
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत।पर्वत जिल्लास्थित नमुना आवासीय माध्यमिक विद्यालयमा नमुना स्काउट ट्रुपको आयोजनामा हाटबजार तथा खाना महोत्सव सम्पन्न भएको छ।
स्काउटका सातवटा पेट्रोलमा आबद्ध ७७ जना विद्यार्थीको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा पुरी–तरकारी, पकौडा, सुक्का रोटी, मःम, पाउरोटी टोष्ट, पानीपुरी, सेलरोटी, बिर्यानी, चटनी, अचारलगायत विभिन्न खाजाका परिकार तयार गरी बिक्री गरिएको थियो। कक्षा एलकेजीदेखि कक्षा १२ सम्मका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई लक्षित गरी खाजा बिक्री गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा करिब ९५० जना विद्यार्थी तथा शिक्षक–कर्मचारीले खाजा सेवन गरेका थिए। स्काउट विद्यार्थीलाई आ–आफ्नो पेट्रोलमार्फत छुट्टाछुट्टै खाजाका परिकार तयार गर्ने जिम्मेवारी दिइएको थियो। विद्यार्थीहरूले टोलीगत रूपमा सहकार्य गर्दै समयमै सबैका लागि खाजा व्यवस्थापन गरेका थिए।
प्रति विद्यार्थी रू. २०० का दरले लगानी गरी घर तथा बजारबाट सामग्री खरिद गरिएको उक्त कार्यक्रममा करिब रू. ७६ हजार बराबरको कारोबार भएको र रू. १४ हजारभन्दा बढी मुनाफा भएको जनाइएको छ। लगानी रकम विद्यार्थीहरूले फिर्ता लिएका छन् भने मुनाफा रकम स्काउट ट्रुपको कोषमा जम्मा गरिएको छ। सो कोष आगामी दिनमा सीपमूलक तालिमका लागि खर्च गरिने उद्देश्य रहेको बताइएको छ।
कार्यक्रम नेपाल स्काउट केन्द्रीय परिषद सदस्य श्री जलन खत्रीको निर्देशनमा तथा स्काउट शिक्षक चिन्तामणि पौडेल र रीता पौडेलको सहजीकरणमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमप्रसाद शर्मा, प्रधानाध्यापक इन्द्रमान खत्री, उप–प्रधानाध्यापक खेमराज चापागाईं तथा उपस्थित अभिभावकहरूले विद्यार्थीलाई हौसला प्रदान गर्नुका साथै तयार पारिएका परिकारको स्वाद लिएर धन्यवाद व्यक्त गरेका थिए।
यसअघि पनि गत भाद्र १८ गते नमुना स्काउट ट्रुपले सातवटा पेट्रोलमार्फत सुक्का रोटी, तरकारी र अचार बनाउने प्रतियोगिता आयोजना गरेको थियो। उक्त प्रतियोगितामा छिटो, मिठो र समयमै खाजा तयार गर्ने उत्कृष्ट पेट्रोललाई विद्यालयले मेडल तथा प्रमाणपत्र वितरण गरेको थियो।
स्काउटमार्फत यस्ता व्यवहारिक कार्यक्रमले विद्यार्थीमा आत्मनिर्भरता, टोली भावना र जीवनोपयोगी सीप विकासमा टेवा पुग्ने आयोजकको विश्वास रहेको छ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया