
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत। पर्वतमा हुने आगामी प्रतिनिधिसभा निर्वाचन यसपटक असाधारण रूपमा रोचक र अनिश्चित देखिएको छ । विगतका चुनावमा जस्तै नेपाली कांग्रेसका अर्जुन जोशी र नेकपा एमालेका पदम गिरीबीच नै मुख्य प्रतिस्पर्धा भए पनि यसपटकको राजनीतिक वातावरण भने पूर्णतः बदलिएको छ । पार्टीभित्रको असन्तोष, जेनजी आन्दोलनपछि उठेको परिवर्तनको चाहना र नयाँ राजनीतिक शक्तिको उदयले पर्वतको चुनावी गणित उल्ट्याइदिएको छ ।
२०७९ मंसिरमा भएको चुनावका प्रतिस्पर्धी अनुहारहरू नै पुनः मैदानमा देखिए पनि मतदाताको मनोविज्ञान र राजनीतिक एजेण्डामा भने ठूलो फेरबदल आएको छ । पुरानै पार्टी, पुरानै झण्डा र उम्मेदवार भए पनि अब मतदाताले परम्परागत ध्रुवीकरणभन्दा बाहिर सोच्न थालेको देखिन्छ ।
अर्जुन–पदम : तेस्रो पटक आमनेसामने
कांग्रेस नेता अर्जुन जोशी र एमाले नेता पदम गिरीबीच तेस्रो पटक प्रत्यक्ष प्रतिस्पर्धा हुँदैछ । २०५६ सालदेखि चुनावी राजनीतिमा सक्रिय जोशी कांग्रेसका अनुभवी नेता हुन् । संविधानसभा निर्वाचनमा ह्याट्रिक जित निकालेका उनले पछिल्ला दुई चुनाव भने एमालेका पदम गिरीसँग पराजय भोगे । यसपटक जोशी कांग्रेसभित्रको आन्तरिक परिवर्तनपछि गगन थापा समूहको समर्थनसहित ‘रूपान्तरण र परिवर्तन’को एजेण्डा बोकेर मैदानमा उत्रिएका छन् ।
उता पदम गिरी एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । दुई पटक सांसद र दुई पटक मन्त्री बनेका गिरी पर्वतबाट राष्ट्रिय राजनीतिमा छलाङ मार्ने नेताका रूपमा परिचित छन् । एमालेभित्र परिवर्तनको माग उठिरहेका बेला पनि ओलीकै लाइनमा उभिएका गिरी तेस्रो पटक जित निकाल्दै ‘ह्याट्रिक’ गर्ने लक्ष्यमा छन् ।
नयाँ शक्ति र वैकल्पिक उम्मेदवारको चुनौती
यसपटक पर्वतको चुनाव कांग्रेस–एमालेलाई मात्रै हेरेर मूल्यांकन गर्न सकिने अवस्था छैन । माओवादी पृष्ठभूमिबाट आएका मनहरी तिमिल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसाल, विप्लव नेतृत्वको नेकपाका कृष्णबहादुर विकलगायत उम्मेदवारले ‘पुराना दलले देश र जनताको अपेक्षा पूरा गर्न नसकेको’ भन्दै मत मागिरहेका छन् ।
लामो समय वैदेशिक रोजगारी र व्यवसायमा संलग्न युवाहरूको राजनीति प्रवेश, शान्तिपूर्ण राजनीतिमा फर्किएका पूर्व भूमिगत नेताहरू र स्वतन्त्र उम्मेदवारको सक्रियताले मत विभाजनको सम्भावना उच्च बनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पर्वतमा १३ राजनीतिक दलका उम्मेदवार र ४ स्वतन्त्र गरी कुल १७ जना चुनावी प्रतिस्पर्धामा छन् ।
सत्ताबाट बाहिरिएका साझेदार, तेस्रो व्यक्तिको डर
अर्जुन जोशी र पदम गिरी दुवै जेनजी आन्दोलनपछि सत्ताबाट बाहिरिएका दलका प्रतिनिधि हुन् । यही कारण उनीहरूबीच आपसी प्रतिस्पर्धामात्रै होइन, कुनै तेस्रो शक्तिले दुवैलाई असान्दर्भिक बनाइदिने हो कि भन्ने साझा चिन्ता पनि देखिन्छ ।
पार्टीभित्र र बाहिरबाट आलोचना खेपिरहेका दुवै नेताले भने नतिजा स्वीकार्ने प्रतिबद्धता जनाएका छन् । उम्मेदवारी दर्तापछि उनीहरू एकअर्कालाई अंगालो हाल्दै चुनावी अभियानमा निस्किनु यसैको संकेतका रूपमा हेरिएको छ ।
नतिजा खुला, चुनाव ऐतिहासिक हुने संकेत
राजनीतिक विश्लेषकहरूका अनुसार यसपटक पर्वतको निर्वाचनमा कुनै पनि उम्मेदवारको जित सुनिश्चित छैन । मतदाताको असन्तुष्टि, नयाँ अनुहारप्रतिको आकर्षण र अन्तिम क्षणको राजनीतिक ध्रुवीकरणले नतिजा निर्धारण गर्नेछ ।
यस कारण पर्वतको आगामी निर्वाचनलाई धेरैले पुराना शक्तिको परीक्षा र नयाँ शक्तिको सम्भावनाको चुनावका रूपमा हेरेका छन् । नतिजा जे आए पनि, यो निर्वाचनले पर्वतको राजनीतिक दिशालाई नयाँ मोड दिने निश्चित देखिन्छ ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया