
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९फेरि किन भयो ग्यास अभाव ?
१०सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
११सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
१२प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
८भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
९पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
१०प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
पर्वत।पर्वत जिल्लास्थित नमुना आवासीय माध्यमिक विद्यालयमा नमुना स्काउट ट्रुपको आयोजनामा हाटबजार तथा खाना महोत्सव सम्पन्न भएको छ।
स्काउटका सातवटा पेट्रोलमा आबद्ध ७७ जना विद्यार्थीको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रममा पुरी–तरकारी, पकौडा, सुक्का रोटी, मःम, पाउरोटी टोष्ट, पानीपुरी, सेलरोटी, बिर्यानी, चटनी, अचारलगायत विभिन्न खाजाका परिकार तयार गरी बिक्री गरिएको थियो। कक्षा एलकेजीदेखि कक्षा १२ सम्मका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई लक्षित गरी खाजा बिक्री गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा करिब ९५० जना विद्यार्थी तथा शिक्षक–कर्मचारीले खाजा सेवन गरेका थिए। स्काउट विद्यार्थीलाई आ–आफ्नो पेट्रोलमार्फत छुट्टाछुट्टै खाजाका परिकार तयार गर्ने जिम्मेवारी दिइएको थियो। विद्यार्थीहरूले टोलीगत रूपमा सहकार्य गर्दै समयमै सबैका लागि खाजा व्यवस्थापन गरेका थिए।
प्रति विद्यार्थी रू. २०० का दरले लगानी गरी घर तथा बजारबाट सामग्री खरिद गरिएको उक्त कार्यक्रममा करिब रू. ७६ हजार बराबरको कारोबार भएको र रू. १४ हजारभन्दा बढी मुनाफा भएको जनाइएको छ। लगानी रकम विद्यार्थीहरूले फिर्ता लिएका छन् भने मुनाफा रकम स्काउट ट्रुपको कोषमा जम्मा गरिएको छ। सो कोष आगामी दिनमा सीपमूलक तालिमका लागि खर्च गरिने उद्देश्य रहेको बताइएको छ।
कार्यक्रम नेपाल स्काउट केन्द्रीय परिषद सदस्य श्री जलन खत्रीको निर्देशनमा तथा स्काउट शिक्षक चिन्तामणि पौडेल र रीता पौडेलको सहजीकरणमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमप्रसाद शर्मा, प्रधानाध्यापक इन्द्रमान खत्री, उप–प्रधानाध्यापक खेमराज चापागाईं तथा उपस्थित अभिभावकहरूले विद्यार्थीलाई हौसला प्रदान गर्नुका साथै तयार पारिएका परिकारको स्वाद लिएर धन्यवाद व्यक्त गरेका थिए।
यसअघि पनि गत भाद्र १८ गते नमुना स्काउट ट्रुपले सातवटा पेट्रोलमार्फत सुक्का रोटी, तरकारी र अचार बनाउने प्रतियोगिता आयोजना गरेको थियो। उक्त प्रतियोगितामा छिटो, मिठो र समयमै खाजा तयार गर्ने उत्कृष्ट पेट्रोललाई विद्यालयले मेडल तथा प्रमाणपत्र वितरण गरेको थियो।
स्काउटमार्फत यस्ता व्यवहारिक कार्यक्रमले विद्यार्थीमा आत्मनिर्भरता, टोली भावना र जीवनोपयोगी सीप विकासमा टेवा पुग्ने आयोजकको विश्वास रहेको छ।


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
३दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति

प्रतिक्रिया