
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
९कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत। पर्वतमा हुने आगामी प्रतिनिधिसभा निर्वाचन यसपटक असाधारण रूपमा रोचक र अनिश्चित देखिएको छ । विगतका चुनावमा जस्तै नेपाली कांग्रेसका अर्जुन जोशी र नेकपा एमालेका पदम गिरीबीच नै मुख्य प्रतिस्पर्धा भए पनि यसपटकको राजनीतिक वातावरण भने पूर्णतः बदलिएको छ । पार्टीभित्रको असन्तोष, जेनजी आन्दोलनपछि उठेको परिवर्तनको चाहना र नयाँ राजनीतिक शक्तिको उदयले पर्वतको चुनावी गणित उल्ट्याइदिएको छ ।
२०७९ मंसिरमा भएको चुनावका प्रतिस्पर्धी अनुहारहरू नै पुनः मैदानमा देखिए पनि मतदाताको मनोविज्ञान र राजनीतिक एजेण्डामा भने ठूलो फेरबदल आएको छ । पुरानै पार्टी, पुरानै झण्डा र उम्मेदवार भए पनि अब मतदाताले परम्परागत ध्रुवीकरणभन्दा बाहिर सोच्न थालेको देखिन्छ ।
अर्जुन–पदम : तेस्रो पटक आमनेसामने
कांग्रेस नेता अर्जुन जोशी र एमाले नेता पदम गिरीबीच तेस्रो पटक प्रत्यक्ष प्रतिस्पर्धा हुँदैछ । २०५६ सालदेखि चुनावी राजनीतिमा सक्रिय जोशी कांग्रेसका अनुभवी नेता हुन् । संविधानसभा निर्वाचनमा ह्याट्रिक जित निकालेका उनले पछिल्ला दुई चुनाव भने एमालेका पदम गिरीसँग पराजय भोगे । यसपटक जोशी कांग्रेसभित्रको आन्तरिक परिवर्तनपछि गगन थापा समूहको समर्थनसहित ‘रूपान्तरण र परिवर्तन’को एजेण्डा बोकेर मैदानमा उत्रिएका छन् ।
उता पदम गिरी एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । दुई पटक सांसद र दुई पटक मन्त्री बनेका गिरी पर्वतबाट राष्ट्रिय राजनीतिमा छलाङ मार्ने नेताका रूपमा परिचित छन् । एमालेभित्र परिवर्तनको माग उठिरहेका बेला पनि ओलीकै लाइनमा उभिएका गिरी तेस्रो पटक जित निकाल्दै ‘ह्याट्रिक’ गर्ने लक्ष्यमा छन् ।
नयाँ शक्ति र वैकल्पिक उम्मेदवारको चुनौती
यसपटक पर्वतको चुनाव कांग्रेस–एमालेलाई मात्रै हेरेर मूल्यांकन गर्न सकिने अवस्था छैन । माओवादी पृष्ठभूमिबाट आएका मनहरी तिमिल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसाल, विप्लव नेतृत्वको नेकपाका कृष्णबहादुर विकलगायत उम्मेदवारले ‘पुराना दलले देश र जनताको अपेक्षा पूरा गर्न नसकेको’ भन्दै मत मागिरहेका छन् ।
लामो समय वैदेशिक रोजगारी र व्यवसायमा संलग्न युवाहरूको राजनीति प्रवेश, शान्तिपूर्ण राजनीतिमा फर्किएका पूर्व भूमिगत नेताहरू र स्वतन्त्र उम्मेदवारको सक्रियताले मत विभाजनको सम्भावना उच्च बनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पर्वतमा १३ राजनीतिक दलका उम्मेदवार र ४ स्वतन्त्र गरी कुल १७ जना चुनावी प्रतिस्पर्धामा छन् ।
सत्ताबाट बाहिरिएका साझेदार, तेस्रो व्यक्तिको डर
अर्जुन जोशी र पदम गिरी दुवै जेनजी आन्दोलनपछि सत्ताबाट बाहिरिएका दलका प्रतिनिधि हुन् । यही कारण उनीहरूबीच आपसी प्रतिस्पर्धामात्रै होइन, कुनै तेस्रो शक्तिले दुवैलाई असान्दर्भिक बनाइदिने हो कि भन्ने साझा चिन्ता पनि देखिन्छ ।
पार्टीभित्र र बाहिरबाट आलोचना खेपिरहेका दुवै नेताले भने नतिजा स्वीकार्ने प्रतिबद्धता जनाएका छन् । उम्मेदवारी दर्तापछि उनीहरू एकअर्कालाई अंगालो हाल्दै चुनावी अभियानमा निस्किनु यसैको संकेतका रूपमा हेरिएको छ ।
नतिजा खुला, चुनाव ऐतिहासिक हुने संकेत
राजनीतिक विश्लेषकहरूका अनुसार यसपटक पर्वतको निर्वाचनमा कुनै पनि उम्मेदवारको जित सुनिश्चित छैन । मतदाताको असन्तुष्टि, नयाँ अनुहारप्रतिको आकर्षण र अन्तिम क्षणको राजनीतिक ध्रुवीकरणले नतिजा निर्धारण गर्नेछ ।
यस कारण पर्वतको आगामी निर्वाचनलाई धेरैले पुराना शक्तिको परीक्षा र नयाँ शक्तिको सम्भावनाको चुनावका रूपमा हेरेका छन् । नतिजा जे आए पनि, यो निर्वाचनले पर्वतको राजनीतिक दिशालाई नयाँ मोड दिने निश्चित देखिन्छ ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
५पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

प्रतिक्रिया