , वि व्य स सहितको टीम र शिक्षा प्रमुख ,नगर प्रमुख सहित उल्लेख जनप्रतिनिधिले विद्यालयको असल अभ्यास अवलोकन समेत गरिसकेका छन् ।अधिकांश समय विद्यालयमा नै समय खर्चिने आचार्यले कुनै तालिम दिने, वा आफूले लिन जानु भन्दा आफ्नै विद्यालयलाई नै समय दिई आफ्नै विद्यालयलाई तालिम केन्द्र ठान्दै विभिन्न शैषिक क्रियाकलाप संचालन गरी अन्य शिक्षकलाई पनि संलग्न गराएका छन् । व्यक्तिगत जीवन, घर व्यवहार र स्वास्थ्यलाई समेत चटक्कै बिर्सेर बिहान बेलुका र बिदाको समयमा पनि विद्यालयमै बिताउने गरेका आचार्य केही कठोर भए पनि सहकर्मिका विच हितैषी र समन्वयकारी स्वाभावका छन् । आचार्यसँगै कार्यरत सहकर्मीका अनुसार कहिले काँही आफ्ना शिक्षक कर्मचारीको गल्ती कमजोरी लाई प्याच्च भन्ने उहाँको कमजोरी छ, अन्यथा आफ्नो परिवारलाई पनि समय नदिई, विद्यालय बाहिर काजमा पनि नगई विद्यालयमा मात्र यति धेरै खट्टिने प्रधानध्यापक हामीले पाएका थिएनौ, थुप्रै विद्यालयका प्रअ व्यहोर्यौ तर उहाँ जस्तो पाएनौं । अध्यक्ष अवार्ड पहिल्यै पाउनु पर्ने हो बल्ल अहिले सही मूल्यांकन भएछ ।
प्रधानाध्याापक आचार्यले विद्यालयलाई जिल्ला,प्रदेश र राष्ट्रिय रूपमा उत्कृष्ट पहिचान बनाउनमा अहोरात्र खटने सहकर्मी शिक्षक कर्मचारी, अनुशासित र लगनसशल बिद्यार्थी, वर्तमान विव्यस, शि अ संघ ,विद्यालयका सल्लाहकार ,पूर्व विव्यस तथा सि अ संका अध्यक्ष एबम् सदस्यहरु ,वार्ड अध्यक्ष लगायत जनप्रतिनिधिहरु ,पूर्व प्रधानध्यापक एबम् पूर्व शिक्षक ,पूर्व विद्यार्थी, अभिभावकहरू र विद्यालयलाई सहयोग गर्नुहुने सम्पूर्ण स्थानीय शिक्षा प्रेमी व्यक्तित्वहरुको महत्वपूर्ण योगदान स्मरण गरे ।
कार्यक्रममा विद्यालयले आधारभुत तहमा प्रथम हुन सफल विषयगत शिक्षक, माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा प्राप्त विषयगत शिक्षक, कक्षा १२ मा सतप्रतिशत उतीर्ण शिक्षकलाई सम्मान गरेको छ। २५ वर्षिय दीर्घ सेवा सम्मानबाट कमलाकुमारी पौडेल,१५ वर्ष सेवा सम्मानबाट सिर्जना शर्मा सिग्देल, १० वर्ष सेवा सम्मानबाट यमकुमारी पौडेल,प्रतिभा राना र संगीत गायक, उत्कृष्ट तहगत शिक्षक सम्मानबाट मीना शाही, जमुना बस्नेत,लक्ष्मी गुरुङ, मान बहादुर केसी, कृष्ण प्रसाद पौडेल, कर्मचारी तर्फ सुकमाया सापकोटा, राजु सार्की सम्मानित भए। तहगत इन्चार्जमा आधारभुत तह इन्चार्ज महेन्द्र प्रसाद पौडेल, उत्कृष्ट अभिभावक मनहरी आचार्य, सृष्टि सुवेदी सहित ४ जना, उत्कृष्ट मनिटर निरन्जन देवकोटा, सह मनिटर स्मृति विक पनि सम्मानित भएको विद्यालयले जनाएको छ।
उत्कृष्ट बर्ष विद्यार्थीबाट पुर्णिमा भट्टराई सम्मनित भईन् । एस इ इ २०८१ मा चार जिपिए ल्याएका विद्यार्थी सहज घिमिरेलाई नगद ५० हजार र कक्षा ८ को परीक्षामा ४ जिपिए ल्याउने अनुज आचार्यलाई नगद १० हजार सहित सम्मान गरिएको छ ।विज्ञान शिक्षक गोविन्द शर्मा पौडेललाई दुर्गा केसी अक्षयकोष पुरस्कार र तोयनाथ श्याम तारा अक्षयकोषको वर्ष शिक्षक पुस्कार शिवप्रसाद सापकोटा र संगिता शर्मालाई प्रदान गरियो । सोही अवसरमा आफ्ना छोराछोरीलाई आफु कार्यरत विद्यालयमा अध्ययन गराउने कर्मचारी अनिता बराल पौडेल, भीम गायक, धनमाया परियार लगायतलाई पनि सम्मान गरिएको छ।पुस्तकालयमा किताब उपहार दिने अभियानको शरुवात गरेकी विद्यार्थी कृतिका अधिकारी पनि सम्मानित भईन् ।सो अभियानबाट शिक्षक कर्मचारी मार्फत हाल ९५ थान पुस्तक संकलन भएको छ ।पठन पुरस्कार शिक्षक महेन्द्रमणि पौडेल र विद्यार्थीहरु सुस्मिता आचार्य, समिप गिरी प्रदान गरियो ।
उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख आचार्य, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख भाष्करराज पन्त, शिक्षा विकास समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, शिक्षा महाशाखाका अधिकृत जीवन रेग्मी, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य लगायतले सम्मान गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, सल्लाहकार वेनीबहादुर बस्नेत, शिक्षक अभिभावक संघका अध्यक्ष भीम प्रसाद पौडेल, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, विद्यार्थी प्राप्ति आचार्य, अस्मिता क्षेत्री लगायतले बोलेका थिए।सो अवसरमा विभिन्न अक्षयकोषबाट प्राप्त छात्रवृत्ति वितरण पनि गरिएको छ।त्यस अवसरमा अक्षयकोषदातालाई पनि सम्मान गरिएको थियो।प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रमको सञ्चालन शिक्षक महेन्द्रमणि पौडेलले गरेका थिए।
उद्घाटन अघि मेयर आचार्यले विद्यालयका संस्थापक पण्डित मुक्तिनाथ शर्माको शालिकमा माल्र्यापण समेत गरेका थिए । कार्यक्रममा विद्यार्थीले पञचेबाजा र मार्च पास, शैक्षिक तथा विज्ञान प्रदर्शनी सहित बिभिन्न लोक नृत्य, भजन र नाटक प्रदर्शन गरेका थिए। वार्षिकोत्सवको अवसरमा विद्यालयले रक्तदान, सरसफाई र खेलकुद कार्यक्रम सञ्चालन गरेको थियो।


१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
४अञ्जुली सहकारीमा भीम गायक
५पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”

प्रतिक्रिया