SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/१/१० गते
    ३४७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । विश्व टेबल टेनिस दिवस २०२५ को अवसरमा नौलो घुम्ती नेपाल, नयाँ जिवनका लागि टेबल टेनिस परियोजनाको आयोजना, गण्डकी प्रदेश टेबल टेनिस संघ र कास्की जिल्ला टेबल टेनिस संघको सहकार्यमा पोखरामा संचालित पुनःस्थापना केन्द्रमा उपचाररत महिला तथा पुरुषका विच रिहाब टेबल टेनिस टुर्नामेन्ट गत सोमबार सम्पन्न भएको छ ।

    अन्तराष्ट्रिय टेबल टेनिस फाउण्डेसनको आर्थिक सहयोग संचालित टुर्नामेन्टमा पोखरामा रहेका १० वटा पुनःस्थापना केन्द्रका ४० जना खेलाडिहरु सहभागी भएका थिए ।

    मेन्स सिङ्गल, मेन्स डबल, वुमेन सिङ्गलका विधाको टुर्नामेन्टमा मेन्स सिङगलमा प्रथम सुशान्त, दोस्रो रजत, तेस्रो रुपक र रोहन, मेन्स डबलमा प्रथम अन्जन र प्रदिप, दोस्रो अंकित, कमल, तेस्रोमा रोशन र आयुश र निशान र मिलन, वुमेन्स सिङगलमा प्रथम सजना, दोश्रोमा आइसा, तेस्रोमा सुनिता र प्रिन्सा विजयी भएका थिए ।

    कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख सुन बहादुर लामा, गण्डकी प्रदेश टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशी, नौलो घुम्ती नेपालका अध्यक्ष सुरेन्द्र थापा मगर, कार्यकारी प्रमुख अनेश गुरुङ, कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष गौतम राज लामा लगायतले वोलेका थिए । कार्यक्रम संचालन नौलो घुम्ती नेपालका परामर्श, उपचार तथा पुनःस्थापना केन्द्रका कार्यक्रम संयोजक ओम कृष्ण गुरुङले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    इनरह्वील क्लब अफ काठमाडौंले क्लब अफ पर्वतसँगको सहकार्यमा यात्रु प्रतिक्षालय निर्माण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं